Sunday, June 28News That Matters

आर्थिक

नेप्से २३ अङ्कले घट्यो

नेप्से २३ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २५  आज शेयर बजार परिसूचक नेप्से २३ अङ्कले घटेको छ । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३.२२ अङ्कले घटेर २४ सय ६१.८८ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ । कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटे...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २५  आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो सुन बजारमा प्रतितोला ८६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २ सय ५५ कायम भएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।...
सुनको भाउमा वृद्धी

सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २४ आज सुनको भाउमा सामान्य वृद्धी भएको छ । आज सुनको भाउमा १ सय रुपैयाँले वृद्धी भएर ८६ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सयमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । हिजो चाँदी प्रतोलामा १ हजार २ सय ५० रुपैयाँ कारोबार भएकोमा १५ रुपैयाँले वृद्धी भएर १ हजार २ सय ६५ पुगेको महासंघले जनाएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन २३ आज सुनको भाउमा बृद्धी भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको थियो । शुक्रबार १ हजार २ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको महासंघले जनाएको छ । ld...
आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २० आज नेप्से परिसूचक ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९०.२७ अङ्कले बढेर २ हजार ५ सय ६.२८ अङ्कमा पुगेको छ । जीवन बीमा समूहको शेयर ५ सय ७१.९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ३ सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६.७१ अङ्कले बढेको छ । २ सय ६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो । सूर्याेदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २०  आज सुनको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज नेप्से १.६ प्रतिशतले घट्यो

आज नेप्से १.६ प्रतिशतले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १९ आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से १.६ प्रतिशतले घटेको हो । हिजोको तुलनामा ३९.२३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।...
नेप्से परिसूचक ५९ अंकले घट्यो

नेप्से परिसूचक ५९ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५९.७० अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५९.७० अंकले घटेर २ हजार ४ सय ५५.३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले ओरालो लागेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम पनि गिरावट आएको छ । सोमबारको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ भन्दा कम भएको छ । बुधबार कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँमा सिमित भयो । नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । नेप्से परिसूचक ५९ अंक भन्दा धेरैले घट्दा पनि व्यापार समूहको सव इन्डेक्स ९.१८ प्रतिशत अर्थात २ सय ७८.४९ अंकले बढेको छ । अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ०.८ प्रतिशत अर्थात १६.८६ अंकल बढेको छ । यी दुई समूह बढेपनि अन...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज सुनको भाउ घटेको छ । सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्ने

आज राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १८  आज नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो । ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ । आज दिउँसो ३ बजे यो ऋणपत्र बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ  ५० हजार रुपैयाँले भाग ...