Wednesday, July 8News That Matters

समाचार

२४ वर्षमा बढेर ३ हजार पुग्यो बृद्ध भत्ता

२४ वर्षमा बढेर ३ हजार पुग्यो बृद्ध भत्ता

आर्थिक, समाचार
उदयपुर, जेष्ठ १६ गते । सय रुपैयाबाट सुरुवात भएको बृद्धभत्ता २४ वर्षमा ३ हजार पुगेको छ । आर्थिक वर्ष २०५१/०५२ मा तत्कालिन अर्थ मन्त्रि स्व.भरतमोहन अधिकारीले बजेटमा बृद्धभत्ताको व्यावस्था गरेको थियो । तत्कालिन प्रधान मन्त्रि स्व. मनमोहन अधिकारीको पालामा नेपालमै पहिलो पटक बजेटमा बृद्धभत्ता समेटिएपछि बृद्धभत्ता कार्यक्रम लोकप्रिय बन्दै गएका थिए । त्यसबेला ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैया सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थ्था गरेका थियो । तर अहिले ७० वर्ष माथिका जेष्ठनागरिकलाई ३ हजार रुपैयाँ दिने घोषणा भएको हो । २०५२ सालदेखि २०६० साल सम्म करिब ८ वर्ष बृद्धभत्ता बढेन । २०६० सालमा अर्थ मन्त्री भएका अधिकारीले वृद्धभत्ता बढाएर एक सय ७५ पुर्याएिका थियो । तत्कालिन अर्थ मन्त्रि डा. बाबुराम भट्टराईले २०६५ सालमा बृद्ध भत्ता बढाएर ५ सय पु¥याएको थियो । त्यसपछि २०७१ ...
समाजले चाहेको मेलमिलाप

समाजले चाहेको मेलमिलाप

समाचार
उदयपुर, जेष्ठ १६ गते ।  पछिल्लो समय केहि स्थानिय तहले न्याय सम्पादनको काममा क्षेत्राधिकार नाघेको समाचार वाहिर आईरहेको बेला सर्वोच्च अदालतका न्यायाधिश इश्वरप्रसाद खतिवडाले यस्तो निर्णयले वैद्यता नपाउने बताएका छन् । स्थानिय तहले केहि विचार नगरी सिमा नाघेर निर्णय गर्न नहुने त्यस्ता कमले कानुनी बैद्यता नपाउने भएकाले क्षेत्राधिकार भित्र बसेर कार्यसम्पादन गर्न सुझाब समेत न्यायाधिश खतिवडाले दिएका हुन् । मेलमिलाप परिषदले उदयपुरको सदरमुकाम गाईघाटमा एक दिने मेलमिलाप सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । मेलमिलापको नाममा कुनै पनि न्याय सम्पादन गर्दा कानुनले अख्तियारी दिए नदिएको विषयमा प्रस्ट भएर मात्र हात हाल्नु पर्ने न्यायधिश अतिवडाले बताए । कानुनी बैद्यता नभएका मुद्दाको असर बादी र प्रतिबादीलाई त पर्छ नै न्याय सम्पादन गर्नेलाई समेत पर्न सक्छ त्यसैले सचेत हनु पर्ने उनले बताए...
प्रदेश स्तरीय महीला भलिवलको तयारी पुरा

प्रदेश स्तरीय महीला भलिवलको तयारी पुरा

खेलकुद, समाचार
उदयपुर, जेष्ठ १६ गते ।  प्रदेश स्तरिय प्रथम उपमेयर कप भलिबल प्रतियोगीताको तयारी पुरा भएको छ । नगर यवा तथा खेलकुद विकास समिति त्रियुगा नगरपालिकाको संयोजन, जिल्ला भलिवल संघको प्राविधिक सहयोग तथा संयोजक युवा क्लवको समन्वय र उदयपुर स्पोर्ट क्लवले आयोजनामा हुन लागेको १ नम्बर प्रदेश स्तरिय प्रतियोगीताको तयारी पुरा भएको हो । विहिबारबाट सुरु हुने प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको छ । त्रियुगा नगरपालिका – १० स्थित नयाँ बस्तीका खेलमैदानमा संचालन हुने प्रतियोगितमा प्रदेश नम्बर १ का ८ वटा महिला टिमको सहभागिता रहने नगर स्तरीय खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ र आयोजक उदयपुर सहितका महिला टिमले प्रतिपर्धा गर्ने श्रेष्ठले बताए । प्रतियोगिताको बिजेता...
महिला भेलाको १४ बुदे घोषणा पत्र जारी

