Thursday, July 9News That Matters

समाचार

खड्का मृत अवस्थामा फेला

खड्का मृत अवस्थामा फेला

समाचार
मोरङ, साउन १५ गते । मोरङको बेलबारीमा एक जना मृत अवस्थामा फेला परेको छ । बेलबारी नगरपालिका – ५ धोकादार निबासी ६० वर्षीय भिमबहादुर खड्का मृत अवस्थामा फेला परेको हो । दिउँसो करिब पौने २ बजे बेनपा – ९ भाक्का चौकको पैनीमा खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँना साथ प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिाय पुरा गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
पर्यटन मन्त्रिमा नियुक्त भट्टराई

पर्यटन मन्त्रिमा नियुक्त भट्टराई

समाचार
साउन १५ गते । नेपाल कम्युनिष्ट पार्नीका नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रिमा नियुक्त गरिएको छ । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्रि रविन्द्र अधिकारीको मृत्यु भएपछि बुधबार भट्टराईलाई नियुक्त गरिएको हो । तत्कालिन पर्यटन मन्त्रि अधिकारी हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उक्त मन्त्रालय प्रधान मन्त्रि केपि शर्माओलीले सम्हाल्दै आएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ ग्रहन गराईएको छ ।  ...
ईपीजीको प्रतिवेदन बुझ्न मानेन मोदी

ईपीजीको प्रतिवेदन बुझ्न मानेन मोदी

समाचार
साउन १५ गते ।  सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेको ७० पुगेको छ । नेपालका लागि असमानीत र विवादको घेरामा रहेको नेपाल भारत विच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेको ७० पुगेको हो । सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने गरी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेका हो । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि ३१ जुलाई १९५० मा नेपाल र भारत विच शान्ति तथा मैत्री सन्धि भएको थियो । समान सन्धी भन्दै नेपाल कम्युनिस्ट पार्टीले ७० वर्षअघि नै खारेजीको माग गरेको थियो । अहिले त्यही पार्टी सरकार भएको बेला उक्त सन्धि परिमार्जनको प्रस्ताव दुवै देशका प्रधानमन्त्रीलाई बुझाइने चरणमा छ । यस सन्धिको पुनरावलोकनका प्रस्ताव पहिलो पटक नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा भारत भ्र...
२९ औँ सहित दिवसको अवसरमा रक्तदान

२९ औँ सहित दिवसको अवसरमा रक्तदान

समाचार
  गाईघाट /साउन, १५ २९ औँ स्मृति सहित दिवसको अवसरमा बुधबार  गाईघाटमा रक्तदान कार्यक्रम भएको छ । नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिसेवक बहुउद्देश्ीय सहकारीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । हरेक सहित दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको यस संगठनले मानिसको जिवनको महत्व दिदै क्तदान गरिएको नेपाल निजामति कर्मचारी संगठनका सचिव गणेश प्रसाद आचार्यले बताए । रक्तदान जिवन दान भन्दै बिषेश गरी स्मृतिको अवसरमा रक्तदान कार्यक्रमलाई अघि सारिएको आचार्यले बताए । बिहान बिधिगत रुपमा औपचारिक कार्यक्रम गरी दिउँसो रक्तदान कार्यक्रम गरिएको हो । हरेक साउन १५ गते नेपाल निजामति संगठनले यस स्मृति दिवसलाई मनाउँदै आइहेका छन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले रक्तदान गरेको छ भने किरब ९० जनाले रक्तदान गरेको आचार्यले बताएको छ ।  ...
साफ च्याम्पियनसिपमा नेपालको पहिलो खोल भारतसँग

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खोल भारतसँग

खेलकुद, समाचार
साउन १५ गते ।  यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले भारतसँग खेल्ने भएको छ । साफ च्याम्पियनसिप खेलको पहिलो खेल अगष्ट २१ मा नेपालले भारत सँग खेल्ने भएको हो । कल्यानी रंगशालामा संचालन हुने खेलमा नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ । फाईनल खेल अगष्ट ३१ तारिखमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले मंगलबार  खेल तालिकाको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा पाँच देशको फुटबल टिमले सहभागिता जनाउने छ ।...
सरकारको नयाँ सर्कुलर

सरकारको नयाँ सर्कुलर

समाचार
साउन १५ गते ।   अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता नभई रकमान्तर तथा थप निकासाको स्विकृति नदिने भएको छ । बजेटमा समावेश कार्यक्रम वा आयोजनालाई स्रोत सुनिश्चिता भनई थप निकासाको स्वीकृति नदिने भएको हो । आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन सम्बन्धी निर्देशन अनुसार स्रोत सुनिश्चितता नभई सुरु गरिएका खरीद प्रक्रिया वा अन्य कामको रकमान्तर र थप निकासा नगरिने मन्त्रलयले जनाएको छ । रकमान्तर एक विकृतिका रुपमा पैmलिदै गएकाले असारे खर्च नियन्त्रण गर्ने उद्देश्यले यस्तो नीति ल्याएको हो । गत आर्थीक वर्ष २०७५÷७६ मा सरकारले करिब १ खर्ब बजेट रकमान्तर गरी खर्च गरेको थियो । आर्थिक वर्षको अन्तिम तीन महिना वैशाखदेखि असारसम्मको अवधिमा ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरेर खर्च गरेको थियो । त्यसमध्ये असार महिनामा मात्र १९ अर्ब ६१ करोड ८१ लाख १३ हजार ९ सय ७३ रुपैयाँ रकमान्तर गरिएको तथ्याङकले देखाएको छ । ...
नभतकाईने ऐतिहासिक दरबार बबरमहल

