अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो
२० जेठ, २०८३ । उदयपुर
जिल्ला अस्पताल उदयपुरमा अपाङ्गता भएका ब्यक्तिहरुले निःशुल्क उपचार नपाएको गुनासो गरेका छन् । उनीहरुले आज अस्पताल प्रशासन र ब्यवस्थापन समितिसंग भेटेर राज्यले दिएको निःशुल्कको सेवासुविधा अस्पतालबाट नपाउने र दुब्र्यवहारसमेत हुने गुनासो गरेका छन् ।
गतवर्ष पनि उपचारमा जाँदा कष्ट र दुब्र्यवहार भोग्नु परेकोप्रति ध्यानाकर्षण गराएको तर, सुनुवाई नभएको अपांग विकास संघ उदयपुरकी अध्यक्ष सिता पौडेलले बताइन् ।
संघका पदाधिकारीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मासंग अपांगतामैत्री ब्यवहार र निःशुल्क उपचार सेवाको माग गरेको छ ।
संघले राखेको मागहरु र अपांगता भएका ब्यक्तिहरुले उपचारको क्रममा भोग्नु परेको पिडा, झन्जट र दुब्र्यवहारबारे गम्भिररुपमा छलफल गरी सुधार र समाधानतर्फ लाग्ने ब्यवस्थापन प्रमुख विश्वकर्माले प्रतिबद्धता ब...