महिला भेलाको १४ बुदे घोषणा पत्र जारी

समाचार
उदयपुर, जेष्ठ १५ गते ।  श्रम र पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार भन्ने मूल नाराका साथ प्रथम उदयपुर महिला जिल्ला भेलाले १४ बुदे घोषण पत्र जारी गरेको छ । मूल आयोजक समितिको आयोजनामा भएका दुई दिने भेलाले उक्त घोषणा पत्र जारी गरेको मंलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । दुई दिने भेलामा जिल्लाका आठै स्थानीय तहका महिला जनप्रतिनिधी र मानव तथा महिला अभियानकर्मी महिलाहरुको भेलाले घोषणा पत्र जारी गरको मुल आयोजक समितिले जनाएको छ । स्थानिय सरकारका सबै सरचनाहरुमा लैँगिक समानता नीति बनाई लागु गर्ने लैँगिक मैत्री कार्ययोजना तथा लैँगिक उत्तरदायी बजेट विनियोजन तथा कार्यन्वयनका लागि पहल गर्ने । लैँगिक हिंसा निवारण कोष, मानव बेचविखन राहत कोष, एकल महिला सुरक्षा कोष, बाल संरक्षण कोष, जेष्ठ नागरिकको स्वास्थ्य विमा कुराहरुलाई समन्वयात्मक रुपमा स्थानिय तहमा कोष स्थापना, व...
गुणस्तर हिन सेनटरी प्याड

गुणस्तर हिन सेनटरी प्याड

समाचार
उदयपुर, जेष्ठ १५ गते । विद्यालयमा सरकारले निशुल्क उपलब्ध गराउने सेनेटरी प्याड गुणस्तर हिन भएको बिद्यार्थीले आरोप लगाएकाछन् । उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार भएको अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस, वहस तथा प्रर्दशनी कार्यक्रममा सहभागि बिद्यार्थीले गुणस्तरहिन भएको आरोप लगाएको थियो । विद्यालयमा प्याड वितरण गर्दा गुणस्तरीय प्याड मात्र वितरण गर्नु पर्ने सहभागिहरुबाट आएका प्रश्नको जवाफ दिन रोष्टममा बसेका प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेलाई विद्यार्थीहरुले आग्रह गरेका थिए । बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनुस्का राईले विद्यालयमा दिईएको सेनेटरी प्याड कम गुणस्तर भएकाले प्रयोग गर्दा असर गरेको बताईन् । राम्रै होला भेनर प्रयोग गरेको प्याडले चिलाउने, गन्हाउने, दुख्ने, सुनिने जस्ता समस्या आएको उनले बताईन् । गुणस्तर हिन भएकाले एलर्जी आउने, दुख्ने जस्ता...
जेष्ठ नागरिकको भत्ता ३ हजार पुग्यो

जेष्ठ नागरिकको भत्ता ३ हजार पुग्यो

समाचार
उदयपुर, जेष्ठ १५ गते । सरकारले वृद्ध तथा एकल महिलाको भत्ता बढाएको छ । ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई मासिक एक हजार बढाएर तीन हजार पु¥याएको हो । जेष्ठ नागरिकले यसअघि दुई हजार रुपैया मात्र भत्त खादै आएका थिए । सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ १३ लाख १० हजार वृद्धहरुका लागि सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको छ । बजेट विनियोज सँगै जेष्ठ नागरिकहरुको लागि निःशुल्क एक लाख बराबरको स्वास्थ्य बीमा गराईदिने भएको छ ।...
कानुन परिवर्तन भएपनि ब्यबाहार परिवर्तन भएनः मन्त्री मगर

