Wednesday, July 8News That Matters

समाचार

दुवै टिम जितको दाविमा

दुवै टिम जितको दाविमा

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार, ६ गते ।  उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्कपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खाव्वाइज रुपन्देही र एपिएफ काठमाण्डोको फाइन खेल भोली हुदै छ । संर्घष पूर्ण अवस्था बाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए । खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका कोषध्यक्ष ज्ञानेन्द्र मगरले बताए । एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ । यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै भोली हुने खेलमा आफ्नो जित रहने बताए ।  ...
त्रिनपा कार्यालयमा कुकर बम

त्रिनपा कार्यालयमा कुकर बम

समाचार
उदयपुर, असार ६ गते । त्रियुगा नगरपालिकाको कार्यालय परिसर भित्र कुकर बम फेला परेको छ । रातो झोला भित्र काटुनमा राखेको अवस्थामा कुकर बम शुक्रबार फेला परेको हो । विहान फोहर संकलकले फोहर संकलन गर्ने क्रममा संखास्पद वस्तु भेटाएपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । जानकारी लगतै प्रहरी टोलीले घटना स्थललाई सुरक्षीत बनाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षमा नेपाली सेनाको डिस्पोजल टोली बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम कस्ले राखेको भन्ने विषयमा खोजी कार्य र अनुसन्धार भई रहेको प्रहरीले जनाएको छ ।...
गोर्खा व्वाईज फाईनलमा प्रवेश

गोर्खा व्वाईज फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ५ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपका विहिबारको खेलमा आयोजक टिमलाई ४–१ ले पछि पार्दै गोर्खा व्वाईज फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा उदपयुर ११ लाई पछि पार्दै गोर्खा व्वाईज क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २ मिनटमा गोर्खा व्वाईजका जर्सी न. १२ को सुनिलकुमार यादवले गोल गरी आफ्नो टिमको खाता खोलेको थियो । त्यसै गरी १८ औँ मिनट जर्सी न. ९ का डेनियलले दोस्रो गोल गरको थियो भने २२ औँ मिनटमा जर्सी न. ७ का फोफानाले तेस्रो गोल र ८२ औँ मिनटमा चौथो गोल गर्दै आफ्नो टिमलाई विजय गराएको थियो । आयोजक टिमको घरेलु मैदान भएपनि हाप समय सम्म गोल गर्न सकेको थिएन  । हाप समयपछि ७९ औँ मिनटमा आयोजक टिमको जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल गर्दै टिमको खाता खोलेका थियो । दर्शकको राम्रो साथ पाएका आयोजक टिमले एक गोलमा चित्त बुझाउनु परेको छ । ...
पाँच दिने योग शिविर

पाँच दिने योग शिविर

समाचार, स्वास्थ्य
उदयपुर, असार ५ गते । पाँचौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा उदयपुरमा पाँच दिने योग शिविर संचालन भएकोे छ । सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरको आयोजनामा सोमबारदेखि योग शिविर संचालन भएको हो । ‘योग गरौँ, निरोग रहौँ’ भन्ने नाराको साथ स्थानियबासीहरुलाई योगको माध्येमबाट स्वास्थ्य राख्ने उद्देश्यले योग शिविर संचालन गरिएको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरका आयुर्वेद प्रमुख डाक्टर संजिव यादवले बताए । योगले मानिसलाई स्वास्थ्य राख्नका निम्ती ठुलो मद्दत गर्ने भएकाले शिविर नै संचालन गरेको यादवले बताए । योग सँगै आयुर्वेदको महत्व र कार्यालयबाट पाउने सेवा सुविधाहरुको बारेमा सुचना प्रवाह गरेको सगरमाथा अञ्चल आयुर्वेद औषधालय उदयपुरले जनाएको छ । जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आएको छ । ६ गतेसम्म संचालन हुने शिविर २ गतेबाट सुरु भएको औषधालयले जनाएको छ । परापूर्वकालदेखि नै आ...
एपिएफ फाईनलमा प्रवेश

एपिएफ फाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ४ गते ।  उदयपुरमा जारी छैठौँ उदयपुर गोल्डकपको बुधबार खेलमा मोरङ फुटबल एकेडेमीलाई २–० ले पछि पार्दै सशस्त्रको एपिएफ फाईनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा भएको सेमिफाईनलको खेलमा मोरङलाई पछि पार्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । खेल सुरु भएको ११ औँ मिनटमा एपिएफका जसी न. ९ को हरी कार्कीले गोल गर्दै खाता खोलेका थियो भने जर्सी नं १६ का प्रविन स्यान्त्याङ्ग दोस्रो गोल गरेको थियो स्यान्त्याङले गरको  गोल निर्णयक गोल हुन पुग्यो भने कार्की उत्कृष्ट खेलाडी घोषीत भएको थियो । मध्यान्नपछि मोरङले आफ्नो रणनीतिलाई परिवर्तन गरे पनि मोरङका स्ट्राईकर नवयुग श्रेष्ठलाई विपक्षी खेलाडीले अगाडी बढ्न नदिएपछि थुप्रै अवसर गुमाउनु पर्यो । रणनीति सफल हुनु र मेहनतको अनुसारको नतिजा आएको एपिएफका कोच सदिप श्रेष्ठले बताए । पानीमा खेल्ने बानी नपरेपनि वललाई होल्ड नगरी सुख्खा मैदानमा लैजाने...

