लैगिंक समानाताका लागि थप तीन दम्पत्तिद्वारा वृक्षारोपण
पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते
-‘हामी लैङ्गिक हिंसा गर्दैनौं र सहदैनौं पनि” भन्दै उदयपुरमा थप तीन दम्पत्ती (जोडी)ले समाजकाबीच सोमबार बृक्षरोपरण गरेका छन् ।
त्रियुगा नगरपालिका–५ देउरीका किरण लेखी र रामचन्द्र चौधरीको जोडी, रानीमैया तामाङ र बमबहादुर तामाङको जोडी र जोखनी चौधरी र विरेन्द्र चौधरीको जोडीले नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडी बृक्षरोपण गरेका हुन् । तीनजोडीले तीनवटै अशोकका विरुवा रोपेका थिए ।
वडाध्यक्ष उद्धवकुमार थापा, महिला तथा वालवालिका कार्यालयका प्रमुख निर्मला कार्की र सहकारी संस्थाकी अध्यक्ष गायत्रा ढुंगानाले जोडीहरुलाई विरुवा हस्तान्तरण गर्नुभएको थियो । देशमै पहिलोपटक उदयपुरको दम्पत्ति श्रीमान केशव पोखरेल र श्रीमती उमा पोखरेलको जोडीले वृक्षारोपण गरेका थिए ।
हिंसा विरुद्धको अभियानलाई सार्थकता दिन उदयपुरमा दम्पत्तिले वृक्षरोपण कार्य थालनी...









