तीन महिने सिलाई कटाई तालिम सम्पन्न
जयराम पुर्वछाने मगर
बेलका, साउन १७ गते ।
उदयपुरको बेलकामा तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बेलका नगरपालिकामा संचालन भएको तालिममा ४० जना महिलाले तालिम लिएको हो ।
नेपाल सरकार वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामीण उद्योग तथा विप्रेषणको आयोजना र अन्र्तराष्ट्रिय कोष आइफ्याडको वित्तिय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम संचालन भएको थियो ।
तालिम पश्चात सिलाई कटाई व्यावसायीक रुपमा विकास गर्न सकिने नगर प्रमुख दुर्गाकुमार थापाले बताए । थप तालिमको आवश्यकता परेको खण्डमा नगरले तालिम प्रदान गर्ने र तालिममा लिएका ज्ञानको सदुपयोग गर्दै स्वरोगार बन्नका लागि थप तालिम लिएर व्यवसायी बन्न सकिने उनले बताए ।
४० जनाले लिएको तालिम दैनिक ६ घण्टा सञ्चालन भएको थियो । तालिममा ठाका लगाउने, डाफ्ट बनाउने, मेसिन चलाउन, नापजाँच गर्न, कपडा कटिङ गर्न , फिनिसिङ गर्न लगायतका कामहरु सिकाईएको थि...