पौडि खेल्दा दुधकोशीमा डुबेर दुई बालक वेपत्ता

समाचार
उदयपुर, असार ४ गते । उदयपुर बाँसबोटेका दुई बालक दुधकोशीमा पौडी खेल्ने क्रमा बेपत्ता भएका छन् । उदयपुर र खोटाङको सिमाना दुधकोशीमा बुधबार विहान पौडि खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा लिम्चुङ्बुङ गाउँपालिका – १ बुत्कु निबसी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएको स्थानियहरुले जनाएको छ । स्थानिय, प्रहरीले बेपत्ता भएका बालकहरुको खोजी कार्य तिब्र बनाएको भएपनि अहिले सम्म फेला पार्न नसकेको वडाध्यक्ष भिमबहादुर राईले बताए ।...
टिपरको ठक्करबाट दुई जनाको मृत्यु

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

समाचार
उदयपुर, असार ४ गते । उदयपुरमा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका – ४  लाटी खोलामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । बसाहाबाट बेल्टार तर्फ अउँदै गरको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई बा १ क ७०९ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चौनपा – ७ वर्खेडाँडाका ४६ वर्षीय खगेन्द्र राई र ४५ वर्षीय जीवन राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परले साईड च्याप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले बताएका छन् । ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी राजमार्गका पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रक्सनको भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर प्रहरीको नियन्त्रण रहेपनि चालक फरार भएकाले खोजिकार्य तिव्र भईरहेको प्रहरीले जनाएको छ ।...
फोक्सिन्टार देखि धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण

फोक्सिन्टार देखि धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण

समाचार
विक्रम राई उदयपुर, असार ३ गते । उदयपुरको रौतामाई गाउँपालिका ५ फोक्सिन्टारदेखि धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण भएको छ । मंगलबार अनुभवी टोलीलाई ल्यायर रौतामाई गाउँपालिकाले परिक्षण गरेको हो । पर्यटन विकास तथा जलयात्राबाट स्थानीयहरुलाईसमेत छिटो छरितो तरिकाले सेवा विस्तार गर्न यसको परिक्षण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए । उनले परिक्षणमा सफल भएमा यसको व्यवसायीक विकास गर्ने बताए । उनले रौतामाई गाउँपालिकाभित्र बिभिन्न पर्यटन विकास र गन्तव्य रहेको भन्दै संभावनाका क्षेत्रहरु मध्य वडा नं ५ मा पर्यटन विकासका लागि ¥यफ्टिङ बिषेश रहेको बताए । त्यस्तै वडा नं ५ का वडा अध्यक्ष पाण्डव राईले परिक्षणको नतिजा राम्रो आएमा यसलाई पर्यटकीय विकास गर्ने हिसावले ¥यफ्टिङ सञ्चालनमा ल्याउने बताए । पालिका अध्यक्ष खड्का, प्रमुख प्रशासकिय अधिकृत खम्बराज राई, वडा नम्बर...
गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश

गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर, असार ३ गते ।  छैटौँ उदयपुर रमपम गोल्डकपका मंगलबारको खेलमा गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले सङ्कटा क्लव काठमाण्डौँ लाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्बर ९ का डेनिलले गरेको थियो । भने ८९ औँ मिनटमा सङ्कटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले गोल गर्दै आफ्नो टिमको खाता खोलेको थियो । आक्रमक रुपमा खेल मैदानमा उत्रेका दुवै टिमका खेलाडीहरुले गोल गर्ने प्रयास गरेपनि हाप समयसम्म गोल हुन सकेको थिएन । उत्कृष्ट खेलाडी गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफाना घोषित गरे भने नगद सात हजार, म्यडल प्रदान गरेको थियो । दौड र बल नियन्त्रमा खेलाडीहरुले रा...
समाचार
उदयपुर, असार ३ गते ।  सञ्चार विद्येयकको विरुद्धमा आन्दोलनरत नेपाल पत्रकार महासंघले मंगलबार विहान हस्ताक्षर अभियान गरेको छ । महासंघको शाखा उदयपुरले गाईघाटको लोकतान्त्रिक चौकमा हस्ताक्षर संकलन अभियान गरेको हो । शाखाको अगुवाईमा भएको हस्ताक्षर अभियानमा जिल्लाका पत्रकारहरुको सहभागिता थियो । विभिन्न सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिका, अनलाईन लगायतका मिडियामा कार्यरत पत्रकारहरुले महासंघको अभियानलाई एक्याबद्धता जनाउदै हस्ताक्षर गरेका थिए । विद्येयक तत्काल फिर्ता माग गर्दै गरिएको हस्ताक्षर अभियानमा अधिकारकर्मीहरुले पनि एक्याबद्धता जनाएको थिए ।...