बेटी सम्मेलनको सात बुँदे घोषणापत्र जारी
उदयपुर, फागुन ९ गते ।
उदयपुरमा भएको प्रथम राष्ट्रिय बेटि सम्ममेलनले सात बुदे घोषणा पत्र जारी गरेको छ ।
समानता, समावेशी, मानवअधिकारका सवाललाई प्राथामिकतामा राखी सात बुँदे घोषणा पत्र जारी गरेको हो ।
गत माघ २७ गते देखि २९ गते सम्म प्रथम राष्ट्रिय बेटि सम्मेलन गरि वृहद छलफल पश्चात सात बुदे घोषणा पत्र तयार गरि जारी गरिएको आयोजक मुधार महिला केन्द्रकी अध्यक्ष नजबुल खानले बताईन् ।
समानता, समावेसी र मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई विशेषगरी उठान गरीएको उनले बताईन् । छोरीलाई पनि छोरा समान शिक्षा, स्वास्थ्यका सवालमा अधिकारी दिई समानता कायम गराउने योजना रहेको खानको भनाई छ ।
सम्मेलनले समानता, समावेशी र मा...








