Wednesday, July 8News That Matters

समाचार

अज्ञात रोगले बलबहादुर झनै सिकिस्त

अज्ञात रोगले बलबहादुर झनै सिकिस्त

समाचार
उदयपुर, जेष्ठ २४ गते ।  उदयपुरको नामन्ताका समाल मगर जातीमा देखिएका अज्ञात रोगले बलबहादुरलाई झनै सारो पर्दै गएको छ । रौतामाई गाउँपालिका – ६ नामन्ता गाउँका समाल मगर जातीमा मात्र देखा परेको अज्ञात रोगले ३० वर्षीय समाल मगरलाई झन सारो पार्दै गएको हो । गत बैशाख १६ गते गाउँका ७ जनालाई एकै साथ विरामीले भेटाएपछि जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याईएको थियो । जिल्ला अस्पतालमा रोगको पहिचान हुन नसकेपछि विरामीहरुलाई विहिर रेफर गरिएको थियो । जिल्ला अस्पतालबाट केहि हुन नसकेपछि उनीहरु विराटनगरको न्यूरो हस्पिटलमा भार्ना भएका थिए । तर विराटनगरमा पनि रोगको अहिले सम्म पनि पहिचान हुन नसकेको परिवारले बताएका छन् । यस रोग वंशानुगत भएको हुन सक्ने अनुमान अस्पतालले लगाएपनि पहिचान गर्नका लागि विदेश पठाउनु पर्ने अस्पतालले जनाएको परिवारजनले जनाएको छ । अस्पतालबाट बैशाख १९ गते फर्किएका विरामीहरु अरु मध्ये ६ ...

दनुवार समाज उदयपुरको नेतृत्वमा केदार चयन

समाचार
बन्दना दनुवार   उदयपुर, जेष्ठ २४ गते ।  प्रथम अधिवेशनले नेपाल दनुवार समाज उदयपुरको नेतृत्वमा केदार दनुवार चयन भएको छ । त्रियुगा नगरपालिका– ८ वैरनीमा सम्पन्न भएको प्रथम अधिबेशनले केदार दनुवारलाई अध्यक्ष चयन गरको हो । अधिवेशले दनुवारको नेतृत्वमा ११ सदस्य समिती चयन गरेको छ । उपाध्यक्षमा गनेश दनुवार, सचिब सैनध्वज दनुवार ,सह सचिब अमरबहादुर दनुवार, कोषाध्यक्ष रन्जु दनुवार लगायत ६ सदस्य गरी ११ सदस्य समिती गठन भएको समाजे जनाएको छ । उद्धघाटन सत्रका प्रमुख अतिथी प्रदेश सभा सदस्य मानन्यि श्री सन्जा दनुवार ले आफ्नो जातीय पहिचान को लागि आफू निरन्तर लागि रहेको र सबै दनुवार समुदायका युवा पुस्तालाइ आफ्नो जातीय पहिचान र अधिकार का लागि एकजुट हुन आव्हान गर्नु भएको छ । समाजले २०७२ शाल देखि दनुवार समुदायको हक हितका लागी काम गर्दै आइरहेको समाजका सस्थापक अध्यक्ष शारदा दनुवारले बताए । दनुवार संग्रह...
दुर्गम पालिकामा आधारभुत पत्रकारीता तालिम सुरु

दुर्गम पालिकामा आधारभुत पत्रकारीता तालिम सुरु

समाचार
उदयपुर, जेष्ठ २३ गते ।  उदयपुरको दुर्गम गाउँपालिका लिम्चुङ्बुङमा पाँच दिने आधारभुत पत्रकारीता तालिम सुर भएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना तथा लिम्चुङबुङ गाउपालिकाको सहयोगमा पाँच दिने आधारभूत पत्रकारिता तालिम बाराहामा बिहिबारदेखि सुरु भएको हो । तालिमको उद्घाटन पालिकाकी उपाध्यक्ष रमिला राईले गरेको थियो । नेपाल पत्रकार उदयपुर शाखाका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्त राई, लेखाअधिकृत ताराकिरण राई, १ नं.वडाध्यक्ष भिम ब राई, २ नं. वडाध्यक्ष भबिन्द्र राई, ३ नं. वडाध्यक्ष डिकबहादुर राउत, ४ नं. वडाध्यक्ष यन्दप्रसाद राई, ५ नं. वडाध्यक्ष केशर कुमार खड्का, नेपाली कांग्रेस २ नं. क्षेत्रिय सचिब  सुनिल राई, नेपाल पत्रकार महासंघ उदयपुरका पूर्बअध्यक्ष श्याम राई, पुर्बसचिब गोपाल पोखरेल लगायतको आतिथ्य  रहेको थियो । तालिममा पा...
बालिका बलात्कार गरी एक युवा फरार

