Saturday, May 17News That Matters

समाचार

त्रियुगा ५ सिरपुरमा ६० बिघा जमिन क्षमताको बोरिङ सिँचाई निर्माण सुरु

त्रियुगा ५ सिरपुरमा ६० बिघा जमिन क्षमताको बोरिङ सिँचाई निर्माण सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ५ सिरपुर राईटोलमा बोरिङ सिँचाई आयोजनाको शनिवार उद्घाटन भएको छ । प्रदेश सरकारको २० लाख बरावरको बजेटमा बोरिङ सिचाई आयोजना निर्माणको उद्घाटन भएको हो । उच्च स्थानमा रहेको सिरपुर राईटोलमा पानीको निकै अभाव र समस्या छ । सोही समस्यालाई मध्यनजर गर्दै चिनकाजी राई सहित अगुवा व्यक्तिहरुले बराम्वार प्रदेश सरकार सँग बोरिङ सिँचाईको माग गरिरहेको थियो । उच्च स्थानमा भएकै कारण खोला नालाको पानी चढ्न समस्या छ । पानी अभावले त्यस स्थानमा बाली नाली र तरकारी खेतिबाट समेत स्थानीयहरु बन्चीत छ । सामान्यतया पिउनका लागि पानी भएतापनी वाली नाली र तरकारी खेतीका लागि भने पानी अभाव रहेका स्थानीयहरु बताउँछन् । बोरिङ योजना सुरु भएसँगै त्यहाँका घरधुरीहरुले खुसी ब्यक्त गरेको छ । आगामी दिनहरुमा तरकारी र बालीनाली लगाएर आत्मनिर्भर हुन पाउने भन्दै उनिहरुले खुसी ब्यक्त गरेको छ । ...
पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा आज पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहलमा संवाद सम्पन्न भएको हो । स्थानीय सरकारको सहभागीतामा पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा पत्रकारीतामा स्थानीय तहको अतिनै भुमिका रहने बताईएको छ । पत्रकारीता जस्तो संवेदनशिल क्षेत्रको सवलीकरण गर्न नजिकैको स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र त्यस तर्फ ध्यान दिन आवश्यक रहेको जनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख अथित्यतामा अन्तर ...
उदयपुरमा वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती

उदयपुरमा वर्षासँगै आएको हावाहुरीले लाखौँको क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा शुक्रबार बिहान अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानहरुमा रहेका विद्यालय, घर तथा घरको छानोहरु उडाई अन्दाजी १८ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. ६ जगेटारस्थित श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाएर अन्दाजी ३ लाख रुपैयाँको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडाका अधिकांश घरहरुमा समेत व्यापक क्षति पुगेको छ । स्थानीय गिता पाण्डेको बाँस र खरले बनेको भुइँतल्ले घरको छानो उडाई ५० हजार, नवराज दुलालको दुइ तल्ले घरको छानो उडाई ३ लाख ५० हजार, भरत राउतको भुइँतल्ले घरको छानो उडाई २ लाख रुपैयाँको क्षति भएको छ । यसैगरी सुभाष अधिकारीको एक तल्ले घरको छानो उडाई र घरमा संचालित किराना पसलका सामानहरू समेत नोक्सानी हुँदा २ लाख रुपैयाँको क्षति पुगेको छ । स...
पशुपति प्रसाद गण बोक्सेका २८८ जना नेपाली सेनाको निशुल्क आँखा जाँच

