Friday, August 14News That Matters

शिक्षा

शान्तिधाममा क्याम्पसको शिलान्यास

शान्तिधाममा क्याम्पसको शिलान्यास

शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर भदौ २१ उदयपुरको बरुवा क्यम्पसलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ क्यम्पसको शिलान्यास विहिबार भएको छ । गाईघाट स्थित बरुवा क्यम्पसको शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ  शिलान्यास गरेको हो । गाईघाटको शान्तिधाममा क्याम्पस भवनको शिलान्यास त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले गरेका हुन् । गुणस्तरीय शिक्षा प्रदान नगरे सम्म बैदेशीक रोजगारी क्रम नरोकीने भएकोले क्यम्पसले नयाँ रणनीति ल्याई प्राविधिक शिक्षा संचालन गर्ने मेयर चौधरीले बताए । प्रभावकारी शिक्षा प्रदन गर्न नसके क्याम्पसहरुको अवस्था मात्रै धरासय नबन्ने मुलुक नै संकटमा पर्ने मेयर चौधरीले बताए ।...
एटुजेड क्वीजमा क्यानभास प्रथम, त्रियुगा लिटलफ्लावर्स दोस्रो र लालीगुराँस तेस्रो

एटुजेड क्वीजमा क्यानभास प्रथम, त्रियुगा लिटलफ्लावर्स दोस्रो र लालीगुराँस तेस्रो

शिक्षा, समाचार
पूर्णपुष्टि, गाईघाट, फागुन १० -विद्यार्थीहरुमा चौतर्फी ज्ञानको विकास गर्ने उद्देश्यले सुक्रबार गाईघाटमा आयोजित प्रथम ए टु जेड बुक्स प्लालेस इन्टर स्कूल क्विज प्रतियोगिता २०७४ मा क्यानभास बोर्डिङ स्कूल, गाईघाटका विद्यार्थी जोडी प्रथम भएको छ । त्रियुगा नगरपालिकाका विभिन्न नौं विद्यालयका सहभागि जोडीहरुलाई पछि पार्दै सो स्कूलका प्रतिश पोखरेल र प्रतिमा बञ्जराको जोडीले प्रथम स्थान हाँसिल गरेको हो । त्रियुगा लिटल फ्लावर्स इंलिस स्कुल बोक्सेका इन्द्रकला राई र नवदिप राईको विद्यार्थी जोडी दोस्रो भए भने तेस्रो स्थानमा लालीगुरास बोर्डिङ स्कूल गाईघाटका शेखर कोइराला र रितम दाहालको विद्यार्थी जोडी सफल भए । ए टु जेड बुक्स प्लालेस गाईघाटद्वारा आयोजित प्रतियोगिताका प्रथम, दोस्रो तेस्रो स्थानमा आउन सफल विद्यार्थीहलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै क्रमशः ५, ३ र १ हजार नगदले पुरस्कृत गरिएको थिय...
त्रिमाविमा किराबि इकाई गठन

त्रिमाविमा किराबि इकाई गठन

शिक्षा, समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन ९ गते -त्रियुगा मावि गाईघाटमा बुधबार ११ र १२ कक्षाका विद्यार्थीहरुको भेलाले बिक्रम राईको अध्यक्षतामा ३४ सदस्यीय किरात राई विद्यार्थी संघ, इकाई कमिटि गठन भएको छ । किराबि केन्द्रीय सदस्य तथा जिल्ला सचिव देवराज राईको उपस्थितिमा गठन भएको इकाईको उपाध्यक्ष्य बिज्ञान राई, सचिव विमला राई, सहसचिव योजना राई र कोषाध्यक्षमा रेमा राई रहेका छन्् । आगामी फागुन १२ गते किरात विद्यार्थी संघको जिल्ला सम्मेलन हुने भएसँगै जिल्लाका विभिन्न क्याम्पसहरुमा संगठन बिस्तार अभियान भईरहेको जनाइएको छ । जिल्ला सम्मेलन भब्यरुपले गर्न तयारी भईरहेको पनि जनाइएको छ । किरात विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न मुख्य भूमिका खेल्दै किराँत राई भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने उदेश्यले संघको गठन भएको भेला कार्यक्रमका प्रमुख अतिथि एवम् संघका केन्द्रिय सदस्य द...
जीवनमा कसरी सफलता प्राप्त गर्ने ? के-के गर्ने सफलता पाउन ?

जीवनमा कसरी सफलता प्राप्त गर्ने ? के-के गर्ने सफलता पाउन ?

शिक्षा
हरेक काममा सफलताः अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन । अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् । सफलताका...
त्रिमावि व्याच नं. ०५५ ले स्मरणीय काम गर्ने

त्रिमावि व्याच नं. ०५५ ले स्मरणीय काम गर्ने

शिक्षा, समाचार
पूर्णपुष्टि, असोज १३ गते । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटको २०५५ एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयका केही स्मरणीय काम गर्ने भएका छन् । एसएलसीपछि अध्ययन, जागिर र विभिन्न पेशा, व्यवसायको सिलसिलामा छरपष्ट भएका ०५५ ब्याचका सो विद्यालयका पूर्व विद्यार्थीहरुले शुक्रबार ढिम्की मन्दिरमा भेटघाट कार्यक्रम गरी यस्तो निर्णय गरेको हो । सो व्याचका झण्डै डेडसय बिद्यार्थी साथीहरुलाई समेटेर आप्mनो व्याचको स्मरण रहिरहने केही ठोस काम विद्यालयमा गर्ने निर्णय गरिएको भेला संयोजक एबम् त्रियुगा मावि व्याच नं. ०५५ ग्रुपका संयोजक सुनिल पोखरेलले बताए । दशैंमा घर आएको मौकामा संग पढेका साथीहरुबीच भेटघाट कार्यक्रम राखिएको उनले बताए । समुहका सदस्य सचिव राजेन्द्र अधिकारीका अनुसार भेलाले सम्पर्कमा आउन बाँकी साथीहरुलाई सम्पर्क गरेर समुहमा आवद्ध गराउने, सदस्यहरुको प्रोफाईल तयार गर्ने र एकआपसमा सम्बन्...
आमा गुमाएका  तीन  बालिकाको नाममा कोष

आमा गुमाएका तीन बालिकाको नाममा कोष

शिक्षा, समाचार
गाईघाट–आमा गुमाएका उदयपुरका तीन बालबालिकाको निम्ति कोष खडा भएको छ । चौदण्डीगढी नगरपालिका ९ भिमा दनुवारबस्ती बालिकाहरुको शिक्षा खर्चका लागि २ लाख ७ हजार रुपिँयाको कोष स्थापना गरिएको हो । नावालक बालिकाहरुको शिक्षा तथा पालनपोषणका लागि विभिन्न निकायबाट चन्दा संकलन गरी उक्त कोष खडा गरिएको हो । गत भदौ २६ गते सुत्केरी अवस्थामा आमा ३८ वर्षिया रामकुमारी दनुवारको जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । आमाको मृत्युपछि अजिता, आईसा र अनुसा दनुवार टुहुरा बनेका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अगुवाईमा चन्दा संकलन गरिएको थियो संकलित चन्दा रकम निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले एक कार्यक्रमकाबीच पीडित परिवारका आफन्त गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवारलाई हस्तान्तरण गरेका छन् । दनुवारले प्राप्त रकम जिल्ला स्थित कृषि बिकास बैंकमा बालिकाहरुको संरक्...