Sunday, May 3News That Matters

समाचार

घेरेलु उद्यौगीक महोत्सव समापन

घेरेलु उद्यौगीक महोत्सव समापन

आर्थिक, समाचार
उदयपुर, पुस १ गते । मंसिर २० गतेबाट २९ गते सम्म संचालन भएको १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ को समापन भएको छ । उदयपुरमा लागेको १० दिने १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ कोे शनिबार एक कार्यक्रमका साथ समापन भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔं नेपाल” भन्ने मुल नाराको साथ औद्योगीक महोत्सव २०७५ को लागेको ्थियो । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीको प्रमुख आतिथ्य तथा अतिथिहरुको आतिथ्यमा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै मेयर चौधरीले भने अहिलेको जस्तो एकलौटी कार्यक्रम नगरि सवै पक्षले साझेदारीमा महोत्सवको आयोजना गर्नु पर्ने बताए । नगर उद्यमीहरुको पक्षमा रहेकोले जुन बेलापनि समन्वय र सहयोग गर्न तयार रहेको मेयर चौधरीले ब...
प्रदेश स्तरिय खाना मेला आजबाट सुरु

प्रदेश स्तरिय खाना मेला आजबाट सुरु

आर्थिक, समाचार
उदयपुर, पुस १ गते । प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ आजबाट सुरु हुदैछ । उदयपुरको गाईघाटमा लाग्ने १ नं प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ आईतबार देखि लाग्ने भएको हो । “कला सास्कृति परिकारको संरक्षण, आन्तरिक पर्याकको प्रवद्र्धन” भन्ने मुल नाराको साथ होटल व्यावसायी संघ उदयपुर तथा झिँगु नेवाको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा प्रदेश स्तरिय उदयपुर खाना परिकार मेला २०७५ लाग्दैछ । मेलामा मौलिक खानाका परिकारहरुको अवलोकन तथा स्वाद लिन पाईने भएको छ । विभिन्न जातजातीको लोप हुने वस्थामा पुगेको मौलिक खानाहरुको संरक्षण र प्रवदन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सयुक्त मुल आयोजक कमिटिको संयोजक कृष्ण कुमार श्रेष्ठले बताए । मौलिक परिकारमा फापरको रोटी, कोदोको ढिडो र स्थानिय कुखुराको मासु, नेवारी खाजा, थारु परिकार घुंगी,बगीया लगायतको विभिन्न जातजातीको लोपान्मु...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सम्पन्न

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सम्पन्न

खेलकुद, समाचार
उदयपुर, पुस १ गते । उदयपुरमा जारी स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शनिबार सम्पन्न भएको हो । साविक पूर्वाञ्चलको १६ जिल्लाका व्याडमिन्टन खेलाडीहरुका टिमले प्रतियोगीतामा सहभागिता जनाएका थिए । संघले ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र गत वर्ष प्रदेश स्तरिय खेल खेलाई सकेको उदयपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्ष राजेश कार्कीले बताए । वार्षीक रुपमा प्रतियोगीता गराउदै आएकोले यस वर्ष पनि स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आय...
महोत्सवको नौलो अल्लो

महोत्सवको नौलो अल्लो

आर्थिक, समाचार
उदयपुर, मंसिर २९ गते । नव पिढीहरुले नचिनेका सुन्दै अचम्म लाग्ने लाभदाय नौलो कपडाको रुपमा अल्लोले महोत्सवमा विशेष स्थान पाएको छ । उदयपपुरमा संचालित १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा विशेष स्थानका साथ नौलो कपडाको रुपमा स्थान पाएको हो । नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ मंसिर २० देखि २९ गते सम्म लाग्ने महोत्सव संचालन भई रहेको छ । अधिकांश पहाडी भेगका बन जंगलमा पाईने अल्लो सिस्नु आजको समाजले अझै चिन्न सकिराखेको छैन । परापूर्वकाल देखि नै विभिन्न जात जातीले अल्लोको धागो बनाई कपडा बनाएर लगाउदै आएपनि नव पुस्तालाई भने आश्चर्य लाग्ने गरेको पाईन्छ । तर हाम्रो पूर्खाहरुले पहिलो पटक त्यहि अल्लोको कपडा बनाएर लगाउने गरेको ...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

खेलकुद, समाचार
उदयपुर, मंसिर २८ गते । उदयपुरको बोक्सेमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शुक्रबार देखि सुरु भएको हो । साविक पूर्वाञ्चलमा भएका १६ वटै जिल्लाका व्याडमिन्टन खेलाडीहरुको टिम सहभागि हुने भएको छ । बोक्सेको कबड् हलमा भएको पहिलो दिनको खेलमा सबै दोस्रो चरणको खेलहरु भएको उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र प्रदेश स्तरिय एक खेल खेलेलाई सकेको छ । वार्षक रुपमा आयोजना गरिने खेल यस वर्षपनि प्रदेश स्तरिय दोस्रो खेलको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ । मेन्स डबल्स खुल्ला २७ टिम, भेट्रान्स् डबल्स (४५ वर्ष माथि) १२...
महोत्सवको नयाँ आकर्षण तेह्रथुमे किवी

