Monday, May 4News That Matters

समाचार

कम उत्पादन हुदाँ आँपको मूल्य आसियो

कम उत्पादन हुदाँ आँपको मूल्य आसियो

आर्थिक, समाचार
उदयपुर, असार २४ गते ।  मौसमी फलफुल मध्ये एक प्रमुख फलको रुपमा चिनिएका आँपको बजार मूल्यले सामा नाघेको छ । एक वर्ष फल्ने अर्को वर्ष नफल्ने भएकाले स्थानिय आँपको कम उत्पादन हुदा उदयपुरको बजारहरुमा आँपको मूल्यले सिमा नाघेको हो । गत वर्षको तुलनामा १० केजी आँप आउने पैसाले अहिले एक केजी आउन पनि गाह्रो भएको उपभोक्ताहरुले बताएका छन् । गत साल १० ÷ १५ रुपैया केजी पाईने आँप अहिले एक सय रुपैया भन्दा बढी भएको उपभोक्ताहरुले बताएका छन् । बजारमा धेरै आँपहरु आएपनि सवै भन्दा बढी उपभोक्ताहरुले मालदह नै किन्ने गरको व्यापारीहरुले बताएका छन् । आँपको राजा भनेर चिनिने मालदह आँप बढी उपभोक्ताहरुले रुचाउने गरेको व्यापारी विना भगतले बताईन् । उदयपुरमा आँप कम फलेकाले बाहिरबाट ल्याएको आँप महंगो मूल्यमा विक्रि गर्नु परेको उनले बताईन् । आँप कम फलेकाले महंगो मूल्यमा खरिद गरि महंगो मूल्यमै बेच्नु परेको व्यापारी वि...
औषधी र उपकरण सर्पदंशलाई पालिकाको सहयोग

औषधी र उपकरण सर्पदंशलाई पालिकाको सहयोग

समाचार
कटारी, असार २४ गते । उदयपुरको कटारी नगरपालिकाले सर्पको टोकाईबाट कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले ताराघारी व्यारेक र रण शार्दूल गाणलाई औषधी र उपकरण सहयोग गरेको छ । पानी नपरि अत्यात्रिक गर्मी बढेपछि सर्पको विगविगी हुने भएकाले सर्पको टोकाईबाट उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले नेपाली सेनाको ताराघारी व्यारेक र रण शार्दूल गण बेलस्रोतलाई औषधी र उपकरण सहयोग गरेको हो । चार लाख ५० हजार बराबरको सर्प दंशका अतिआवश्यक ३३ प्रकारका औषधि र अक्सीजनको सिलिन्डर लगायत ११ प्रकारका उपकरणहरु हस्तान्तरण गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । गर्मीयाममा सर्प बाहिर निस्कने भएकाले सवैले सतर्ककता अपनाउनु पर्ने पालिकाले जनाएको छ । जिल्लाकै सवै भन्दा बढी सर्प पाईने ठाउँ भएकाले सर्पको टोकाईबाट कसैको ज्यान नजावोस भनेर सर्प दंशको औषधि र  आवश्यक उपकरणहरु प्रदान गरको मेयर...
मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

समाचार
मोरङ असार २४ गते । मोरङको बुढीगंगामा मोटरसाईकको ठक्करबाट एक जानाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका – ४ स्थित कोशी राजमार्ग सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको हो । भोजपुर नगरपालिका –३ निबासी (हाल बुढिगंगा – ४ मा) डेरा गरी बस्ने ३४ बर्षिय लोक बहादुर खड्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उतरबाट दक्षिण तर्फ जादै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले बिहान करिब १० बजे खड्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा गम्भिर घाईते भएका थिए । घाईते भएका खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा करिब ११ः५५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । मोटरसाईकल चालक सुनसरी सोनापुर निबासी बिष्णु चौधरी र मोटरसाईकल ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
जातिय पहिचान जोगाउन थारु जातीलाई भेषभुषा

