ऐतिहासिक उदयपुरगढीको संरक्षण सुरु
उदयपुर,जेष्ठ ३१ गते ।
ऐतिहासिक उदयपुरगढीको संरक्षणमा गाउँपालिका लागी परको छ । सय वटा घुम्नै पर्ने पर्यटकिय क्षेत्रमा गढी परेपछि प्रदेश र पालिकाको बजेटमा संरक्षण नर्ग थालिएको हो ।
पुरानो सदरमुकाम समेत गढीले करिब ५० दशक पछि केहि मुहार फेर्न पाएको छ । ईतिहासमा मात्रै सिमित रहेका गढीको जिर्ण भौतिक संरचानहरुको संरक्षण गरि पर्यटकिय स्थलको विकास गर्नका लागि संरक्षणको काम थालिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानु राउतले बताईन् ।
त्यतिबेलाको दरबारको पर्खाल नभएपनि ईटा, फौजले कवाज खेल्ने मैदान, त्यतिबेला पुजा गर्ने पञ्चावती मन्दिरको मुर्ती, त्यस समयमा लेखिएका ताम्रा पत्र, शिला लेख, पानी पिउन प्रयोग गरिएका ढुङ्गेधारा, युद्धकलाको गढ प्रत्यक्ष देख्न सकिने उपाध्यक्ष राउतले बताईन् ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...









