Tuesday, June 30News That Matters

संसार

रुखमा बस ठोक्किदा आठको मृत्यु, २० जना घाइते

रुखमा बस ठोक्किदा आठको मृत्यु, २० जना घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १५ यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् । रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् । उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको प्रहरी अधिकारीले जानकारी दिँदै दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । गुणस्तरहीन राजमार्ग,सवारी साधनको उचित मर्मतसम्भार अभाव, अयोग्य चालकबाट हुने सवारी नियम उल्लङ्घन र नियमन निकायको फितलो अनुगमनका कारण बङ्गलादेश सडक दुर्घटनामा आफ्ना धेरै नागरिक गुमाउने विश्वका प्रमुख मुलुकहरूमा पर्दछ । गैरसरकारी संस्था रोड ...
छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १५ पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् । बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र शुरु हुन...
हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ ११ बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले बुधबार जानकारी दिएका सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरुमा चार जनाको शव फेला परेको ती कामदारहरुले बताएका हुन् । राजधानी शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआमा रहेको क्यानडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा मध्य अप्रिलमा दुर्घटना भएको थियो । छ बुर्किनाबे, एक जाम्बियन र एक तान्जानियाली नागरिकहरु सात सय मिटरमुनि हराएका थिए । दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत बताउनु भएको छ । (रासस)...
टेक्सास विद्यालय नरसंहार : १८ बालबालिकासहित २१ जनाको हत्या

टेक्सास विद्यालय नरसंहार : १८ बालबालिकासहित २१ जनाको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ११ अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्युृ भएको हो । प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन् । यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो । स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।...
एपेक बैठकमा रसियाको विरोध

एपेक बैठकमा रसियाको विरोध

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ८ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको शनिबार यहाँ भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसीे आक्रमणको विरोध गरेका छन् । बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठककक्षबाट बाहिरिएका हुन् । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए । युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको...
नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेठ ६ यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् । नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् । साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ । त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता ब...
दिल्लीस्थितमा आगलागी २० जनाको मृत्य

दिल्लीस्थितमा आगलागी २० जनाको मृत्य

Breaking News 3, समाचार, संसार
काठमाडौँ, ३१ गते । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।सो भवन ठूलो थियो र यहाँ कैयाँै कम्पनीका कार्यालयहरु पनि रहेका छन् । यो भवनको दोस्रो र तेस्रो तल्लाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी कार्य हुदैछ । यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिकहरु त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ ।...
बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २५ बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ। यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ। बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासक...
श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कटकाल घोषणा

Breaking News 3, समाचार, संसार
काठमाडौं, वैशाख २४ गते । आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पार्नु भएको छ । आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो । उहाँले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ । आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन सङ्कटकाल लगाउनु परेको उहाँको भनाई छ । सरकारले सङ्कटकाल घोषणा गरेर जनताको...
हवाना होटलमा विस्फोटहुँदा गर्भवती तथा बच्चासहित १८ को मत्यु

हवाना होटलमा विस्फोटहुँदा गर्भवती तथा बच्चासहित १८ को मत्यु

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, बैशाख २४ हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ। “क्युबाका राष्ट्रपति मिगुएल डियाज(क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिनुभएको छ। बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो । क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए। (रासस)...