Wednesday, May 27News That Matters

Author: पूर्णपुष्टि खबर

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

मनोरञ्जन, समाचार
पूर्णपष्टि/माघ २९ गते -जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानिक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाईसमेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेनटायन शहरमा भएको युगल जोडीलाई १४ फ्ररवरीको घटनालाई लिएर पाश्चात्य मुलुकहरुमा मान्दै आएको यो भ्यालेनटायनलाई हाल आएर नेपालमा पनि उत्तिकै महत्व लिएर युगल जोडीहरुले यस दिनलाई महत्वपूर्ण दिन मानिने गरेको पाइन्छ । यसटेली चलचित्रमा पनि माया प्रेम अन्धो हुन्छ । मानव जीवनमा प्रेम अति महत्यपूर्ण छ या त त्यो दृष्यबिहिन होस या त कान नसुन्ने होस सवैलाई प्रेमले छोएको हुन्छ । प्रेमको परिभाषालाई पर्दा माध्यमबाट छर्लङ्ग पार्न खोजेका निर्देशक शर्माले बताउनु हुन्छ । यस स्पर्शको पर्दामा लोमश शर्मा र इस्टु कार्कीले दमदार अभिनय प्रस्तुत गरेको पाइन्छ । य...
फोनिज उदयपुरमा नयाँ नेतृत्व

फोनिज उदयपुरमा नयाँ नेतृत्व

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २९ गते -नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा सुपराज राई निर्बाचित भएका छन् । उनले प्रतिद्वन्द्वि देवराज राईलाई १ मतले पछि पार्दै निर्बाचित भएका हुन् । जम्मा मत २६ मा सुपराजले १३ मत प्राप्त गरेका थिए भने देवराजले १२ मत प्राप्त गरेका थिए । १ मत बदर भएको थियो ।  उपाध्यक्षमा उर्मिला दनुवार निर्बाचित भएका छन् । सचिवमा इश्वर बलम्पाकी मगर, सहसचिवमा गंगा राई र कोषाध्यक्षमा टम्पसेर राई सर्बसहमत भएका छन् । सदस्यहरुमा विजय राई, दुर्गानन्द चौधरी, ललीत तामाङ चयन भएका छन् । अन्य १ जना मनानित गरिने बताइएको छ । त्यसैगरी केन्द्रिय पार्षदहरुमा भोटराज राई, अप्सरा समाल, विश्वराज तामाङ, प्रकाश राई र रिसि राई निर्बाचत भएका छन् । त्यस्तै प्रदेश पार्षदहरुमा विक्रम राई, भ...
अन्ततः मुख्यमन्त्रीमा शेरधनकै पक्का भो

अन्ततः मुख्यमन्त्रीमा शेरधनकै पक्का भो

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते -प्रदेश/प्रतिनिधिसभा निर्बाचन अघि नै प्रदेश नं. १ अन्तर्गत भोजपुरबाट उम्मेदवार उठेका शेरधन राईलाई जीत निश्चितता अनि मूख्यमन्त्री बन्ने करिब पक्का हो भन्ने गरेका थिए । अन्ततः धेरैको यो आकलन आज सहि सावित भएको छ । प्रदेश÷प्रतिनिधि सभाको निर्बाचन पश्चात एमालेका भिम आचार्यको दावी र उनको पक्षमा वकालत कडै आयो तर, शुक्रबार संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएपछि राईको मुख्यमन्त्री बन्ने बाटो खुल्यो भने नेता आचार्यले दावी गर्ने अवस्था पूर्णविराम भयो । राईले दुई मतको मतान्तरमा जितेर मुख्यमन्त्रीको बाटो खोलेका हुन् । एमाले प्रदेश नं. १ को उपसंयोजकसमेत रहेका राईले २६ मत पाएका थिए भने पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यले २४ मत पाएका थिए । राई एमालेभित्रको संस्थापन पक्ष र आचार्य माधवकुमार नेपाल समूह भनेर चिनिन्छन् । एकमत बदर भएको थियो । यसैबीच प्रदेश सरकार ...
उदयपुर र खोटाङको समृद्धिसंग जोडिने पुल निर्माण हुने