जातिय पहिचान जोगाउन थारु जातीलाई भेषभुषा

समाचार
डि एन चौधरी  उदयपुर, असार २४ गते । उदयपुरमा थारु जातीको पहिचान संरक्षण गर्नका लािग वडाले भेष भुषा वितरण गरिएको छ । त्रियुगा नगरपालिका – ६ ले वडा भित्र बसोबास गर्ने ६० जना थारुलाई भेषभुष वितरण गरको हो । थारु जातीको पहिचान जोगाई राख्ने उद्देश्यले भेष भुषा संरक्षणका लागी महिलाले लगाउने सारी पुरुषले लगाउने धोती, मुरठा विरतरण गरेको वडा कार्यालयले जनाएको छ । आदिवासी जनजाती समुहदाय भित्र पर्ने थारु जातीको पहिचान बचाई राख्न भाषा, धर्म, सस्कार सस्कृति, भेष भुषा रितिरिवाज संरक्षण गर्ने क्रममा थारु जातीको पोशाक वितरण गरेको वडा अध्यक्ष निर्मल चौधरीले बताए । थारु जाती मात्रै नभई वडामा बसोबास गर्ने अन्नय जातिको पनि जातिय पहिचान संरक्षणमा लागी परेको उनले बताए । चालु आर्थीक वर्षमा सारी, धोती र मुरठा वितरण गरेको वडाले आगामी आर्थीक वर्षमा थारु जातीको मौलीक वाजा, गरगहणासमेत प्रदान गर्ने वडाध्य...
बालबिबाह न्युनिकरणका लागि युवा संगठित

बालबिबाह न्युनिकरणका लागि युवा संगठित

समाचार
उदयपुर, असार २४ गते । उदयपुरमा बालबिबाह न्युनिकरणका लागि एक क्लव गठन गरी युवाहरु संगठित भएका छन् । त्रियुगा नगरपालीकाका ३२ जना युवाहरुले नगर युवा महिला क्लव गठन गरेर संगठित भएका हुन् । नगरपालिकाको ८ वटा वडाका युवाहरुले क्लव गठन गरि बालविवाह न्युनिकरण गर्न लागि परेका छन् । पालिकाको ४, ५, ६, ७, ८, ९, १४ र १६ वडाका युवाहरु संगठित भएका हुन् । क्लबको अध्यक्षमा ममता भण्डारी, उपाध्यक्षमा अम्बिका राई, सृष्टि खतिवडा, सह–सचिबमा सुरक्षा परियार र कोषाध्यक्षमा समिक्षा हमाल चयन भएका छन् । त्यस्तै गरि सदस्यहरुमा रन्जना कार्की, सर्बदा बि.क. अर्चना दनुवार, दिप्ती निरौला, कौशिला पोखरेल, सृजना कार्की, बबिता खड्का, एलिना तिम्सिना, एलिसा भट्टराई लगाएत रहेका छन् । नगर स्तरिय रुपमा संगठित युवाहरुले आ–आफ्नो स्थानका युवाहरुलाई समेत समेट्ने गरि “वडा स्तरिय युवा महिला क्लव” गठन गरि बालबिवाह न्युनिकरणसंगै...
१ न. प्रदेशमा फलफुल तथा तरकारीको विषादी परीक्षण

१ न. प्रदेशमा फलफुल तथा तरकारीको विषादी परीक्षण

आर्थिक, समाचार
मोरङ, असार २३ गते ।  प्रदेश सरकारले विषादीयुक्त फलफुल तथा तरकारीको विषादी अवशेष परिक्षण गर्ने भएको छ । विषादी परिक्षणका लागि १ नम्बर प्रदेश सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । संघिय सरकारले गरेको बाहिरी देशबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण गर्ने निर्याण तत्कालका लागि कार्यान्वयन नगर्ने सूचना सार्वजनिक गरेपनि प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको छ  । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न. १ को अगुवाइमा काठमाण्डौबाट प्राविधिक सहितको टोली ल्याएर  विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ । प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्या...
आत्मा रक्षाका लागि किसोरीहरुलाइ ३ दिने  प्रशिक्षण

