मलेसियन रिंगिट, कोरियन वन र ओमनी रियालको भाउ बढ्यो
कात्तिक १९ गते ।
आज मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्दा अरु मुद्राको भाउ घटेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको थियो । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३...




