डाक्टरको टेबुलबाट चुरोटदेखि कण्डमसम्म बरामद, आयुर्वेदीक क्लिनिकका सञ्चालक र डाक्टर पक्राउ
पूर्णपुष्टि/उदयपुर, माघ २२ गते
-उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा सञ्चालन भएको आयुष आयुर्वेदीक क्लिनिकले फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेण्टी उपचार भन्दै सर्बसाधारण विरामीलाई ठगी गरेको पाईएको छ ।
ठगी गर्ने क्लिकमा प्रहरीले छापामारी सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादवलाई पक्राउ गरेको छ । छापाको क्रममा प्रहरीले डाक्टरको टेबलबाटै चुरोट, कण्डम, विभिन्न संकास्पद औषधिहरु फेला पारेको छ । क्लिनिकसंगैको रेस्टरुपमासमेत चुरोटका ढुटा, कण्डम, विभिन्न औषधिका खोल आदि बरामद भएका छन् ।
विमारी निको नभए सबै पैसा फिर्ता भन्ने प्रचार गर्दै विरामीलाई ठग्ने गरेको पिडितहरुले बताएका छन् । सामान्य उपचारका लागि पनि तीस, पैतिसहजारसम्म असुल्ने गरेको उनीहरुले बताएका छन् ।
एक महिलाले उपचारको ग्यारेण्टी पाएर उपचार गराएपनि निको नभएपछि गुनासो राख्दा उल्टै हप्कीदप्की गरेपछि क्लिनिकको कर्तुत...









