उदयपुरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि यस्तो छ मतदाताको संख्या
उदयपुर । गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदाता गर्नेको संख्या बढेको छ ।
२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका छन् भने स्थानीय तहको निर्वाचनमा जम्मा मतदता १ लाख ७१ हजार ४ सय ६१ रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयले उदयपुरको अनुसार अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको हो ।
स्थानीय तहको निर्वाचनमा १ लाख २१ हजार ९ सय ९७ मत खसेको थियो भने ४९ हजार ७ सय ७४ मत खसेको थिएन ।
पहिलेको तुलनामा नयाँ मतदता २२ हजार ४ सय ५२ थपिएकाले केही बढ्ने देखिएको हो ।
२०६८ सालको जनगणनाको तथ्यांकअनुसार ३ लाख १७ हजार ५सय २७ जनसंख्या रहेको श्रोतले बतायो ।
जसमा उदयपुरमा एकजना तेस्रो लिंगी मतदाता फेला परेकी छन्। उदयपुरमा महिला मतदाता ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता...