कानुन परिवर्तन भएपनि ब्यबाहार परिवर्तन भएनः मन्त्री मगर

समाचार
उदयपुर, जेष्ठ १२ गते । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापा मगरले देशमा संघिय लोकतन्त्र आईसके पनि मानिसको सोँच, चिन्तन र ब्यबाहार परिवर्तन नपाईएको बताइन् । राजनितिक परिवर्तन भईसक्दा पनि ब्यावाहारिक सोँच परिवर्तन नहुदा देशमा महिलाहरु माथि अझै पनि शोषण र अन्यायको थुप्रै घटनाहरु हुने गरेको उनीले बताईन् । उनले  ६२÷६३ पछिको जनआन्दोलनले महिलाहरुलाई निकै स्वतन्त्र बनाएता पनि पूर्ण महिला अधिकारमा सबै क्षेत्रले ब्याबाहारिक परिवर्तन गर्नु पर्नेमा जोड दिएकीछिन् । श्रम र पहिचानमा महिला अधिकार ः गणतान्त्रिक नेपालको मुल आधार भन्ने नाराका साथ प्रथम उदयपुर ऐतिहासिक उदयपुर जिल्ला महिला भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले महिलाको हक हितका लागी थुप्रै कानुनहरुको संसोधन भईसकेको पनि बताईन् । कानुनमा मात्र लेखिएर नहुनाले यसको महत्वपूर्ण पक्ष भनेकै ब्यबाहार, सोँचलाई नै सकरात्मक ...

रौतामाईमा निःशुल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
उदयपुर, जेष्ठ १२ गते । उदयपुरको पहाडी पालिका रौतामाईको भुट्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर भएको छ । रौतामाई गाउँपालिकाको आयोजनामा भएको शिविरबाट दुर्गम गाँउका बासीन्दाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिएका थिए । पालिकाको केन्द्रमा भएको शिविरबाट स्थानिय ८ सय ३५ जनाले स्वास्थ्य चेक जाँच गराएको थियो भने एक सय ३५ जना रोगीलाई थप उपचारका लागि रेफर गरिएको चिकित्सक टोलीले जनाएको छ । शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको थियो । महिलाहरुको पाठेघर (बच्चादानी) खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइए सम्बन्धी जाँच र अन्य रोगहरुको समेत चेक जाँच तथा परामर्श र औषधि वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । नेपाली काँग्रेसका पुर्वसभापति गिरिजाप्रसाद कोईराला फा...
उदयपुरमा प्रथम महिला भेला हुदै

उदयपुरमा प्रथम महिला भेला हुदै

समाचार
उदयपुर, जेठ १० गते । “श्रम पहिचानमा महिलाको अधिकार, गणतान्त्रिक नेपालको मूल आधार” भन्ने मूल नाराका साथ प्रथम उदयपुर महिला जिल्ला भेला आईतबारदेखि सुरु हुने भएको छ । मूल आयोजक समितिले शुक्रबार जिल्ला समन्वय समिति उदयपुको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो पटक महिला जनप्रतिनिधिहरुको विशेष उपस्थितिमा महिला भेलाको जानकारी दिएको हो । जिल्लाका आठै स्थानीय तहका महिला जनप्रतिनिधी, अभियानकर्मी महिलाहरुको भेला हुने र महिलाहरुको संवैधानिक हक अधिकारको सुनिश्चितत, आर्थिक, सामाजिक र राजनैतिक अधिका स्थापित गर्नुपर्ने सवालको विषयमा विशेष छलफल हुने जनाइएको छ । महिलामैत्री योजना तथा रणनीति निर्माण र लैंगिक समानताको सुनिश्चिता गर्नु पर्ने, पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका लगायतका विषयलाई भेलाले बृहत छलफल गरि साझा धारण तथा योजना निर्माण गर्ने र घोषणा पत्रसमेत...

हत्यामा तीनजनालाई जन्मकैद

समाचार
उदयपुर, जेठ १० गते । जिल्ला अदालत उदयपुरले एक युवाको हत्या ठहर गर्दै तीन जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह, धनगढीका ३० बर्षीय शुशिलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका स्थानीय २५ बर्षीय सन्चमाया तामाङ, उनका भिनाजु ३१ बर्षीय तिलकबहादुर तामाङ र काका ३७ बर्षीय शंकरबहादुर तामाङलाई यस्तो फैसला सुनाएको हो । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले चौधरी हत्याको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । गत २०७५ असार २५ गते चौधरीको हत्या भएको थियो । मृतक परिवारको जाहेरीअनुसार उनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले हत्यामा संलग्नको आशंकामा ८ जना पक्राउ गरी मुद्दा चलाएकोमा अदालतले कसुरदार तीन जनालाई साउन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने बाँकी ५ जनामध्ये १३ बर्षीया धनमाया त...