उदयपुर र खोटाङको समृद्धिसंग जोडिने पुल निर्माण हुने

समाचार
पूर्णपुष्टि/खोटाङ, माघ २६ गते -खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ। उदयपुरको सुनकोसी गाउँपालिका–१ बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सिमानामा पर्ने सुनकोसीस्थित बतासेघाट ख्रोप्पामा पक्की पुल निर्माणको तयारी थालिएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक संवृद्धि प्राप्तीका लागि सुनकोसी गाउँपालिकाको पहलमा बतासेघाटमा पुल निर्माण गर्न लागिएको हो । सुनकोसीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको सुनकोसी गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए। गाउँपालिका प्रमुख किरातीका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुंगे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस...
ल्होछार परम्पराको महत्व

ल्होछार परम्पराको महत्व

बिचार
मोहन गोले तामाङ -तामाङ जीवनमा ल्हो परम्पराको ठूलो महत्व छ । यसलेतामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा राम्रोसँग बुझ्न नसक्दा ल्होछार भनेको सालमा एकपटक नाच्ने, गाउने पर्वको रुपमा मात्रै लिइरहेका छौ । ल्होछार साँस्कृतिक उत्सवको पर्व मात्रै होइन । यो परम्परा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । यो अन्धविश्वासको आधारमा भविष्यवाणी गर्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सूचना दिने नियम संगत ज्ञान हो । हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित हुँदै आएको छ । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, पला र प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै...
सिलाई कटाइलाई व्यवसायिकरण पार्न तालिम

सिलाई कटाइलाई व्यवसायिकरण पार्न तालिम

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २६ गते -घरेलु तथा साना उद्योग बिकास समितिको सहयोग तथा दिपज्योती एकल महिला कृषक समुहको आयोजनामा त्रियुगा नगरपालिका ४ वगाहामा २ महिने आधारभूत तालिम सुरु भएको छ । सिलाई कटाईबाट महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले आईतबारबाट सुरु भएको तालिममा २० जना महिला सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष सृजना पौडेलले बताउनुभयो । पछिल्लो समय सिलाई कटाईप्रति महिलाहरु आकर्षित भएको र त्यसको व्यवसायिक सम्भावना राम्रो भएकोले तालिम गरिएको उहाँले बताउनुभयो । तरपनि त्यसलाई उचित व्यवसायिककरण गर्न नसकिरहेको कारण महिलाहरु आत्मनिर्भर बन्न नसकेका भन्दै तालिमपछि व्यवसायिकरणमा जोड दिएने बताएको छ । दिगोपन र व्यवसायिकिकरणका लागि तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । चैत्र २० गतेसम्म हुने तालिमको सहजिकरण कल्पना ढकालले गर्नुभएको छ । महिलाको नियमित आम्दानीको स्रोत नबन्दा महिलाहरु हिंसामा...
यसकारण फागुनमा सोनाम ल्होछार

यसकारण फागुनमा सोनाम ल्होछार

बिचार
मोहन गोले तामाङ पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन मात्रै लाग्छ । परिक्रमा गर्ने क्रममा यी दुवै ग्रह (पृथ्वी र चन्द्रमा) आफैं पनि घुम्दै परिक्रमा गर्ने हुँदा पृथ्वीमा दिन र रात हुन्छ । आ–आफ्नै मार्गबाट घुमिरहने क्रममा बर्षमा एकपटक सुर्य, पृथ्वी र चन्द्रमामा त्रिकोणात्मक छायाँ पर्न जान्छ । त्यतिबेला पृथ्वीबाट सुर्य र चन्द्रमाको केही भाग देखिदैन । जसलाई हामी धार्मिक मान्यता अनुसार ग्रहण लागेको भन्छौ । सुर्य र चन्द्रमाको यही गति र प्रभावको आधारमा ल्हो (बर्ष), ला (महिना) र दिनहर...
गाईघाटमा आगलागी, लाखौंको क्षती

