Saturday, January 31News That Matters

आर्थिक

दँशै बजारमा घ्यू र पनिरमा छुट,  आलु र प्याज पनि सस्तोमा पाईने

दँशै बजारमा घ्यू र पनिरमा छुट,  आलु र प्याज पनि सस्तोमा पाईने

आर्थिक
काठमाडौं – सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आईतबार आपूर्ति मन्त्री शिव कुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा दिईने छ । त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्य भन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोम प्रसाद घिमीरेले बताउनुभयो । ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा विक्री गर्ने व्यवस्था गरीने छ’ उहाँले भन्नुभयो ‘...