पशुपति प्रसाद गण बोक्सेका २८८ जना नेपाली सेनाको निशुल्क आँखा जाँच

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १० बोक्से स्थित श्री पशुपती प्रसाद गणमा कार्यरत नेपाली सेनाहरुको निशुल्क आँखा जाँच गरिएको छ । शुक्रबार श्री पशुपती प्रसाद गणको आयोजना तथा मदन भण्डारी आँखा अस्पताल गाईघाटको संमन्वयमा गणका सक्कल दर्जा तथा जिल्ला स्थित भु.पु. सैनिकहरुलाई लक्षित गरी एक दिने नि:शुल्क आँखा जाँच शिविर संचालन गरिएको हो । शिविरमा विभिन्न दर्जाका गरी २ सय ८८ जना सेनाको बोक्से स्थित ब्यारेक परिसरमा आँखा जाँच गरिएको हो । शिविरमा वहालवाला सकलदर्जा २७७ र भुतपुर्व सैनिक तथा परिवाजन ११ गरी जम्मा २८८ जनाले सेवा लिएका छन् । त्यसमध्ये पुरुष २३४ र महिला ५४ जना रहेका छन् । शिविरमा आखाँ जाचँ गरिएपछि ४० जनालाई चस्मा प्रयोग गर्न सुझाव दिईएको छ । आँखा मानवीय जीवनको लागि महत्वपूर्ण रहेकोले हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधान...
प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । खोटाङको खोटेहाङ्ग गाउँपालिका–५ चिप्रिङमा आगामी सोमबार देखि प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागी खेलकुद, स्वथ्यको लागी खेलकुद र अनुशासनको लागी खेलकुद भन्ने मुल नाराका साथ चिप्रिङ युवा समुहले प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । श्री सप्तकन्या मा.वि चिप्रिङको प्रागणमा आयोजना हुन लागेको प्रथम वडा स्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ७७ हजार ७ सय ७७ प्राप्त गर्नेछ । त्यस्तै सेमीफाईनललिस्टले नगद रु. ३३ हजार ३ सय ३३ हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिमलाई ५ हजार रुपैँया, उत्कृट ईस्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई नगद रु. २–२ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको टिम दर्ता समय जेष्ठ ३ गते बेलुका ६ बजे सम्म  र ट...
त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् । यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर...
अमेरिकामा किरात राईहरुको सुप्तुलुङ र साकेला भुमेथान स्थापना

अमेरिकामा किरात राईहरुको सुप्तुलुङ र साकेला भुमेथान स्थापना

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १ जेष्ठ । सयुक्त राज्य अमेरिकावासी किरात राईहरुको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका ग्प्च्इब् ले किरात सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरेको छ । बेशाखे पूर्णिमाबाट सुरु हुने साकेला उभौलीको अवसरमा मे १२ २०२५ का दिन १४ मा राईहरुको साँस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधामको रुपमा मानिने सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरिएको हो । २०२५ का दिन १४ पेइग हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा गत १४ जनवरी, २०२५ मा संस्थाले किनेको ८.०२ एकर क्षेत्रफलको भूमीमा मुन्दुमी विधी र प्रक्रियाबाट पुजारअनुष्टान गरी स्थापना गरिएको छ। “युक्रा साकेलाभूमेथान तथा साँस्कृतिक सुप्तुलुङ्ग घर”नामाकरण गरिएको यो ठाउँ किराती सँस्कृति र आस्थाको तिर्थधाम बन्नेमा केन्द्रिय महासचिव मुक्ति राईले आफु विश्वास्त रहेको बताउनु भयो। सिमसारको छेउमा अवस्थित जंगलको बीचमा साके...
त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैध संरचना हटाउने

त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैध संरचना हटाउने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैधानिक भौतिक संरचना हटाउने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली (बिहिबार) देखी  वडा नं. ३ स्थित बरुवा बसपार्क र वडा नं. १३ स्थित मदनभण्डारी सभाहल क्षेत्रको अवैधानिक भौतिक संरचना हटाउने जानकारी दिएको हो । कार्यापालिका बैठकले भवन तथा बाटो सम्बन्धि मापदण्ड २०७४ विपरित हुने गरी निर्माण भएका वा निर्माणाधिन घर, टहरा, भवन एवम् अन्य भौतिक संरचनाहरु हटाउने निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा वडा नं. ३ र १३ लाई सार्वजनिक सुचना टाँसी सहजिकरण गर्न समेत निर्देशन दिईएको छ ।...
छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु

छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरका अनुसार वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका सुर्य देवी गनगाइ र रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागी घाईते भएका थिए । घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।  ...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ स्थित लालपत्ताबाट लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने अन्दाजी २१ बर्षीय पारस राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती ७ बजेर २० मिनेटको समयमा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ६८९३ नं. को विङगरमा सवार राईको साथबाट डाईजेपाम ९ एम्पुल, फेनारागन ९ एम्पुल र बुप्रिनोर्फिन ९ एम्पुल गरी जम्मा २७ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै नियन्त्रणमा लिएको उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...