Thursday, July 9News That Matters

समाचार

भीरबाट लडेर एक बालकको मृत्यु

भीरबाट लडेर एक बालकको मृत्यु

समाचार
सोलुखुम्बु, साउन १४ गते । सोलुखुम्बुको चेल्सीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्येदुधकोशी गाउँपालिका – ४ लुनाम निबासी ११ वर्षीय अरुण विकको भीरबाट लडेर मृत्यु भएको हो । दिउँसो साढे २ बजे घर नजिकैको चेल्सी खोलामा बाख्रा चराउने क्रममा चिप्लिएर भीरबाट लडेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । चिप्लिएर भीरबातट लडेर घाईते भएको विकलाई साथिहरुले घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
आहालमा डुबेर एक बालकको मृत्यु

आहालमा डुबेर एक बालकको मृत्यु

समाचार
भोजपुर, साउन १४ गते । भोजपुरको थापा टोलमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका – ६ बैकुण्ठे थापा टोल निबासी प्रकाश थापाको छोरा ४ वर्षीय प्रमिश थापाको पानीमा डुवेर मृत्यु भएको हो । सोमबार साँझ करिब ६ बजे घर नजिकैको गाई वस्तुलाई पानी खुवाउन बनाईएको आहालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
जंगली च्याउ खाँदा एक जनाको मृत्यु

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

समाचार
पाँथर, साउन १४ गते ।  पाँचथरको फाल्गुन्नदमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ । फाल्गुन्नद गाउँपालिका – निबासी ४५ वर्षीय सुनिता चेम्जोङको जंगली च्याउ खाएर मृत्यु भएको हो । गत साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट ल्याएको च्याउ खाएर दुवै जना विरामी भएका प्रहरीले जनाएको छ । चेम्जोङको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा विहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै विरामी भएको सासुको मोहनमोहन अस्पताल विर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
उच्च अदालतको माग, सर्वपक्षिय मिसन टोली

उच्च अदालतको माग, सर्वपक्षिय मिसन टोली

समाचार
उदयपुर, साउन १४ गते । उच्च अदालत उदयपुरमा हुनु पर्ने माग गर्दै सर्वपक्षिय डेलिकेशन टोली विराटनगर पुगको छ । प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, राजनीति दलका नेता कार्यकताहरु,नागरिक समाज, पत्रकार, उद्योगी, व्यापारीहरुको प्रतिनिधी टोलीले कानुन मन्त्रि समक्ष माग राखेका छन् । नेपाल बार एसोसिएसन उदयपुरको अगुवाईमा गएको टोलीले उदयपुरबाट ओखलढुङ्गामा रहेको उच्च अदालत धाउन खर्च र समय अतिनै खर्चिलो भएको भन्दै उदयपुरमै व्यावस्था हुनु पर्ने माग राखेका थिए । एउटा रिट गर्नका लागि कम्तिमा पनि तीन दिन सम्म लाग्ने र न्याय सम्पादनको काम ७० प्रतिशत उदयपुरकै हुने गरेकाले उदयपुरमै व्यावस्था हुन पर्ने माग राखेको थियो । ओखलढुङ्गामा भएको उच्च अदातल सार्ने माग नगरेको भएपनि उदयपुरमा बेन्च स्थापना गरी दिन वा पाएक पर्ने गरी विराटनगरमा व्यावस्था गरी दिन जोडदार माग राखेका थिए । कानुन मन्त्रिले उदयपुरको व...
लागु औषध सहित एक जना पक्राउ

लागु औषध सहित एक जना पक्राउ

समाचार
उदयपयुर, साउन १४ गते ।  उदयपुरको शिवालय टोलबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगपालिका – ११ शिवालय टोलमा कोठा भाडामा बस्दै आएका मिलन खतिवडालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । कोठा भाडामा बस्दै आएका २३ वर्षीय खतिवडाले लागु औषध कारोबार गर्ने गरेको भन्ने विषेश सुराकीको आधारमा खतिवडाको कोठा खानतालासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । टिनको दराज भित्र हरियो प्लाष्टिकको बाटामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । निट्रभेट – १० लेखिएको १६ पत्ता (एक सय ५८ गाटी), स्पासो–स्पोसिभोन १३ पत्ता (एक सय ४४ क्याप्सुल), रेस्कोफ डिएस् ४ बोतल, नोफिन १० एम्पुल, डिजेल्ब  १० एम्पुल, फेनेरागन १० एम्पुल, आईफोन मोबाईल एक थान, नोकिया मोवाईल एक थान र राजकुमार राई लेखिएको राष्ट्रिय बाणिज्य बैँकको चेक फेला पारेको प्रहरीले जनाएको छ । उक्त १० ...
बेलकामा सुक्खा धानको बीउ छरियो

