Thursday, July 9News That Matters

समाचार

लिम्चुङ्बुङमा १ सय ३७ घरलाई राहत वितरण

लिम्चुङ्बुङमा १ सय ३७ घरलाई राहत वितरण

आर्थिक, समाचार
उदयपुर, साउन १६ गते । उदयपुरको क्षेतीग्रस्त क्षेत्र पालिकामा खडेरी र बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ । लिम्चुङ्बुङ गाउँपालिकाका १ सय ३७ घर खडेरी र बाढी पहिरो पितिलाई विहिबार राहत वितरण गरिएको हो । लामो खडेरी पछि परेको अविरल वर्षाले जिल्लाकै कर्णाली भनेर चिनिने गाउँपालिकासम्म पुग्ने सडक र गाउँघरमा पूर्ण रुपमा क्षती पु¥याएपछि संघिय गृह मन्त्रालयद्धारा नेपाली सेनाको हेलिक्पटरबाट प्रदेश सरकारले उपलब्ध गराएको राहत पालिकासम्म पु¥याईएको थियो । खडेरी र बाढी पहिरोले पूर्ण क्षती गरेको एक सय ३७ घर परिवारलाई ३७ केजी चामल, डेढ केजी दाल, एक केजी नुन र आधा लिटर तेल वितरण गरेको लिम्चुङ्बुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर राईले बताए । खडेरी र बाढी पहिरोबाट ग्रसित विपन्न र खाद्य संकटमा परेका उक्त घर पिरवारलाई एक महिनाको लागि पुग्ने राहत खाद्यन्न वितरण गरिएको प्रमुख प्रशासक...
करेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको मृत्यु

समाचार
मोरङ,साउन १६ गते । मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । लेटाङ नगरपालिका – ३ को त्रिसुली चोक निबासी पदमबहादुर राईको छोरा १५ वर्षीय सौजन राईको करेन्ट लागेर मृत्यु भएको हो । राती करिब सवा १ बजे मोवाईल चार्जमा राखेर गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
एभरेष्टको मूनाफा ३ अर्ब, साढे ५ अर्व ब्याज आम्दानी

एभरेष्टको मूनाफा ३ अर्ब, साढे ५ अर्व ब्याज आम्दानी

आर्थिक, समाचार
साउन १६ गते । आर्थिक वर्ष २०७५/७६ मा एभरेष्ट बैंक लिमिटेडले ३ अर्व रुपैया खुद मुनाफा कमाएको छ । चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैँकले गत आर्थीक वर्षमा ३ अर्व ४ करोड खुद मुनाफा आर्जन गरेको हो । आव २०७४/७५ मा बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो । तर एकै वर्षमा १८ प्रतिशतले मूनाफा बढेर ३ अर्ब ४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । बैँकले नाफासँगै अन्य सूचांकहरुमा समेत सुधार गरेको छ । ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा करिब १८ प्रतिशतले बढेर खुद आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो । बैँकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर बिचको अन्तर ४.२९ प्रतिशत देखिएको छ भने नेपाल राष्ट्र बैंकले स्प्रेड रेट ४.५ सम्म झार्न निदेशन दिएको थियो ।...
दर्जनौँ एनसेल टावर आगजनी

दर्जनौँ एनसेल टावर आगजनी

समाचार
साउन १६ गते ।  देशका दर्जनौँ एनसेल टावरहरु अज्ञात समूहले आागजनी तथा विष्फोट गराएको छ । टावर ध्वस्त हुदा उक्त स्थानको बासिन्दाहरु सञ्चार सम्पर्क विहिन भएको हो । पूर्वको झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही लगायतका जिल्लाहरुमा रहेको एनसेल टावरमा आगजनी तथा विष्फोट भएको प्रहरीले जनाएको छ । त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका – ५ को अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गत राती टावरामा आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । टावरमा विष्फोट र आगजनी कसले गरायो भन्ने एकिन नभएपनि विप्लव माओवादी समूहको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।...
शिवहरिको फिल्ममा नायिका वर्षा

शिवहरिको फिल्ममा नायिका वर्षा

मनोरञ्जन, समाचार
नायिका वर्षा सिवाकोटीले अभिनय गरेको चलचित्र निरन्तर असपल हुदै आएको छ । निरन्तर चलचित्र असफल भएपछि वर्षा निराश भएकी छिन् । कुनै बेला वर्षाले जती काम गर्दा पनि सफल नभएको गुनासो पोख्छिन् । छिल्लो सायमा निकै आश बोकेको चलचित्र ‘वीर विक्रम २’बाट पनि उस्तै नतिजा आएको छ । आफुले अभिनय गरेको चलचित्र असफल भएपछि नयाँ चलचित्र साइन गर्नका लागि उनी हतारिएकी थिइनन् । वर्षाले अब नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा काम गर्ने पक्का भएको हो । उनि अहिले चलचित्र ‘वीर विक्रम २’को शोका लागि जापानमा छिन् । त्यसैले उनी चलचित्रको घोषणा कार्यक्रममा भने उपस्थित हुन सकिनन् । उनी पनि करिअरमा हिट चलचित्र दिन चाहन्छिन् । त्यसैले ठूलो कलाकारको समुह भएको यो चलचित्रमा काम गर्न लागेकी हुन् ।...
उपचार नपाएर सुत्केरीको मृत्यु