आत्मा रक्षाका लागि किसोरीहरुलाइ ३ दिने प्रशिक्षण

समाचार
  गाईघाट/असार, २३ समाजमा दिनहु मलिाहरु प्रति घट्ने घटनाले किसोरी महिलाहरुमा डर त्रासहरु बढिरहेको अवस्था छ । देशमा हत्या, हिंसा, बलत्कार, लुटपाट जस्ता बढ्दो घटनाहरुको दिन प्रतिदिन महिलाहरु सिकार भईरहेको भन्दै राष्ट्रिय खेलकुद परिषदको आयोजना ताथ जिल्ला खेलकुद विकास समिति उदयपुरको व्यवस्थापनमा ३ दिने महिला क्षमता अभिबृद्धि प्रशिक्षण कार्यक्रम गरेको हो । किसोरी महिलाहरु अहिलेको अवस्थामा बढी असुरक्षित भईरहेको कारण आफ्नो आत्मा वलको क्षमता बृद्धि गर्ने र कुनै पनि टेक्निकल उपायहरु बाट त्यस्ता घटनाको तत्काल सामना गरी सुरक्षि अवस्थामा पुग्न प्रशिक्षण गराईएको व्यवस्थापक तथा टेक्निकल प्रशिक्षक प्रकास राईले बताए । देशै भर यस्ता घटनाहरु बढ्दो रुपमा मौलाईरहेको भन्दै ७५ ओटै जिल्लाहरुमा कार्यक्रम राखिएको राईले बताए । प्रशिक्षण कार्यक्रममा १५० जना भन्दा बढी किसोरी महिलाहरुले सहभागीता जन...
सर्पको टोकाईबाट ७ वर्षीय बालिकाको मृत्यु

सर्पको टोकाईबाट ७ वर्षीय बालिकाको मृत्यु

समाचार
झापा, असार २३ गते । झापामा सर्पले टोक्दा एक बालकाको मृत्यु भएको छ । झापा गाउँपालिका – ६ निबासीे ७ वर्षीया निरु गोसाईलाई सर्पले टोक्दा मृत्यु भएको हो । उक्त पालिका निबासी बैजुनाथ गोसाईको छोरीलाई राति करिब २ बजे सुति रहेको बेला गोमन सर्पले टोकेको थाहा पाएप्छि उपचारको लािग कन्काई नगरपालिका – ४ को कोटीहोम सर्पदंश उपचार केन्द्र लगी उपचार गराउने क्रममा  गोसाईको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेर घाईते भएका गोसाईको सर्पदंश केन्द्रमा उपचारको क्रममा विहान करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
राती बत्ति विनै कुदेर बालुवा तस्करी गर्ने दुई ट्याक्टर

राती बत्ति विनै कुदेर बालुवा तस्करी गर्ने दुई ट्याक्टर

समाचार
गाईघाट, असार २३ गते । राज्यले खोला, नदीको दोहन रोक्न असार १ देखि नै गिटि, बालुवा, ढुङ्गा निकाल्न रोक लगाए पनि रातीराती बरुवाखोलाबाट गिटि, बालुवा चोरी तस्करी भईरहेको छ । रातको समयमा गाईघाटको साकेलाटोलभित्रको सहायक सडक प्रयोग गर्दै बरुवाखोलाको गिटि, बालुवा दोहान भईरहेको हो । रात परेपछि ट्याक्टरको बत्ती निभाएर तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् । यसरी तस्करी गर्नेमा स १ त ६७६८ र स १ त ६२५४ नम्बरको ट्याक्टर रहेका छन् । आईतबार राती साकेलाटोलका बासिन्दाले ती दुई ट्याक्टरलाई रोकेर तस्करी नगर्न चेतावनी दिएको स्थानीय विक्रम राईले बताए । यी बाहेक अन्य ट्याक्टरहरु पनि चोरी तस्करीमा रहेको हुनसक्ने स्थानीयले बताएका छन् । गिछि बालुवा चोरी तस्करी गैरकानूनी मात्र हैन, टोलको सडक प्रयोग गरी तस्करी गरिरहदा गाउँलेलाई राती हिड्डुल गर्दा दुर्घटनाको जोखिम बढेको छ भने ध्वनी प्रदुर्षणले सुन्त नसक...
ग्रीकको निर्वाचनमा दक्षिणपन्थी पार्टी विजयी

ग्रीकको निर्वाचनमा दक्षिणपन्थी पार्टी विजयी

समाचार, संसार
आमनिर्वाच हुन भन्दा अगाडी गराईएको निर्वाचनमा मध्य दक्षिणपन्थी दल न्यू डेमोक्र्यासी विजयी भएको छ । अधिकांश जिल्लाका मतगणनाको परिणम आईसकेकाले बहालवाला प्रधानमन्त्री एलेक्सिस सिप्रासले प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजय भएको बताएको छ । न्यू डेमोक्र्यासीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको सिप्रासको सिरिजा पार्टीको पोल्टामा ३१ दशमलव ६ प्रतिशत मत खसेको छ । अहिलेको प्रक्षेपणले न्यू डेमोक्र्यासीलाई पूर्ण बहुमत दिएको छ । उसले संसद्मा ५० वटा थप सिट जितेको छ ।...