लिम्चुङबुङ गाउँपालिका अध्यक्ष सम्मानित
उदयपुर, साउन ३० गते ।
पहिचानको मुद्दालाई व्यवहारिकरुपमै उतार्न सफल भएको भन्दै उदयपुरका एक पालिका अध्यक्ष विहिबार सम्मानित भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई सम्मानित भएका हुन् ।
साविक सुनकोशीलाई किराँत पहिचानसंग सम्बन्धीत लिम्चुङबुङ गाउँपालिका नामाकारण गर्न सफल भएको भन्दै अध्यक्ष राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), १ नं. प्रदेशले उदयपुरको राजाबासमा भएको पहिलो प्रदेश महाधिवेशन सम्मान गरेको हो । अध्यक्ष राईलाई कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले कदरपत्र प्रदान गरेका थिए भने फोनिज १ नं. इन्चार्ज दिपेन राईले खादा ओढाएर सम्मान गरेका थिए ।
संविधानले संघीयतासंगै पहिचानलाई अंगिकार गरेपनि पहिचानको मुद्दा ओझेलमा परिरहेको अवस्थामा सो पालिकाले पहिचानको आधारमा पालिकाको नाम नामाकरण गर्न सफल भएकोमा प्रशंसा समेत गरिएको छ...









