भूमिहिन सुकुम्बासी गोली थाप्न तयार, रासोबासो नछाड्ने अडान
पूर्णपुष्टि/उदयपुर, साउन १० गते ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले घर भत्काएर जग्गा खाली गर्न सूचना जारी गरेपछि त्रियुगा नगरपालिका १३ पुरानोगाईघाटको जनज्योतीटोलका सुकुम्बासीबस्ती चिन्तामा डुबेका छन् ।
प्रशासनले साउन २ गते सूचना जारी गर्दै एक महिनाभित्रमा नीजि संरचना हटाउन र नहटाउन पर्ने भए एथेस्ट आधार प्रमाण ७ दिनभित्रमा पेश गर्न भनेपछि पूर्जा पाउने आशामा बसेका आफुहरुमा बज्रपात परे झै भएको ७४ वर्षिय अडिमान मगरले बताए ।
२०२८ सालदेखि बरुवा खोलाको बाढीको सामना गर्दै थोरै जग्गा ओगटेर बगरमाथि बसेका सुकुम्बासीहरुले कसैको जग्गा हडपेर नबसेको र अतिक्रमण पनि नगरेको दावी गरेका छन् । उनीहरुको साथका रहेका नगरपालिकाको घरधुरी सर्भेक्षण, घरधुरी कर, सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको सुकुम्बासी परिचय पत्र आदिका आधारमा पनि हटाउन नमिल्ने मगरले बताए ।
अन्दाजी तीन दर्जन भूमिहिन सुकुम्...









