
सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे
काठमाडौं, असोज १ गते । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो ।...