नयाँ सिडियोको चिनजानमा विचौलीया मौलाएको चर्चा
उदयपुर, जेठ ३१ गते ।
जिल्लाको शान्ति, सुव्यवस्था र विकास निर्माणको कामलाई अगाडी बढाउन पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य रहेको र पत्रकारहरुको सहयोग आवश्यक पर्ने भन्दै शुक्रबार उदयपुर जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र उदयपुरका पत्रकारबीच शुक्रबार परिचय तथा भेटघाट भएको छ । परिचय तथा भेटघाट प्रजिअको कार्यकक्षमा नै भएको थियो ।
प्रजिअ खड्काले आफु जिल्लाको शान्ति सुब्यवस्था र विकासको काम अगाडि बढाउने कुरामा प्रतिबद्ध रहेको बताउदै पत्रकारहरुलाई सहयोगको आग्रह गरे । नयाँ आएको अवस्थामा समाज र परिवेशलाई राम्ररी अध्ययन गरी बुझेको वर्ग पत्रकारसंग सल्लाह, सुझाव लिन आवश्यक ठानेकाले कार्यक्रम राखिएको उनले बताए ।
विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु परिचयात्मक कार्यक्रममा सहभागि थिए । पत्रकार महासंघ, पिलर संगठनको प्रतिनिधित्वसमेत गर्दै उपस्थित रहेका पत्रकारहरुले प्रजिअ...









