खाँबुका बालबालिकालाई पत्रकारिता प्रशिक्षण
उदयपुर, असार ३ गते ।
बालबालिकालाई बेलैदेखि पत्रकारिताको ज्ञान दिने उद्देश्यले त्रियुगा नगरपालिकाको १५ नं. वडा खाँबुमा बालबालिकाका लागि आधारभूत पत्रकारिता प्रशिक्षण तालिम मङ्गलबारदेखि सञ्चालन भएको छ ।
वडा कार्यालयको सहयोग, पूर्णपुष्टि साप्ताहिकको आयोजना र रौतारानी बाल सञ्जालको ब्यवस्थापनमा खाँबुको रानिबासमा तीनदिने प्रशिक्षण तालिम सञ्चालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडाअध्यक्ष नीरबहादुर मगरले उद्घाटन गरेको प्रशिक्षणमा वडाका १९ जना बालबालिका सहभागि छन् । वडाका बालबालिकालाई सानैदेखि पत्रकारिताको बारेमा ज्ञान दिने उद्देश्यले कार्यक्रम राखिएको अध्यक्ष मगरले बताए । सानैदेखि बालबालिकाले पत्रकारिताको महत्व बुभ्mनुका साथै ज्ञान पाएको खण्डमा सामाजिक विकृति, विसंगति, अन्याय, अत्याचार, अनियमितता जस्ता कुराहरुको विरुद्धमा आवाज उठाउने र वडाको विकास, निर्माण, शिक्षा, स्वस्थ्यको क्षेत्र...







