थारु समुदायको एक महिने अखारी पर्व सुरु
डिएन चौधरी
उदयपुर, असार १ गते ।
असार लागेसँगै थारु समुदायमा अखारी पर्वको सुरु भएको छ । दैनिक साँझपख डिह्वार बाबाको थानमा बत्ति बालेर पुजा आरधना गरि पर्व मनउने गरिएको हो ।
एक महिना मनाउने पर्व एक गतेबाट नै गाउँमा भएको डिह्वार बाबाको मन्दिर (थान)मा पुजा आरधना गरि बत्ति बालेरर पर्व मनाउने चलिन रहिआएको छ ।
बर्षायाम सुरु भएसंगै प्राकृतिक जोखिम र विपतबाट अप्रिय घटनाहरु नघटोस् भनि असारको पहिलो दिन गाँउका सवैजनाले थानमा गई दियो बत्ति वालेर डिह्वार बावाको पुजा आरधना परापूर्वकालदेखि नै गर्दै आएको त्रियुगा नगरपालिका वडा ८ उत्तरवारीटोलका थानपति(पुजारी) हरीनरायण दासले बताए ।
अखारी पुजा नगरि खेत बारीमा गव लिने (धान रोप्ने) चलन नरहेकाले यस पर्व अहिले पनि थारु समुदयमा लोकप्रिय बनिराखेको छ । बर्षासँगै विषलु किरा फट्याङ्ग्राको बिगबिगी हुने भएकाले यसबाट बच्नका लागि पुजा आरधना गरिन्छ भने महाम...









