निर्वाचनमा खटिएका ३ कर्मचारी सम्मानित
पूर्णपुष्टि/गाईघाट, पुस १५ गते ।
निर्वाचनमा खटिएका उदयपुरका ३ जना कर्मचारी सम्मानित भएकाछन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शनिबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरु सम्मान गरेको हो । सम्मानित हुनेमा कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट कार्य गरेवापत वेलका नगरपालिकास्थित कमलवारी माध्यमिक बिद्यालयमा मतदान अधिकृतकोरुपमा खटिएका मावि झिल्केपोखरी इनामेका माध्यमिक तहका शिक्षक दुर्गानन्द गुप्ता रहेकाछन् ।
त्यसैगरी निर्वाचनमा उत्कृष्ट कार्य गर्ने बालमन्दिर माध्यमिक बिद्यालय बोक्से ‘ख’ केन्द्रका मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला कार्की र नारद आदर्श माध्यमिक बिद्यालय बसाहाका मतदान अधिकृत ताराकुमार राई सम्मानित भएका हुन् ।
यसकासाथै निर्वाचनको व्यवस्थापनलाई सहज भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, प्रमुख सेनानी राजेन्द्र...







