वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उदयपुरगढी प्रथम
१ फागुन, २०८२ । उदयपुर
उदयपुरको उदयपुरगढी गाउँपालिका वित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा जिल्लामा पहिलो बनेको छ । ७१.४६ नम्बरका साथ उदयपुरगढी गाउँपालिका उदयपुर जिल्लाको आठ पालिकामध्ये पहिलो बनेको हो ।
उदयपुरगढीले चालुतर्फ कुल ४२ करोड ९२ लाख ६६ हजार ३६३ मा ३८. ८६ प्रतिशत खर्च १६ लाख ६८ हजार ०९२.८४ खर्च % ३८.८६ भएको छ ।
पुजीगत तर्फ कुल २७ करोड १० लाख ९१ हजारमा १९. ५४ प्रतिशत ५ करोड २९ लाख ७३ हजार ५०६ रुपैयाँ खर्च भएको छ।
कटारी ६७.७९, बेलका नपा ५३, चौदन्डीगढी नपा ४९.२४, त्रियुगा नपा ५०.३५ नम्बरमा हुँदा गाउँपालिका तर्फ रौतामाई ६४.०९, लिम्चुङ्बुङ ५२.५६ र ताप्ली ६३.३६ नम्बर आएको छ ।
प्राप्त नम्बरको आधरमा कटारी दोस्रो, रौतामाई तेस्रो बनेको छ।...