नभतकाईने ऐतिहासिक दरबार बबरमहल

समाचार
साउन १५ गते ।  एतिहासिक दरबार बबरमहल नभत्काईने भएको छ । सडक विभाग रहेको भवनको भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता गरेको छ । बबरमहलको पुनर्निर्माणका काम २ वर्षमा सक्ने विभागले जनाएको छ । २००७ सालदेखि सडक विभाग रहदै आएको भवनको प्रवलीकरणका लागि विभागले पहल गर्दै आएको थियो । केहि नविगारी भवनलाई पुरानै अवस्थामा जोगाएर राख्न विभागले पहल गर्दै आएको थियो । यस भवन राणाकालमा बबरशम्शेरले निर्माण गरेको अनुमान गरिएको छ  भने यस भवनमा श्री ३ चन्द्रशमशेर १९०३ लेखिएका र्इंटहारु पनि भेटिएका छन् । यस भवनलाई २०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षती पु¥याएको थियो ।...
तीन तलाक अपराध ठहर

तीन तलाक अपराध ठहर

समाचार, संसार
साउन १५ गते । कुसस्कारको रुपमा प्रचलित तीन पटक तलाक बोलेर गरीने सम्बन्धविच्छेद विरुद्धको विधेयक भारतको संसदले पारित गरेको छ । मुसलमान समुदायमा प्रचलित सम्बन्धविच्छेदका लागि बोलिने तीन तलाक अपराध ठहर गर्ने एक विवादास्पद विधेयक संसदले पारित गरेको हो । यस कानुन परित भएपछि कुनै मुसलमान श्रीमानले आफ्नी श्रीमतिलाई तलाक बोलेर सम्बन्धविच्छेद गरेको पाइएमा ३ वर्षसम्म कैद सजाय हुन्छ । भारतको लोकसभाबाट पारित गरेको तीन तलाक विधेयक राज्यसभाबाट पनि पारित भएको छ । यस विधेयक परित गर्दा विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मतको साथ पारित गरेको थियो । टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेपछि विवाह अधिकार संरक्षण विधेयक सजिलै पारित भएको थियो । दुवै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठईन्छ ।...
पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

समाचार
उदयपुर, साउन १४ गते । उदयपुरमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका – ८ थलिया स्थित ललरी खोलामा पौडी खेल्ने क्रममा ११ वर्षीय हर्कबहादुर पुलामी मगरको मृत्यु भएको हो । साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा पौडीन नसकी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अरु साथीहरु शकुशल रहेको प्रहरीले जनाएको छ । मृतक बालकको पोष्टमार्टमका लागि शव कटारी अस्पाल ल्याउने कार्य भैरहेको इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।...
थुनुवाहरुलाई लागुऔषाध बारे चेतना

थुनुवाहरुलाई लागुऔषाध बारे चेतना

समाचार
    गाईघाट/साउन १४ जिल्ला प्रहरी कार्यलय उदयपुरले लागुऔषाध मुद्धाको थुनुवाहरुलाई लागुऔषाध बारे सचेत गराएको छ । मंगलबार जिल्ला प्रहरी कार्यलय उदयपुरको हलमा करिब २२ थुनुवाहरुलाई यस बारे सचेत गराएको हो । उदयपुरमा लागु औषाध राम्रै फैलाएको र युवाहरु पूर्णरुपले लागुऔषाध दुव्र्यसनमा परिसकेको भन्दै थुनुवाहरुलाई यस बारे सचेत गराएको छ । नेपाल प्रहरी, स्थानीय तह, सामुदाय, सामाजिक संस्था, विद्यालय लागएतको साझेदारीमा कार्यक्रमको आयोजना गरिएको हो । लागुऔषाधका कारण धरै युवाहरुको भविष्य अन्धकार भएको भन्दै उदयपुरमा यसको रोकथामका निम्ति थुप्रै प्रयासहरु गर्दै आएपनि यसको नियन्त्रन भने हुन सकेको छैना । जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी वीर बहादुर बुढा मगरले लागु औषाधले देशको जनशक्ति नै नास भएको भन्दै थुनुवाहरुलाई यस बारे सचेत गराएको छ । अधिकांस युवाहरुनै ड्रग्समा होमिने हुँदा...