‘म आफ्नो बच्चालाई भन्छु कि, जिन्दगीमा सामान्य हुन सिक’ – शाहरुख खानबाट सिक्न सकिन्छ छोराछोरीलाई कस्तो बनाउने
बलिउड बादशाह शाहरुख खान विश्वमै धेरै आर्जन गर्ने अभिनेतामध्येमा पर्छन् । उनी फिल्म अतिरिक्त विज्ञापनलगायत विभिन्न माध्यामबाट अर्बौ कमाउँछन् । शाहरुखको चर्चा चकलेटी अभिनेताको रुपमा त हुने नै भयो, त्यसबाहेक अरु कारणले पनि उनी चिनिन्छन् । जस्तो कि, उनको लक्जरियस लाइफस्टाइल । शाहरुखको बसोबास अति उन्नत र स्तरिय छ । मुम्बईमा उनी बस्ने मन्नतको बारम्बार चर्चा हुने गर्छ । मन्नत बाहेक उनको देश विदेशमा उच्च स्तरको बासस्थान छ ।शाहरुखको चर्चा पारिवारिक भएको कारणले पनि हुनेगर्छ । उनी अत्यान्तै व्यस्त सेड्युलमा हुन्छन् । त्यसका बाबजुत पनि उनी आफ्ना परिवार, छोराछोरीका लागि समय खर्च गर्छन् । केहि समयअघि मात्र उनी सानो छोरो अबरामसँग होलिडे मनाएर मुम्बई फर्किए । एक पटक छोरी सुहाना खानलाई सामान्य दूब्र्यवहार गरेको निहुँमा उनले क्रिकेट मैदानमा उनी आफ्नो स्टारडम भुलेर प्रतिरक्षामा उत्रिएका थिए । छोराछोरीप्रति ...









