Saturday, January 31News That Matters

खेलकुद

प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २१ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्दैछ । दिवसको अवसरमा प्रहरीले असोज २५ र २६ गते जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मेन्स डबल्स (ए समुह) र मेन्स डबल्स (बी समुह) इभेन्ट्समा खेल सन्चालन हुने बताइएको छ । भट्टका अनुसार प्रतियोगिताका विभागिय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका खेलाडीहरुको सहभागिता हुनेछ । जिल्लाको कटारी, बेल्टार, जलजले लगायत खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरसंगको समन्वयमा हुने प्रतियोगिता खेल जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन हुनेछ ।...
कटारीको कवर्डहल अधुरो

कटारीको कवर्डहल अधुरो

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २० गते । कटारी–सगरमाथाको द्वार भनेर पुरानो नामले चिनिने उदयपुरको कटारी बजारमा निर्माणाधिन कवर्डहल बजेटको अभावले अधुरो बनेको छ । कटारी व्याड्मिन्टन क्लव र भूपू सैनिक क्लवको पहलमा निर्माणाधिन कवर्डहल बजेटको अभावले निर्माण कार्य अधुरो भएको हो । भूपू सैनिक क्लवको आप्mनै प्राङ्गणमा निर्माणाधिन कवर्डहलको आधाजसो निर्माण कार्य भईसकेको क्लवका अध्यक्ष विष्णु आले मगरले बताए । खेलकुद परिषद्बाट प्राप्त १२ लाख रकमबाट कवर्डहलको आधाजसो निर्माण कार्य भएको छ । मगरका अनुसार कवर्डहलको चारैपट्टी सिमेन्ट रडको पिलरसहित दश÷बाह्र फिट उचाइसम्म इटा गाह्रो लगाईसकिएको छ । त्यसभन्दा माथिको कामका लागि भने बजेटको अभाव भएपछि निर्माण कार्य स्थगित भएको छ । बाँकी भागमा ट्रष्ट जोडेर छानोसहित टिन लगाएर बनाउने सोच रहेको उनले बताए । त्यसका लागि बजेट जोहोको पहल भईरहेको पनि उनले बताए । बाँकी कामका ला...
राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १३ गते । राजाबास ब्याड्मिन्टन समुहको आयोजना र त्रियुगा नगरपालिका वडा नं. ९ को सहयोगमा राजाबास, दिपुटोलमा भएको व्याड्मिन्टन प्रतियोगितामा संजय बस्नेत र बालकुमार बुढाथोकीको जोडीले प्रथाम स्थान हाँसिल गरेको छ । आयोजक समुहका अध्यक्ष राजकुमार दनुवारका अनुसार बिहिबार भएको फाईनल खेलमा ओमराज बुढाथोकी र ज्ञानेन्द्र दनुवारको जोडीलाई पछि पार्दै उक्त जोडीले प्रथम स्थान हाँसिल गरेको हो । ओमराज र ज्ञानेन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तेस्रो स्थानमा पूर्णराज श्रेष्ठ र पुष्पराज श्रेष्ठको जोडी र जिवनकुमार दनुवार र लक्ष्मण दनुवारको जोडी सफल भए । वडादशै, दिपावली र छठपर्व २०७४ को अवसरमा आयोजित मेन्स डबल्स प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार, ५ हजार, २ हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ठ खेलाडी पूर्णराज श्रेष्ठ, ...
व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

खेलकुद
उदयपुर–गाईघाट (बोक्से)मा नवनिर्मित व्याड्मिन्टन कवर्डहलको छानोमा ट्रष्ट लगाउने काम सकिएको छ । दुईओटा कोटसहितको निर्माणाधिक कवर्डहलको छानोमा फलामे ट्रष्ट लगाउने काम सकिएको हो । नेपाल सरकारको खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, जिल्ला समन्वय समिति र स्थानीय खेलाडी तथा खेलप्रेमी व्यक्तिहरुको सहयोगमा जिल्ला व्याड्मिन्टन संघले कवर्डहल निर्माण गर्दै आएको हो । ट्रष्ट लगाईसकेपछि टिनको छानो र बेराधेरा गरी कवर्डहल तयार गरिने निर्माण समितिका अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेश कार्कीले बताउनुभयो । यसअधि नै कवर्डहलको तल्लो भागमा गाह्रो लगाउने, सम्याउने काम भइसकेको छ । कवर्डहल निर्माणका लागि खेलकुद परिषदबाट ५ लाख, जिल्ला समन्वय समितिबाट ३ लाख र अन्य विशिष्ट, बरिष्ठ र आजीवन सदस्यता शुल्कवापत संकलन गरेर आर्थिक जुटाउने काम भइरहेको निर्माण समितिका सचिव दिपक राईले पूर्णपुष्टिलाई बताउनुभयो ।...