Friday, May 1News That Matters

समाचार

उदयपुरको बेल्टार बजारमा भिषण आगलागी, सुतिरहेका नाती–बाजेको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा भिषण आगलागी, सुतिरहेका नाती–बाजेको जलेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ८ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा मंगलबार बिहान आगलागी हुँदा नाती बाजेको जलेर मृत्यु भएको छ । बिहान करिब ३ बजेर २० मिनेटको समयमा शान्तिचोक स्थित पदम खड्काको घरमा आगलागी हुँदा उनका बुबा ७० बर्षिय लक्ष्मी नारायण खड्का र निजका नाति ३० बर्षिय पबन खड्काको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागी बाट दुई वटा घर जल्दा झन्डै ६३ लाख बराबरको क्षेती भएको छ । खड्काको घरबाट सल्किएको आगो खड्काको घर संगै रहेको रबिन कुमार दासको घरमा समेत आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको समयमा घरमा सुतिरहेका कारण उनिहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको दुबै घरमा रहेको किराना पसल र स्टेसनरी पसल समेत जलेको छ । बिधुत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ भने आगलागीको कार...
उदयपुरमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक युवकको मत्यु

उदयपुरमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक युवकको मत्यु

Breaking News 1, समाचार
पूुर्णपुष्टि, बैशाख ८ । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले ठक्कर दिँदा मोटरसाईलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २७ वर्षीय रोमन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
युद्धका कारण खाडी मुलकका लागी स्थगित गरिएको श्रम स्वीकृत पुन:खुला

युद्धका कारण खाडी मुलकका लागी स्थगित गरिएको श्रम स्वीकृत पुन:खुला

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ७ । सरकारले इरान–इराक युद्धका कारण खाडी मुलुकका लागी स्थगित गरेको श्रम स्वीकृत पुन:खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको हो । यसअघि सरकारले इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी प्रतिबन्ध लगाएको थियो । मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परिस्थितिमा सुध...
प्रथम बेलका पर्यटन महोत्सव सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव सम्पन्न

Breaking News 2, पर्यटन, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट÷बैशाख ६ । उदयपुरको बेलका नगरपालिकामा बैशाख १ गदेखी सञ्चालन भएको ६ दिने प्रथम बेलका पर्यटन महोत्सव आज सम्पन्न भएको छ । बेलकाको जल, जमिन र आकाशमा रमाऔँ, ऐतिहासिक प्राकृतिक र साहसिक पर्यटन प्रवर्धन गरौँ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवको समापन तिर्थस्थल वराह धामको सप्तकोशी किनारदेखी बेलका–८ सोमवारेस्थित बेलका रिसोर्टसम्म र्याफ्ट्ङ्गि साथै बोटिङ्, प्याराग्लाईडिङ र साईकलिङ्गका साथ गरिएको छ । बेलकालाई पूर्वी पर्यटनको हव बनाउने लक्ष्यले संचालन गरिएको महोत्सवको समापन तिर्थस्थल वराह धामको सप्तकोशी किनारदेखी बेलका–८ सोमवारेस्थित बेलका रिसोर्टसम्म र्याफ्ट्ङ्गि साथै बोटिङ्, प्याराग्लाईडिङ र साईकलिङ्ग गर्दै सम्पन्न गरिएको छ । त्रियुगा नगरपालिका पूर्व मेयर तथा उदयपुर विकास समितीका अध्यक्ष बलदेव चौधरीले बेलकालाई पूर्वी पर्यटनको हव बनाउने लक्ष्यले ६ दिने महोत्सव संचाल...
निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न माग

निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न माग

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । २७ चैत, २०८२ । निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति उदयपुरले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ। इन्धनजन्य सामग्री तथा निर्माण सामग्रीमा भइरहेको लगातारको मूल्यवृद्धिका कारण यस्तो अवस्था आएको हो । संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको अत्यधिक तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। संघका अनुसार इन्धनसँगै निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डण्डी लगायत सामग्रीको मूल्य पनि निरन्तर बढिरहेको छ भने बजारमा आवश्यक सामग्रीको अभावसमेत देखिएको छ। विज्ञप्तिमा देशका विभिन्न स्थानमा देखिएको क्रसर उद्योगसम्बन्धी समस्याले निर्माण क्षेत्र झन्...
मिडिया साक्षरता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिडिया साक्षरता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता देउरी/२६ चैत्र, २०८२ । त्रियुगा नगरपालिका वडा नं. ५, देउरीको सहयोगमा पूर्णपुष्टि मिडियाले उच्च माध्यामिक तहका विद्यार्थीहरुका लागि मिडिया साक्षरता तथा अभिमुखिकरण कार्यक्रम आज देउरीमा सम्पन्न गरेको छ । वडाको सभाहलमा भएको र्काक्रममा सुशासनका लागि सञ्चार भन्ने नाराका साथ भएको हो । सहभागिहरुलाई मिडियाप्रति जिम्मेवार र सहिरुपले चिन्ने ज्ञान दिइएको थियो । उनीहरुको बुझाई र बास्तविक मिडिया क्षेत्रलाई बुझुनुपर्ने कुराप्रति चासो सहभागिको थियो । अहिलेको सञ्चारको युगमा गलत समाचार र भ्रामक कुराहरु फैलाउने प्रबृत्ती हावी भइरहेको छ । सामाजिक सञ्जाल र आम सञ्चारलाई फरक छुट्याउन र चिन्न नसक्दा समाजलाई भड्काउने गतिविधि बढि रहेको छ । यसै कुरालाई रोक्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विरशबाबु शाहीले बताउनुभयो । विद्यार्थीले क्याम्पसतहबाटै यस्ता कुराप्रति सचेत ...
सडक पेटिका फुटपाथ ब्यवसायीहरुलाई  त्रियुगा नगर प्रहरीको ओरेन्टसेन क्लास

