Monday, May 4News That Matters

समाचार

मलेसियालाई पछि पार्दै एसीसी यू–१९ को फाइनलमा नेपाल

मलेसियालाई पछि पार्दै एसीसी यू–१९ को फाइनलमा नेपाल

खेलकुद, समाचार
मेलेसियामा जारी एसीसी यू – १९ प्रतियोगीतामा मेलेसियालाई पछि पार्दै नेपाल फाईनलमा प्रवेश गरेको छ । १९ वर्ष भन्दा मुनीको एसियाली पूर्वी क्षेत्रीय प्रतियोगीतामा कप्तान रोहित पौडेल र भीम सार्कीले सहज ब्याटिङ गरेपछि नेपालले आयोजक टिमलाई सात विकेटले पछिपार्दै फाईनलमा प्रवेश गरेको हो । मलेशियाले ४०.५ ओभरमा ८७ रनको सामान्य स्कोर बनाएको थियो भने नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउँदै लक्ष्य पूरा गरेका थिए । सुरुवाती खेलमा नेपालले लगातार तीन खेलाडी गुमाएपछि केही बेर दबाबमा परेपनि कप्तान पौडेल र सार्कीले सरल ढङ्गले ब्याटिङ गरेरपछि टिमले जित हात पारेको थियो । कप्तान पौडेलले ३१ रन र सार्कीले ३३ रन जोडेको थियो । दुवैले दुई चौका र एक छक्का प्रहार गरेका थिए भने पवन सर्राफले १८ रन, रित गौतमले तीन तथा खडकबहादुर बोहोरा शून्यमा आउट भएको थियो ।   फाईनल खेलमा प्रवेश गरेको नेपालले हङ्कङ र सिङ्गा...
६ महिनामा ४२ घटना, हिंसा बढ्दो

६ महिनामा ४२ घटना, हिंसा बढ्दो

समाचार
उदयपुर, असार २३ गते । मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटना दिनदिनै उदयपुरमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४२ वटा घटना घटेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) उदयपुरको तथ्याङ्कले देखाएको हो । एक कार्यक्रमका साथ आईतबार जिल्लाको मानवअधिकार स्थिति सूचक सार्वजानिक गर्दै हिंसा घट्नु पर्नेमा अझ बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको थियो । पछिल्लो ०७५ पुस १५ देखि ०७६ असार १५ गतेसम्मको ६ महिनामा ४२ वटा घटना रहेको इन्सेक जिल्ला प्रतिनिधि भरत खड्काले बताए । इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रम गर्दै संकलित तथ्यांकलाई थप विश्वसनियता कायम राख्न कार्यक्रम आयोजना गरिएको खड्काले बताए । घटनामध्ये यस गैरन्यायिक हत्या ४, बालिका बलात्कार तथा प्रयास १२ वटा, महिला बलात्कार तथा प्रयास १...
लागू औषध दूर्ब्यसनविरुद्ध ६ टोलको एउटै आवाज

लागू औषध दूर्ब्यसनविरुद्ध ६ टोलको एउटै आवाज

समाचार
गााईघाट, असार २१ गते । यहाँका ६ वटा टोलका बासिन्दाहरुले लागू औषध दुब्र्यसन विरुद्धको पहिलो कदममा बालबालिकालाई चुरोट, रक्सि किन्न आफु पनि नपठाउने र अरुलाई पनि पठाउन नदिने निर्णय गरेका छन् । अभिभावकहरुलाई बालबालिकाको अगाडी सेवन गर्न नहुने जनचेतनासमेत फैलाउने निर्णय गरेका छन् । साकेलाथान र ढिम्की मन्दीरसम्मको क्षेत्रमा लागू औषध र विकृतिजन्य गतिविधिहरु हुने गरेको पाइएकाले नियन्त्रणका लागि निगरानी पनि बढाइने निर्णय भएको छ । त्यस क्षेत्रमा बृक्षरोपण र बरुवाखोलाको बाँध रहेकाले दुब्र्यसन समुहहरु बढि आउने गरेको टोलबासीको भनाई छ । त्रियुगा नगरपालिका–११ अन्तर्गतका  साकेला टोल विकास संस्था, शिबालय टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था, इन्द्रेश्वर टोल विकास संस्था, बरुवाटार टोल विकास संस्था र लक्ष्मीमार्ग टोल विकास संस्थाले लागू औषध दुब्र्यसन रोक्न सामुहिक प्रयास सुरु गरेका हुन् । ...
लिम्चुङबुङमा सुक्खाले जनजीवन अस्तब्यस्त

