विश्व पर्यटन दिवस (उदयपुरका फोटोफिचरसहित)
हरेक वर्षको सेप्टेम्बर महिनाको २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने चलन छ । यो सन् २०१७ लाई संयूक्त राष्ट्रसंघले दीर्घकालिन पर्यटन संभावनाको प्रतिकका वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । सन् १९८० का दिन सेप्टेम्बर २७ मा विश्व पर्यटन संघको औपचारीक शुरुवात गरिएको सम्झनामा बिगतको ३७ बर्षदेखि सेप्टेम्बर २७ तारिखकालार्इ विश्वभरका सरकारी, गैरसरकारी तथा समूदायबाट पर्यटन दिवस मनाइदै आइएको छ ।
दीर्घकालिन बिकासका तिनै अवधारणाहरु आर्थिक, सामाजिक अनि वातावरणीय पक्षहरुको सुधार अनि बढोत्तरिकालागि पर्यटनको प्रमुख भूमिका हुने गर्दछ । संसारको सबैभन्दा ठूलो उधोगको रुपमा पनि लिइन्छ पर्यटनलाई । सहज पर्यटन संसारका सबैजनाको पहूँचमा हुनुपर्ने मान्यताका साथ यो दिवस मनाईदैछ ।
आजको दिनले नेपालको पर्यटकीय सौन्दर्य र सम्भावना दुवैलार्इ विश्व समाजको आँखामा सहज पहूँचकालागि सहयोग पुर्याउने प्रयास हर नेपा...