बालिका बलात्कार गरी एक युवा फरार

समाचार
चौदण्डिगढी, जेष्ठ २३ गते । उदयपुरको शनिबारेमा बालिका बत्कार गरी एक युवक फरार भएको छ । चौदण्डीगढी नगरपालिका – ३ शनिबारे निबासी ३६ वर्षिय देव बहादुर राईले १२ वर्षिय बालिकालाई बलत्कार गरी फरार भएको होे । गत राती मोवाईल किनि दिने प्रलोभनमा पारी राती करिब ११ बजे आफ्नै घरमा लगि जबरजस्ती बलत्कार गरेको प्रहरीको जाहेरीमा उल्लेख गरीएको छ । राईको घरमा कोहि नभएको बेला बालिकालाई घरमा ल्याई बलत्कार गरेको जाहेरीमा उल्लेख छ । केहि वर्ष देखि दिदी भेनाजुको घरमा बसी स्थानिय विद्यालयमा अध्ययन गर्दै आएका बालिकालाई जबरजस्ती बलत्कार गरेको पिडित पक्षले बताएका छन् । विहानी पख ओछ्यानमा नभेटिएपछि दिदी भेनाजुले होहल्ला गरि खोज्ने क्रममा राईको घरमा फेला पारेको थियो । गाउँ समाजामा घटनालाई मिलाउने कोशिस गएपनी पिडीत पक्ष नमानेपछि घटना प्रहरी कहा पुगेको प्रहरीले जनाएको छ । पिडित पक्षले ईलाका प्रहरी कार्यालय...
लागुऔषध गाँजा सहित ६ जना पक्राउ

लागुऔषध गाँजा सहित ६ जना पक्राउ

समाचार
उदयपुर, जेठ २३ गते । उदयपुरको उदयपुरगढीमा लागुऔषध गाँजा सहित ६ जान पक्राउ गरेका छन् । उदयपुरगढी गाउँपालिका–७ कोल्टेबाट गाँजा कारोबार गरिरहेको अवस्थामा ६ जना बुधबार पक्राउ गरेका हुन् । गाँजाको विक्रि वितरण गरिरहेको भन्ने विशेष सुराखीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले दिउँसो करिब ५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । रौतामाई गाउँपालिका–७ निबासी २२ वर्षीय युवराज मगर सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईहरको प्रहरीले जनाएको छ ।...
सुख्खा पहिरोमा एकको मृत्यु, एक जना घाईते

सुख्खा पहिरोमा एकको मृत्यु, एक जना घाईते

समाचार
खोटाङ, जेष्ठ २१ गते । खोटाङको राम्चे भिरमा सुख्खा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । केपिलासगढी गाउँपालिका–६ राम्चे भिरमा गएको सुख्खा पहिरोका ढुङ्गाले एकको मृत्य एक जना गम्भिर घाईते भएको हो । विहान ८ बजे गएको पहिरोले मिल जादै गरेको उक्त स्थानका स्थानिय ६० वर्षीय चन्द्र विकको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको छ भने सँगै गएका २५ वर्षीय मनकुमार तामाङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएको तामाङलाई स्थानिय स्वास्थ्य चौकी दिप्सुङमा प्राथमिक उपचार गरि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल खोटाङ लगिएको जिल्ला प्रहरी कार्यालय खाटाङले जनाएको छ ।...
साढे नौ लाखको अवैध सुर्ती सहित बोलेरो पक्राउ

साढे नौ लाखको अवैध सुर्ती सहित बोलेरो पक्राउ

समाचार
उदयपुर, जेष्ठ २१ गते । उदयपुरमा अवैध सुर्ती बोकेका बोलेरो गाडी मंलबार प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१० बाँसघारीबाट विहान करिब ७ः३० बजे प्रहरीले अवैध सुर्ती बोकेको गाडी पक्राउ गरेको हो । जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कर्यालय उदयपुरको संयुक्त टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा बोरामा सुर्ती बोकेका को १ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करिब ४५ बोरा टेम्पल नामक सुर्ती राजश्व स्टिकर नटासिएको अवैध बोरामा बाँधेर काजग पत्र नभएको गाडीमा लादै गरेको अवस्थामा प्रहरीको चेकजाँच टोलीले पक्राउ गरेको जनाईएको छ । नियन्त्रणमा लिईएको करिब ९ लाख ५० हजार मूल्य बराबरको अवैध सुर्ती, गाडी सहिति राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । सुर्ती ओसार पसारमा संलग्न गाडी, चालक र गाडी धनी सहित प्रह...
बेलकाको घारेमा बालविवाह बृद्धि