सडक पेटिका फुटपाथ ब्यवसायीहरुलाई त्रियुगा नगर प्रहरीको ओरेन्टसेन क्लास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाटचैत्र २६ गते । गाईघाट बजारको सडक पेटी र मानिस हिड्ने स्थानहरुमा जथाभावी पसल चलाउँदै आएका फुटपाथ ब्यवसायीहरुलाई त्रियुगा नगर प्रहरीले सडक व्यवस्था र सहर व्यवस्थितबारे अभिमुखिकरण (ओरेन्टेसन क्लास) चलाएको छ । उनिहरुले त्यस्ता ब्यपारी तथा ब्यवसायीहरुलाई सडक पेटीहरुमा ब्यपार व्यवसायी नगर्न सुझाउँदै क्लास संञ्चालन गराएको हो । त्रियुगा नगर प्रहरी कार्यालयको कक्षमा अव्यवस्थित व्यवसायीहरुलाई सुझाव सहित क्लास गराईएको हो । गाईघाट बजारको आसपास सडक पेटीहरुमा ब्यवार व्यवसायी संञ्चालनले बजार अस्तव्यस्त हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै सडक सरसफाई र सहजताको लागि सडक पेटिमा व्यसाय बन्देज गरिएको छ । तर व्यपार व्यवसायीहरुले भने सडक पेटीलाई प्रयोग गरी आफ्नो ब्यपार चलाउने गरेको पाईन्छ । यो मापदण्ड विपरिद रहेको भन्दै उनिहरुलाई कुनै धरपकड बिनै कक्षा मार्फत व्यवस्थित बजारमा सहयोग पुराउ...
चौदण्डीगढीमा पक्की पुल उद्घाटन

चौदण्डीगढीमा पक्की पुल उद्घाटन

Breaking News 2, समाचार
२३ चैत्र,  २०८२ । बेल्टार उदयपुरको चौदण्डीगढी नगरपालिका - ७ लामीचौरीदेखि कुमाङ जोड्ने नवनिर्मित पक्की पुलको उद्घाटन आज भएको छ । नगर प्रमुख कालुमान लामाले पुल उद्घाटन गर्नुभयो । पुल बनेपछि स्थानीय बासिन्दाहरूको वर्षौंदेखिको सपना साकार भएको छ । आवत जावत गर्न सजिलो भएको छ । <पुलले लामीचौरी र कुमाङबीचको दूरी घटाएको छ । दैनिक आवतजावतलाई सहज, सुरक्षित र छिटो बनाउँदै शिक्षा, स्वास्थ्य, व्यापार तथा सामाजिक गतिविधिहरूमा सहजता ल्याएको छ । वर्षायाममा हुने आवागमनको कठिनाइ अब सहजतामा रूपान्तरण भएकोमा स्थानीय खसी छन् । स्थानीय विकास, समृद्धि र पूर्वाधार विस्तारतर्फको यो कामले जनताको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार निर्माण भएको छ ।...
एसइइ प्रश्नपत्र चोरी गराउने शिक्षक पक्राउ

एसइइ प्रश्नपत्र चोरी गराउने शिक्षक पक्राउ

Breaking News 2, शिक्षा, समाचार
२२ चैत्र, २०८२ । उदयपुर उदयपुरमा एसइइ परीक्षाको प्रश्न पत्र चोरी गराउने एक शिक्षक अनुगमनको क्रममा आज पक्राउ परेका छन् । बेलाका नगरपालिका १ पुरन्दह स्थित जनता मावि पुरन्दह परीक्षा केन्द्रबाट प्रश्नपत्र चोरी गराउने जनता नमुना मावि बेलकाका गणित विषयका शिक्षक ४० वर्षीय सञ्जीव यादव पक्राउ परेका हुन् । परीक्षा केन्द्र नजिकै शंकास्पद अवस्थामा देखिएका शिक्षक यादवलाई अनुगमन टोलीले चेकजाँच गर्दा हवाट्स एपमार्फत प्रश्नपत्र चोरी गराउँदै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । सप्तरीको महादेवा गाउँपालिका ३ घर भएका शिक्षक यादवलाई अनुगमन टोलीले कारबाहीका लागि सिफारिस गरेको छ। परीक्षा समन्वय समितिका टोलीसहित प्रहरीले पक्राउ गरेको शिक्षक यादवलाई शिक्षा ऐन अन्तर्गत परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा मुद्दा चलाइएको जनाइएको छ। उन...
उदयपुरे छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को पोस्टर सार्वजनिक

उदयपुरे छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को पोस्टर सार्वजनिक

Breaking News 2, मनोरञ्जन, समाचार
२२ चैत्र, २०८२ । काठमाडौं <span;>उदयपुरको छोरो चलचित्रकर्मी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र 'तरङ्ग'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । यो चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् । चलचित्रको कथा निर्देशक चौधरीको नै हो  । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रमा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको 'तरङ्ग'मा ...