लिम्चुङबुङमा सुक्खाले जनजीवन अस्तब्यस्त

आर्थिक, समाचार
उदयपुर, असार २१ गते उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्मकै सबै भन्दा ठूलो सुक्खा परेको छ ।  पालिकामा असार महिना सकिन लाग्दासम्म पनि एक थोप वर्षात भएको छैन । पालिकाको पाँचै वडामा सुक्खा लागेको हो । मुख्यगरी मकै बाली नष्ट भएको छ । ५ नं. वडाको माथिल्लो भेगमा मकै बाली केही हरियोपन देखिएपनि तल्लोभेग र बाँकी सबै वडाका मकै बाली मर्न थालेको लिम्चुङ्बुङ गाउँपालिका – १ का वडाध्यक्ष भिमबहादुर राईले बताए । सुक्खाकै कारण मकैको बोट बढ्न नपाई सुकेपछि फल लाग्ने आशापनि हराएको छ । बनपाखाको बोटविरुवापनि सुक्न थालेका छन् । खेत बारीका बाँसका भ्mयाङ र डाले घाँसका बोटहरु पनि सुक्न थालेको राईले बताए । गाउँ नजिकका खोला खोल्सीका पानी पनि सबै सुकेका छन् । घण्टौं धाएर पानीको जोहो गर्नु पर्ने बाध्यात आएको स्थानियहरुले बताएका छन् । पानीका स्रोतहरु नै सुक्न थालेपछि पानी र हरियो घाँसको अभावले पशु...
फ्याट्रीमा लडेर एक जनाको मृत्यु

फ्याट्रीमा लडेर एक जनाको मृत्यु

समाचार
सुनसरी, असार २१ गते ।  सुनसरीका दुहवीको पशुपति सिलप्याक ईन्टरप्राईजेज फ्याट्रीमा लडेर एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका – ८ को पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याट्रीमा काम गर्ने क्रममा एक जना कामदारको लडेर मृत्यु भएको हो । फ्याट्रीको कामदार ३५ वर्षीय महेन्द्र सिंह दिउँसो करिब १ बजे काम गर्ने क्रममा एक तला माथिबाट लडेर गम्भिर घाईते थियो । घाईते सिंहको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
विषदी परिक्षण नेपालमा स्थगित भारतमा उस्तै

विषदी परिक्षण नेपालमा स्थगित भारतमा उस्तै

आर्थिक, समाचार
नेपाल सरकारले आयत हुने तरकारी र फलफुलमा विषदी परिक्षण भारतको दवावमा हटाएको भएपनि भारले अझै हटाएको छैन । नेपाल भित्रने कृषीजन्य वस्तुको विषदी परिक्षण नेपाल सरकारले हटाएपनि नेपालबाट निर्यात हुने तरकारी र फलफुलमा विषदी परिक्षण कायमै भारतले खोको हो । भारतले नेपालबाट निर्यात हुने कृषिजन्य बस्तुको विषदी परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ । नेपालबाट भारत निर्यात हुने तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत वस्तुहरु पर्द छ । नेपालबाट निर्यात गर्ने सामानको परिक्षण कोलकताको प्रयोगशालामा गरिन्छ । कोलकत्तामा नमुना परिक्षण नगरि भारत लानपाईदैन । तर भारतीय कृषी जन्य वस्तु नेपाल आयात गर्दा विषदी परिक्षण व्यावस्था सरकारले हटाउनदा नेपाली व्यवसायीहरु आक्रोसीत भएका छन् । जसले जेजे भनेपनि नेपालमा उत्पादन भएका कृषिजन्य वस्तु भारत निर्यात गर्न सहज नभएको व्यवसायीहरुले बताएका छन् ...

अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटबलमा सुनसरी विजयी

खेलकुद, समाचार
उदयपुर, असार २० गते । पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुद अन्र्तगत फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीले तिज हातपारको छ । शारिरीक अपाङ्गता भएका मानिसहरुको सहभागितामा भएको प्रतियोगिताका उद्घाटन खेलमा  सुनसरीले धनकुटालाई ५–० ले पछि पार्दै जित हात पारेको हो । सुरुवाती खेलदेखिनै आक्रमक रुपमा प्रस्तु भएका सुनसरीले १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरेको थियो । त्यसै गरि १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरेको थियो । ५० मिनट निर्धारित समय रहेको खेलको दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई ५ गोलको अग्रताले विजय बनाएका थिए । प्रतियोगिताको दुबै टिमतर्फ वहिरा खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान हुने पहिलो खेलमा उदयपुरले मोरङ्गको सामना गर्नेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको...
पक्षघात बिरामीलाई नयाँ जीवन

पक्षघात बिरामीलाई नयाँ जीवन

समाचार, स्वास्थ्य
अस्ट्रेलियाको एक शल्य चिकित्सकको टोलीले पक्षघात भएका मानिसको शरीरमा नसालाई पून जोडी हात र खुट्टाका औँलाहरू चल्नसक्ने बनाएका छन् । पून नसा जोडेपछि पक्षघात भएका बिरामीहरूले आफैँ खान सक्ने, ढोकाको ताल्चा खोल्न सक्ने, श्रृङ्गार गर्न सक्ने र कम्प्यूटरमा टाइप समेत गर्न सक्ने टोलीले बताएका हुन् । ब्रिसबेनका शल्य चिकित्सक ३६ वर्षीय पल रोबिनसनले यस नयाँ शल्यक्रिया पत्ता लगाई आफुले नसोचेको स्वतन्त्रता पाएको बताएका छन् । विरामीको शल्यक्रियापछि सामान्य मान्छे जस्तो शरिर नभएपनि बिरामीमो सुधार आई जीवन बदल्ने खालको भएको बताएका छन् ।  ...
अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प

समाचार, संसार
अमेरिकाको साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भुकम्प गएको छ । क्यालिफोर्नियामा शुक्रबार गएको ६.४ म्याग्नेच्यूडको भुकम्प दुई दशक यताकै शक्तिशाली भुकम्प मानिएको हो । अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पले रिजक्रेस्टमा सवै भन्दा धेरै क्षती गरेको संचारमाध्यमहरुले जनाएको छ । रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको छ भने अस्पतालमा करिब दुई दर्जन मानिसको सामान्य उपचार गराईरहेको छ । उक्त सहरमा अहिले संकटकालको घोषणा गरिएको सहरको मयेर पेगी व्रिडेनले जनाएका छ । मानिसहरु सामान्य घाईते भएको छ भने ग्यास लाइनका पाईपहरु फुटेका व्रिडेनले जनाएको छ ।...
हातहतियार सहित १ जना पक्राउ

हातहतियार सहित १ जना पक्राउ

समाचार
संखुवासभा असार २० गते । संखुवासभाको सिलिचोङबाट हातहतियार सहित एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिक – १ बाट ओखलढुंगा चिशंखुगढी गाउँपालिका – ७  निबासी निम दोर्जी तामाङलाई हातहतियार र गोलिगठ्ठा सहति प्रहरीले पक्राउ पक्राउ गरेको हो । गत सोमबार विहान करिब ९ ः ५५ बजे होयङ्लामा जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटेका प्रहरी टोलीलाई लक्षीत गर्दै तामाङ सहितको टोलीले गोली चालाएका थिए । प्रहरी माथी गोली चालाएपछि आत्मारक्षाको लागि जवाफी फायर गर्दै अनुसन्धान तथा खोजी कार्यको क्रममा मंगलबार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ पर्ने तामाङको साथबाट एस्एलआर एक थान त्यसमा प्रयोग हुने ६५ राउण्ड गोली, म्यागजिन एक थान, १३ थान खोका, एलएमजी राईफलमा प्रयोग हुने २० राउण्ड गोली, एक थान म्यागजिन, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट तार, डेडकर्ड र...