उपचार नपाएर सुत्केरीको मृत्यु

समाचार
साउन १६ गते ।  हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा उपचार नपाएर एक सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि चौकिमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको उपचार नपाएर मृत्यु भएको हो । एका विहानै प्रसूतिगृहमा लगीएपनि दुर्गम क्षेत्रमा उपकरण नहुदा आमा र बच्चा दुवैको मृत्यु भएको स्वास्थ्य चौकिले जनाएको छ । प्राय दुर्गम जिल्लाका स्वास्थ्य चौकीमा औषधी र उपकरण नहुनाले अकालमै सुत्केरी आमाहरुको ज्यान जाने गरेको छ । दुर्गम क्षेत्रका महिलाहरुले सानै उमेरमा विवाह गरी छिटै बच्चा जन्माउने भएकाले कतिपयको ज्यान जाने गरेको पाईन्छ ।...
अमेरिकाको घोषणा, इरानी विदेशमन्त्रीलाई प्रतिबन्ध

अमेरिकाको घोषणा, इरानी विदेशमन्त्रीलाई प्रतिबन्ध

समाचार, संसार
साउन १६ गते । अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रि जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकामा रहेको जरिफको सबै सम्पत्ति फ्रिज हुनेछ भने अमेरिकाद्वारा नियन्त्रित संघ–संस्थामा रहेको धन–सम्पत्ति पनि जरिफले पाउने छैनन् । जरिफले एक ट्वीट गर्दै आफ्नो एजेन्डाबाट खतरा महसुस गरेर अमेरिकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको प्रतिबन्धप्रति खुसी हुदै जरिफले यो इरानी एजेन्डाको सफलताको रूपमा व्याख्या गरेका छन् । सन् २०१५ मा आणविक गतिविधि रोक्ने उद्देश्यले ईरानसँग भएको न्यूक्लिय सम्झौताबाट अमेरिकापछि हटेपछि दुई देश विच तनाव चर्कदै गएको छ । पछिल्लो सयममा आएर समुद्री मार्गमा केहि गतिविधि बढ...
मासबेसमा खिर कार्यक्रम सम्पन्न

मासबेसमा खिर कार्यक्रम सम्पन्न

समाचार
उदयपुर, साउन १५ गते । साउन १५ को अवसरमा आज गाईघाटमा खिर खाने कार्यक्रम भएको छ । मासबेस उदयपुरको आयोजनामा खिर खाने कार्यक्रमको आयोजना भएको हो । हाम्रो समाजमा साउन १५ लाई खिरखाने दिन अर्थात पर्वको रुपमा मान्दै आएको छ । मासबेसको आफ्नै हलमा आयोजित कार्यक्रममा अधिकारकर्मी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुबीच शुभकामना आदानप्रदान गर्नुका साथै खिर वितरण भएको मासबेस अध्यक्ष नजबुल खान (निलम) ले बताइन् । पर्वको अवसर पारेर आयोजना गरेको कार्यक्रममा शुभकामना आदानप्रदान गुर्नका साथै खिर खाने खाईएको थियो ।...

मिर्चैया–कटारी–घुर्मी सडकखण्ड आगामी वर्ष भित्रमा कालोपत्रे हुने

समाचार
ऋषि राई साउन १५ गते । सरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्डलाई आगामी वर्ष भित्रमा कालोपत्रे हुनेगरी स्तरउन्नती गरिने भएको छ । पूर्व साँसद रामहरी खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमा आज गएको डेलिगेसनलाई आगामी वर्ष भित्रमा राष्ट्रिय राजमार्गको रुपमा विकास गर्ने गरी काम थालिने मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्रतिवद्धता जनाएको छ । गएको असारमा गएको पहिरोको कारण अवरुद्ध सडकखण्ड आजदेखि सामान्य मोटरसाईकल र साना सवारीसाधन आउजाउ गर्नसक्ने अवस्थामा आएको मन्त्रालयका सचिव कार्कीले बताएको पनि पूर्व साँसद खतिवडाले बताए । खतिवडाले उक्त सडक ओखलढुंगा , सोलुखुम्बु र खोटाङ्को ढोका रहेको बताउँदै जुनसुकै बजेटबाट भएपनि काम हुने गरी काम थालिने कार्कीले प्रतिवद्धता जनाउनुभएको बताए । दसैंसम्ममा पनि प्रकृया अगाडी नबढे सडक डिभिजन र मन्त्रालयमा तालाबन्दी गर्ने गरी आन्दोलन गर्नुपर्ने अवस्था...
सर्वसाधारणलाई सैनिक पोशाक प्रयोगमा कडाई

सर्वसाधारणलाई सैनिक पोशाक प्रयोगमा कडाई

समाचार
साउन १५ गते । सर्वसाधरणले नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा प्रयोग गर्न थालेकाले नियमन थालिएको छ । सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढ्दै गएकाले सेना बाहेकका अन्य व्यक्तिलाई उक्त पोशाक प्रयोग गर्न नपाउने व्यवस्था गृह मन्त्रालयले लागू गरेको हो । नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ वटा जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको हो ।...