महोत्सवको नयाँ आकर्षण तेह्रथुमे किवी

आर्थिक, समाचार
उदयपुर, मंसिर २८ गते । उदयपुरमा संचालित उद्यौगिक महोत्सवमा तेह्रथुमे किवीले विशेष स्थान पाएको छ मंसिर २० देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा नयाँ फलको रुपमा किवीले विशेष स्थान पाएको हो । नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ । फलहरुको राजा भनेर चिनिने किवी स्वास्थ्य वर्धक, लाभदायक भएपनि नेपालीले अझै खान जानेको छैन । नेपालमा पछिल्लो समयमा आएर नयाँ फलको नामले परिचित स्वाथ्य वर्धक फल किवीलाई अझै पनि नेपाली समाजले निन्न सकिराखेको छैन । किवीलाई दैनिक रुपमा खानाले क्यान्सर, डाइबिटिज, बाथ, मुटुरोग लगायतका विभिन्न रोगहरु निको पार्नुका साथै रोग लाग्न नदिने गर्दछ । तर नेपाली समुद...
बलम्तामा ट्याक्टर दुर्घटना, २ को मृत्यु, ८ घाइते

बलम्तामा ट्याक्टर दुर्घटना, २ को मृत्यु, ८ घाइते

समाचार
उदयपुर, मंसीर २८ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ बलम्तामा पिकनिकपछि फर्कदै गरेको ट्याक्टर गएराती दुर्घटनामा पर्दा दुईको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । दुर्घटनामा चालक २२ वर्षिय सुबिन राई र स्थानीय २४ वर्षिय पबन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते हुनेहरुमा १२ वर्षिय सोनिका राई, १७ वर्षिय मनिषा राई, २१ वर्षिय बुनु राई र १७ वर्षिय सबिना राईको अवस्था गम्भिर रहेको छ । अन्य घाइतेहरुमा ३१ वर्षिय बिषु राई, २४ वर्षिय पुनम राई, २७ वर्षिय लदिप राई, १७ वर्षिय टुसार राई रहेका छन् । स्थानीय र प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको पालिका अध्यक्ष मेजर राईले बताए । पिकनिक खाएर सिरवानीबाट बलम्तातर्फ जाने क्रममा स १ त ७३२३ नम्बको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसी दुर्घटना ...
उदयपुर, साक्षर जिल्ला घोषणा हुदै

उदयपुर, साक्षर जिल्ला घोषणा हुदै

समाचार
उदयपुर, मंसीर २७ गते । उदयपुर जिल्लालाई आगामी पुस १३ गते एक भब्य कार्यक्रमकाबीच साक्षर जिल्ला घोषणा गर्ने भएको छ । अनौपचारिक जिल्ला शिक्षा समितिको मुख्य आयोजनामा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारका अनुसार साक्षर अभियान अन्तर्गत जिल्लामा सबै मापदण्ड पुरा गरेर घोषणा गर्न लागिएको हो । उक्त दिन गाईघाटको भवगती मन्दीर परिसरमा निर्माण गरिएको साक्षर जिल्ला स्तम्भको उद्घाटनसहित १५ हजार बढिको बृहद र्यालीका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष परियारले बताए । बिहिबार साक्षर जिल्ला घोषणा सम्बन्धी भएको समितिको बैंठकले कार्यक्रमको तयारी र ब्यापक प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ । प्रचार प्रसार समितिमा सरोकारवाला सबै क्षेत्रका एकहजार बढि सदस्य रहेको जनाईएको छ । बैंठकमा प्रमुख जिल्ला अ...
हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

समाचार
उदयपुर, मंसिर २७ गते । उदयपुरको बेलका नगरपालिका ३ मा जङ्गली हात्तीले एक ब्यक्तिको ज्यान लिएको छ । चार वटा हात्तिको समुहले स्थानीय ५५ बर्षिय बुद्धिमान मगरको गएराती ज्यान लिएको हो । खर काट्न गएका मगर राती नफर्किए पछि खोजी गर्नेक्रममा आज बिहान प्रस्ताबिक पौरखी सामुदायिक बनको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलको प्रकृतिले मगरलाइ एक किलोमिटरसम्म घसारेर मारि फालेको पाइएको स्थानीयले बताए । मृतकको शव पोस्टमार्टमका लागि िजल्ला अस्पताल उदयपुर लैजाने तयारी भैरहेको इलाका प्रहरी रामपुरका ईन्स्पेक्टर नबिनकुमार सिङले बताए ।...
लोप हुदै फापर

लोप हुदै फापर

आर्थिक, समाचार
उदयपुर, मंसिर २७ गते । हिमाली तथा माथिल्लो पहाडी भेगमा प्रसस्त मात्रामा छरिने फापर आज भोली लोप उन्मुख बालिको अवस्थामा पुगेको छ । फापर मानव स्वास्थ्यको लागि अति उपयुक्त, लाभ दायक, स्वास्थ्य वर्धक भएपनि अन्य बालि लगाएर नभ्याएको छेउछाउमा र बाँदर लाग्ने ठाउँहरुमा मात्र फापर छर्नाले फापर लोप हुने अवस्थामा पुगेको हो । जस्तो सुकै विरामीले पनि खान मिल्ने र ब्लड प्रेसर, सुगर लगायत विभिन्न खालको रोगीहरुले पनि सेवन गर्न मिल्ने फापर आज भोलि गाउँघरमा पनि पाउन मुस्किल भईसकेको छ । पहिला पहिला हिमाली तथा पहाडी भेगका गाउँघरमा प्रसस्त छरिने फापर आजभोलि कहि कतै कसै कसैले मात्र छर्ने गर्दछ । फापर विभिन्न प्रजातिको भएपनि विशेष गरि हिमालि तथा पहाडी गाउँघरमा दुई प्रजातीको फापर मात्र छर्ने गरेको स्थानिय बासिहरुले बताएका छन् । गाउँघरमा मिठे र तिते फापर भनेर दुई वटा नामले चिनिने फापर लोप हुदै गएको उ...