बेलकामा सुक्खा धानको बीउ छरियो

आर्थिक, समाचार
उदयपुर, साउन १३ गते । उदयपुरको बेलका नगरपालिकामा सोमबार नयाँ जातको धानको बीउ छरिएको छ । सुक्खा जमिनमा फल्ने हर्दिनाथ १ र २ नामक धानको विउ छरिएको हो । पालिकाको वडा नं. ८ मेघबारीको खेतमा छरिएको हो । मेयर दुर्गाकुमार थापाका अनुसार हाल परिक्षणको रुपमा ८ कठ्ठाको लागि ब्याड् छरेर नयाँ जातको धान रोपिनेछ । नार्कको सहयोगमा कृषि अनुसन्धान केन्द्र तरहराको प्राविधिक सहयोगमा ब्याड् छर्ने काम भएको हो । हाल गरिएको परिक्षण सफल भएमा पालिकाको सिंचाईको पर्याप्त सुविधा नभएको क्षेत्रमा लगाईनेछ । उत्पादन मा हाम्रो साथ, बस्तिन म खाली हात भन्ने नाराका साथ पालिकाले यो वर्ष उत्पादन वर्ष मनाईरहेको छ ।...
खाँबुका महिलाहरुलाई आत्मसम्मान सामग्री वितरण

खाँबुका महिलाहरुलाई आत्मसम्मान सामग्री वितरण

समाचार, स्वास्थ्य
उदयपुर, साउन १३ गते । खाँबुका विपद्मा परेका महिलाहरुलाई आत्मसम्मान सामग्री सोमबार वितरण गरिएको छ । त्रियुगा नगरपालिका १५ खाँबुका ५० जना महिलाहरुलाई वितरण गरिएको हो । आत्मसम्मान सामग्रीमा महिलाहरुले प्रयोग गर्ने सरसफाई तथा दैनिक प्रयोगका सामाग्रीहरु पर्दछन् । त्रियुगा नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति उदयपुर र युएनएफपीएले वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर महिलाहरुलाई वितरण गरेका हुन् । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, वडाध्यक्ष निरबहादुर मगर लगायतले सामग्री हस्तान्तरण गरेका थिए । आत्मसम्मान सामग्री पाएपछि महिलाहरुले खुसी ब्यक्त गरेका थिए । उनीहरुले प्राप्त सामग्रीको सहि सदुपयोग गर्ने बताएका छन् ।  ...
१२ कक्षाको परीक्षाफल सार्वजनिक

१२ कक्षाको परीक्षाफल सार्वजनिक

समाचार
साउन १३ गते ।  गत वैशाखमा भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ जना, ग्रेडवृद्धितर्फका ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । दिउँसो बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरिएको हो । नियमिततर्फका ३ हजार ६७ जनाले ३.६१ देखि ४.०० सम्म जीपीए ल्याएको छ भने १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० सम्म जीपीए ल्याएका छन् । ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० सम्म जिपिए ल्याएको छ भने  ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन् । त्यस्तै ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० सम्म जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १९ हजार जनाले १.२१ देखि १.६० सम्म जिपिए ल्याएका छन् भने ३ हजार ५ सय २४ जना ०. ८१ देखि १.२...
बेलकामा झोलुङ्गे पुल उद्घाटन

बेलकामा झोलुङ्गे पुल उद्घाटन

समाचार
जयराम पूर्वछाने मगर बेलका, साउन १३ गते । उदयपुरको बेलकामा झोलुङ्गे पुल उद्घाटन भएको छ । बेलाका नगरपालिका – ६ को सिसुवा खोलाको पुल आईतबार उद्घाटन भएको हो । एक सय सात मिटर लम्बाई भएको ३८ लाख ७७ हजार लागतमा बनेको झोलुङ्गे पुलको नगरको मेयर दुर्गाकुमार थापा (स्वतीक)ले उद्घाटन गरेको थियो । पुल सङगै विकास निर्माणका कामहरु तिब्र रुपमा भइ रहेको मेयर थापाले बताए । नगरपालिकाको पहाडी एरियामा रहेका केहि वडाहरुमा विकासको काममा चुनौति आउने गरेको मेयर थापाले बताए । विकासको काममा बाधा र चुनौतीहरुलाई चिर्दै दिगो विकासमा सबै नगरबासी लाग्न मेयर थापाले आग्रह गरेका छन् । उद्घाटन भएका पुलले दुई गाउँलाई बाह्रै महिना जोड्ने र विद्यार्थीहरुलाई विद्यालय आवत जावतमा सहजता ल्याएको बेनपा – ६ का वडाध्यक्ष वसन्त मगरले बताए । वर्षायाममा खोला बाढी आएर मान्छे बगाउने र विद्यार्थीहरु विद्यालय जान नपाउने समस्या ह...
लागुऔषध सहित भारतिय नागरीक पक्राउ

लागुऔषध सहित भारतिय नागरीक पक्राउ

समाचार
सुनसरी, साउन १३ गते ।  सुनसरीको केशलियाबाट लागुऔषध गाँजा सहति भारतिय नागरीक पक्राउ परेको छ । बर्जु गाउँपालिका – ३ केशलिया खोला छेउ नेपाल भारत जोड्ने बाटोमा चेकजाँच गर्ने क्रममा विकेशकुमार राय १२ केजी गाँजा सहित पक्राउ परेको हो । भारतको अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० वर्षीय रायलाई चेकिङ्मा खटेका प्रहरी टोलीले चेक जाँच गर्दा १÷१ केजी प्याक गरेका अवस्थमा १२ केजी रायको साथबाट लागु औषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ । लागु औषध सहित पक्राउ परेका रायलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...