Thursday, July 9News That Matters

समाचार

१३ लाख नगद चोरी गर्ने पक्राउ

१३ लाख नगद चोरी गर्ने पक्राउ

समाचार
  मोरङ, श्रावण(१३ गते । नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । साउन ७ गते कामतले बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेका थिए । फरार रहेका कामतलाई हिजो बिराटनगर १ स्थितबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ लाख ५ हजार पर्ने १ थान क्ब्ःक्ग्ल्न् मोबाईल समेतबरामद गरिएको  साथै उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

समाचार
  झापा,श्रावण(१३ गते । झापाको कन्काई नगरपालिका २ सेल्फी डाँडाका १९ बर्षीय सोमकिस्कुको करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी मृत्यु भएको हो । उनको उपचारको क्रममा किस्कुको १० बजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।  ...
कुलोमा डुबेर १ को  मृत्युकुलोमा डुबेर १ को  मृत्यु

कुलोमा डुबेर १ को मृत्युकुलोमा डुबेर १ को मृत्यु

समाचार
  मोरङ कानेपोखरी गाउँपालिका ५ का ४२  बर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी आज बिहान पउने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडेर कुलोमा डुब्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।  
१२ कक्षाको नतिजा आज आउने

१२ कक्षाको नतिजा आज आउने

समाचार
साउन १३ गते ।  वैशाखमा संचालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको परीक्षा बोर्ड स्रोतले जनाएको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ । परीक्षाको नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलन अनुसार बोर्ड बैठक आहृवान गरिएको हो । यसपालि सवै विषयका नतिजा एकै पटक प्रकाशन गर्ने भएको छ । अरु बेला जस्तो विज्ञान र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वैशाखमा संचालन भएको कक्षा १२ को परीक्षामा ४ लाख परीक्षार्थीले परीक्षा दिएको थियो ।...
चीनमा पहिरोले ३६ जना बढीको मृत्यु

चीनमा पहिरोले ३६ जना बढीको मृत्यु

समाचार, संसार
साउन १३ गते । चिनको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी ३६ जना भन्दा बढीको मृत्यु भएको छ । गुईझाउ प्रान्तमा दर्जनौ घरहरु पुरीएको छ भने १५ जना अझै बेपत्ता भएको सरकारी संचार माध्यमहरुले जनाएको छ । पहिरोमा परेका ४० जनालाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।  अविरल परेको वर्षाले चीनका केही क्षेत्रमा घटना घटेको जनाईएको छ । स्थानिय एक विद्यालयलाई आपत्कालीन स्वास्थ्य तथा उद्दार केन्द्र बनाईएको छ । सरकारले ४४ लाख अमेरिकन डलर उद्दार र विस्थापितहरुको पुनस्र्थापनाको लागि छुट्याएको जनाईएको छ । अविरल वर्षाले दुर्गम पहाडी क्षेत्रमा गएको पहिरोमा परि बालबालिका र एक सन्तानकी आमाको मृत्यु भएको जनाकारी पाएको अधिकारीहरुले जनाएको छ ।...
नेपालको कोशी नेपालमै बाँध, दिल्लीमा बैठक

नेपालको कोशी नेपालमै बाँध, दिल्लीमा बैठक

समाचार
साउन १२ गते । सप्तकोशी उच्च बाँधको ज्वाईन्ट टिम एक्सपर्ट्स (जेटिई) को नेपाल–भारत बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । कोशीको बाढी नियन्त्रणका लागि दिर्घकालीन समाधानको उच्चबाँध सहित सुनकोशी–मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा बैठकमा छलफल भएको हो । विद्युुत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वमा टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग जेटीईको १६ औं बैठक गरेको थियो । भारतको जल आयोगले नेपालसँग बैठकमा एक समझदारीमा हस्ताक्षर भएको जनाईएको छ । यतिबेला सप्तकोसी नदीमा उच्च बाँध बनाउन भारत र नेपालले संयुक्त रुपमा सम्भाब्यता अध्ययन गरिहेका छन् । विहारमा वर्षेनी कोशी नदीले निम्त्याउने बाढीको प्रकोप नियन्त्रणका लागि नेपालतर्फ उच्च बाँध बनाउनने योजना छ । तर नेपाल सहमत भएर सम्भाब्यता अध्ययन अघि बढे पनि प्रतिवेदन आईसकेको छैन । नेपाल र भारतले...
दुर्गम जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

दुर्गम जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

समाचार, स्वास्थ्य
साउन १२ गते ।  दुर्गम जिल्ला जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा दिने भएको छ । दुर्गम पहाडी क्षेत्रका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो सेवा प्रवाह गर्न लागेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भए अनुसार जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । लामो समयसम्म बेथा लागी बच्च जन्माउन नसक्ने भएमा तत्काल कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको छ । रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सक...
दिल्लीमा बेचिएकी महिलाको उद्दार

दिल्लीमा बेचिएकी महिलाको उद्दार

समाचार
साउन १२ गते । दिल्लीमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ । भारतको दिल्लीमा १३ हजार रुपैयाँमा बेचिएकी महिलाको उद्दार गरी नेपाल ल्याईएको हो । विनय त्रिवेणी गाउँपालिका – १ नवलपरासी निबासी २४ वर्षीया महिलालाई मानव बेचबिखन विरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट उद्दार गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगारका लागि भारत हुँदै ओमन लैजाने क्रममा नेपाली १३ हजार रुपियाँमा दिल्लीको होटेलमा बेचेको महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले जनकारी दिएको छ । ओमल लैजाने भन्दै भारत पु¥याएको महिलालाई दुई महिना अघि दिल्लीमा बेचकेको थियो । सानै उमेरमा विवाह गरेकी महलाको श्रीमान वितेको र दुइओटा छोरा राम्रोसँग हुर्काउनका लागि जेठ ९ गते विदेश लागेका महिलालाई भारत पु¥याएको थियो । पिडितको दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि...
पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरीमा डुबेर एक बालकको मृत्यु

समाचार
तेह्रथुम, साउन १२ गते । तेह्रथुमको छथरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । छथर गाउँपालिका –३ पन्चकन्या निबासी १० वर्षीय बादल विकको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो सँबा ५ बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबी बेपत्ता भएको बालकको शव राती पौने ९ बजे स्थानियले निकालेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पौडी खेल्दा खोलाले बगाए एक जनाको मृत्यु

पौडी खेल्दा खोलाले बगाए एक जनाको मृत्यु

समाचार
मोरङ, साउन १२ गते ।  मोरङको सिंघिया खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । रामेछाप घर भई विराटनगर महानगरपालिका – ७ बस्दै आएका १५ वर्षीय रमेश गुरुङको खोलाले बगाउँदा मृत्यु भएको हो । साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा दिउँसो पौने २ बजे गुरुङलाई खोलो बगाए बेपत्ता बनाएको थियो । खोलाले बगाई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा आज विहान करिब ९ बजे जहदा भातीगञ्जमा खोला किनारमा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ ।...