आफ्नो गाउँ आफै बनाऔँ भन्दै लागी परे युवाहरु
साल्थुम्की/असार, १
त्रियुगा नगरपालिका वडा नं १५ साल्थुकीका युवाहरु आफ्नो गाउँ विकासमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाऔँ भन्दै उनिहरुले विकासका गतिबिधिहरुलाई समेटेर सकरात्मक सामाज र गाउँको निर्माण गर्ने तर्फ लागेको हो ।
नयाँ संरचना र स्थानीय सरकार पश्चात गाउँघरमा विकासको लहर सँगै विनास पनि बढ्ने गरेको छ । बिभिन्न बटो घाटो र विकासको काम गर्दा विनास र क्षती भएपछि गाउँघरका स्थानीयहरुलाई समस्या परेको छ ।
सरकारले गरेको बढ्दो विकास सँगै भएको विनासमा पनि उत्तिकै छिटो छरितोेले चासो दिदा गाउँघरको विकासमा सहजता आउने र विकसित गाउँ वस्ति बन्ने अभियान्ता तथा अग्रज स्थानीय युवा यम कुमार राईले बताए ।
हिउँदमा खनेको बाटोले बर्खामा फेरी समस्या निम्त्याउने विकास गाउँघरको समस्या हो । राईले भने, यसलाई तत्काल पूनःनिर्माण गर्न सके गाउँघरको विकासमा स्थानीयले राहत पाउने पनि उनको भनाई छ ।
स...









