नेशनल लाईफको ३२ औँ बार्षिकोत्सव
विक्रम राई
उदयपुर, फागुन १० गते
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले ३२ औँ बार्षिकोत्सव शुक्रबार मनाएको छ । शाखाले बिभिन्न कार्यक्रमका गरी उत्सव मनाएको हो ।
शाखले विमित सम्मान तथा मोटरसाईकल र्याली गरी बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शाखाले उत्कृष्ट विमाङक रकम गरेका वीमित लालकाजी राई र चुडामणी कार्की लगायत अन्य बिमितहरुलाई सम्मान गरेको थियो ।
नेपालभर ९९ वटा शाखा रहेको सो इन्स्योरेन्सको शाखा गाईघाटले अन्य भन्दा फरक र प्रभावकारी कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो ।
शाखा प्रमुख प्रेम कुमार राईका अनुसार मोटरसाईकल ¥याली गाईघाटदेखि सुरु गरी मोतिगडा– बगाहा–देउरी–जलजले–चुहाडे – राजावास हुदै बोक्से–करमगाछी घुमेर गाईघाट बजारमै टुङग्याएको थियो । वीमाप्रति चासो र जनचेतना फैलाउन र्याली गरिएको हो । पछिल्लो समय एक घर एक वीमा गराउने अवधारणा र ...