गाईघाटमा आगलागी, लाखौंको क्षती

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २३ गते -उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट सब्जीबजार नजिकै मंगलबार राती भिषण आगलागी भई लाखौंको क्षती भएको छ । आगलागीबाट स्थानीय भक्तबहादुर दनुवारको दुईतले काठको घर जलेर लाखौंको क्षती भएको हो । राती करिब ९ : ०० बजेतिर सुरु भएको आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहयोगमा केही समयपछि नियन्त्रण भएपनि घरको माथिल्लो तल्ला पूर्णरुपले जलेर नष्ट भएको छ । घरका सदस्यहरु घरको तल्लो तल्लामा बसेर खानपिन तयार गरिरहेको अवस्थामा एक्कासी माथिल्लो तलामा आगो उठेको परिवारीक स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार घरको विजुली सर्ट भई आगो उठेको थियो ।...
मोटरसाईकल उपहार पाएका, विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीको रोचक प्रशंग (भिडियोसहित)

मोटरसाईकल उपहार पाएका, विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीको रोचक प्रशंग (भिडियोसहित)

समाचार
पूर्णपुुष्टि/उदयपुर, माघ २३ गते -आजभन्दा २५ वर्षअगाडि खोटाङको विकट ठाउँ राजापानीमा एक सामान्य परिवारमा जन्मिएका चित्रकुमार कार्कीको संघर्षको कथा निकै रोचक छ । अनि विशेष पनि छ । नुन, चामल बोक्न मधेस (मुर्कुची) झरेको बेला मोटरदेखेका उनले विश्व उल्टोमोटरसाईकल यात्री बन्छु भन्ने कल्पनासम्म गरेका थिएनन् । मोटर देख्ने वित्तिकै भागीभागी हिडेका उनले गाडीलाई माउ र मोटरसाईकललाई बच्चा ठानेका थिए त्यतिबेला । उनले काका रविन्द्र कार्कीको मोटरसाईकलबाट अलिअलि गर्दै कुदाउन सिकेका थिए र पछि एक्कासी केही नयाँ गर्ने सोचले उल्टो कुदाउने प्रयास थाले । सुरुमा गाह्रै महसुस गरेका उनले प्रयासलाई निरन्तरता दिएपछि एकाएक गर्नसक्छु भन्ने शाहस बटुलेका थिए । सुरुसुरुमा गाईघाटको हाटबजार अनि स्थानीय स्कूलहरुमा उल्टो कुदाएर देखाए । ओहो, कस्तो अनौठो भन्दै प्रशंसा पाएपछि अझ प्रेरित हुदै सन् २०११ मा पूर्व मेचीदेखि ...
जिल्ला बसोबास व्यवस्थापन समितिको कामकाज सुरु

जिल्ला बसोबास व्यवस्थापन समितिको कामकाज सुरु

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ २२ गते -अव्यवस्थित बसोबासलाई व्यस्थापन गर्न गठित जिल्ला बसोबास व्यवस्थापन समिति उदयपुरले सोमबार कार्यभार सम्हाल्दै कामकाज सुरु गरेको छ । जिल्ला मालपोत कार्यालय परिषरभित्र कार्यालय स्थापना गरी समितिले कामकाजलाई अघि सारेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ८ गते बिरेन्द्रकुमार बस्नेतलाई समितिको अध्यक्ष निर्णय गरेको थियो ।  मन्त्रीस्तरीय निर्णयसँगै बस्नेतले सोमबार औपचारिकरुपमा कार्यभार सम्हाल्दै राजनीति आस्था र विचारभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अधिकतम उदयपुरबासीको हितमा काम गर्ने बताए ।  सरकारले २०७३ चैत्र महिनामा केन्द्रिय स्तरमा आयोग गठन गरी जिल्ला स्तरमा समितिमार्फत अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने गरी कामकारवाही अघि बढाएको थियो ।  ९ जना रहने जिल्ला स्तरीय समितिमा मालपोल कार्यालयका प्रमुख सदस्य सच...