होली पर्व उदयपुरमा भब्य मनाइयो
पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते
-रंगहरुको पर्व होली गाईघाटमा पनि भब्यरुपले मनाइएको छ । एकआपसमा रंग दलेर रंगीनरुपले पर्व मनाइएको छ । एकआपसमा खुसी र समृद्धिको कामना आदानप्रदानसमेत गर्दै होलीमा नाचगान गरिएको थियो । बजारभरी नै होली मनाउनेहरु रंगीनरुपमा देखिएका थिए ।
हुलका हुल, आ आप्mनै समुहमा उनीहरु रमाईरहेका देखिन्थे । बाजागाजा बजाएर नाँचगान गर्नेको कुनै कमी थिएन । साथीभाइ, आफन्तजनको विशेष भेटघाट र पर्व मनाउने तरिका विशेष थियो । सबै क्षेत्र र तहतप्काका व्यक्रिहरु पर्वमा सम्मिलित देखिन्थे । पर्वले अपनत्व र सद्भाव जनाएको जनप्रेमी युवा मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए ।
मञ्चको आयोजनामा भएको होली विशेष कार्यक्रममा रंगको उमंग छर्दै शुभकामना आदान प्रदान भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, नारायण बुर्जा मगर, कला घले, सुनिता चौधरी, सुनिता थापा, पार्टी नेताहरु, नागरिक समाज...








