दुन क्षेत्रको औलोविजय जातिको मातृभाषा लोपहुदै
यमन कोदारहाङ डोने “औलोविजय”
जातीयपृष्ठभूमि
“पाखा शिकार पाषण रात,पानी शिकार माछा भात भने झैं बागलाई नजिकबाट नियाल्नु छ भने,ढाँडे बिरालोलाई हेरे हुन्छ । त्यसरी नै दनुवारलाई प्रागएैतिहासिकबाट खोज,अनुसन्धान,अध्ययन गर्नु छ भने,मातृभाषामा डोने स्वीकार गर्नै पर्छ ।”
दनुवारडोने जाति नेपालको आदिम मूलबासी हो । आदिबासी जनजाति पृष्ठभूमिमा आफूहरुलाई यो देशको भूमिपुत्र,जलपुत्र आदिकाल पुत्र भनि बिशेषता दिएको पाईन्छ । यो जाति तथा समुदायको खेलखोर अर्थात् उत्पति क्षेत्र भनेको नेपालको दुन,उपत्यका,खोंज,बेशी, र टार नै थिए । अनादीकालदेखि नै यो जाति दुन क्षेत्रकै खोलानदी,फाँट ,टार किनारा आसपासमा बसोबास गर्दै आएका जाति हुन् । यो नेपालको बर्तमान अबस्थामा मानब सुचाङ्कको रेखामाअल्पबिकसित आदिबासी जनजाति कित्ताकातमा परेको जाति हो ।
यो आदिबासी नेपालको चुरे पहाड उत्तरी खण्ड र महाभारत पर्वतको पहाडी दुनबेशीति...








