सुध्रिएन जिल्ला अस्पतालको अवस्था, विरामीलाई सास्ती कायमै
पूर्णपुष्टि/उदयपुर, फागुन १६ गते
-जिल्ला अस्पताल उदयपुर सुधार हुनुको साटो झनै अव्यवस्थित बन्दै गएपछि विरामीहरुले उपचारको साटो सास्ती भोगिरहेका छन् ।
सोमबार राती विरामीले डाक्टर खोज्दा नभेटिएपछि विरामीले ठूलै सास्ती खेप्नु पर्यो भने विरामीका आफन्तहरुले तनाव झेल्नु पर्यो । एक गर्भवती महिला त्रियुगा नगरपालिका ९ की गीता खड्काको अप्रेशन गर्नुपर्ने अवस्थामा डाक्टरको खोजी हुदा नभेटिएपछि स्थिति तनावपूर्ण बनेको हो । डाक्टरलाई पटक पटक फोन सम्पर्क गर्दा पनि घण्टौं सम्पर्कमा नआएपछि स्थानीय अस्पताल र डाक्टरप्रति आक्रोसित बनेका थिए र गर्भवती महिलालाई रेफर गरी प्राईभेट हस्पिटल त्रियुगा लगिएको थियो ।
अप्रेशन गर्नुपर्ने अवस्थाकी सुत्केरीका आफन्तले खोज्दा डाक्टर सम्पर्कविहिन भईदिएपछि डाक्टरको तिब्र खोजी मात्र भएन अस्पताल केहीबेर तनावग्रस्त बन्न पुगेको थियो । खबर लगत्तै प्रहरी प्रमुख तथा निमित्त प्र...