बेलकाको घारेमा बालविवाह बृद्धि

समाचार
  जयराम पुर्वछाने बेलका, जेठ २० गते । उदयपुरको बेलका नगरपालिकाको घारेमा वालविवाह हुने गरेको क्रम बढेको हालैको एक तथ्यांकले देखाएको छ । बेलका नगरपालिकाको वाल तथा सम्वर्धन समितिले ज्येष्ठ १६, १७ र १८ गते गरेको रिपोर्टमा सो तथ्यांक सार्वजनिक गरेको हो । ४० घर माझी समुदायका ५ सय ४३ जनसंख्या रहेको दुधकोशि किनारको घारेमा २०६९मा जिल्ला वाल सरोकार उदयपुरले ६० प्रतिशत वालविवाह हुने बताएको थियो भने हाल यो तथ्यांकमा २० प्रतिशत वृदि भएको छ । गाउँमा अशिक्षा, बेरोजगारी, आर्थिक विपन्नताले वालविवाहको दर बढेको सरोकारवालाहरुले बताएका छन् । हामी सबैको सरोकार वाल अधिकार नाराका साथ वाल तथा सम्वर्धन समितिको ३ दिने अनु शिक्षण कार्यक्रमको बुधबार उद्घाटन गर्दै बेलका नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीले भने ‘वाल विवाहले किशोर किशोरीलाई सामाजिक आर्थीक समस्या पर्नेछ ।’ उप प्रमुख चौधरीले मात्रृ म...
लागु औषध दुव्र्यसनी बिरुद्ध अभिमुखिकरण कार्यक्रम

लागु औषध दुव्र्यसनी बिरुद्ध अभिमुखिकरण कार्यक्रम

समाचार
  डि.एन चौधरी/राजावास,उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर ८ बैरनीमा लागु औषध दुव्र्यसनी बिरुद्ध १ दिने अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । “सक्षम युवा त्रियुगा नगरको पहिचान दुव्र्यसनी विरुद्धको अभियान नारा संगै वडा स्तरीय युवा क्लव ८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा भित्रका युवाहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतिकरण गराउदै परार्मश दिन् कार्यक्रमको आयोजना गरिएको युवा क्लवका अध्यक्ष रुपेश दनुवारले बताए । त्यस्तै कार्यक्रममा वडा नं ८ का अध्यक्ष कमल कुमार राउतले लागु औषध दुव्र्यसनी बिरुद्ध गाँउ गाँउ, टोलटोलमा गएर अभियान चलाउने बताए । उनले, समाज र राष्ट्र विकासमा युवाको भुमिका महत्वपुर्ण रहेकाले समयमै सवैलाई सचेत हुन जरुरी रहेको बताए । र प्रतेक टोल र समुदायमा यस वारे जनचेतना फैलाउनु पर्ने बताए । कार्यक्रममा लागु औषध भनेको के हो, यसको प्रयोगले हुने ह...
आदिवासी जनजाती कम्युटर तालिम सम्पन्न

आदिवासी जनजाती कम्युटर तालिम सम्पन्न

समाचार
  गाईघाट/जेष्ठ, १९ आदिवासी जनजातिहरुलाई लक्षित गरी संगम पुस्ताकलयमा सञ्चालीत ३ महिने कम्युटर तालिम सम्पन्न भएको छ । एक समापन कार्यक्रमको आयोजनामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र हस्तन्तरण गरी तालिमको समापन गरिएको हो । ११ नं वडाको सहयोग, आदिवासी जनजाती कम्पुटर उपभोक्ता समितिको आयोजना तथा संगम पुस्ताकालयको व्यवस्थापनमा ३ महिने तालिम सञ्चालन समापन गरिएकोे समितिको अध्यक्ष शान्ति राईले बताईन् । आदिवासीजनजातीहरुको क्षमता बृद्धि गर्ने भन्दै सञ्चालन गरेको तालिममा ब्यसिक र अफिस प्याकेज कोर्ष सिकाईएको थिए । जसमा २४ जना आदिवासी जनजातीहरुलाको सहभागी रहेका थिए । सहभागीहरुले सुलभ दरमा कम्पुटर सिकाईले ब्यसिक र अफिस प्याकेज कोर्षमा सहजता भएपनि अन्य कोर्षका लागि भने अन्योल रहेको बताएका छन् । उनिहरुले अन्य कोर्षहरुमा पनि यस्तै सुलभ र सहज वातावरण बनाउन वडा सँग अपेक्षा राखेको छ । ...