गोले परिवारको भयो विचल्नी
विक्रम राई/उदयपुर, कार्तिक १२ गते
एउटा सामान्य सर्वसाधारणले आप्mनो रगत पसिनाको कमाईबाट जोडेको घरजग्गा थाहै नपाई खोसिन्छ भने उसका लागि त्यो भन्दा अन्याय अरु हुदैन ।
उदयपुरमा एक सर्बसाधारणमाथि यस्तै अन्याय भएको छ । त्यो पनि राज्यकै निकायबाट भएको हो । जिल्ला नापी र मालपोत कार्यालयले कुनै पनि हिसावले पर्दै नपर्ने मुल सडकभन्दा करिब ६ सयमिटर माथिको जग्गा सडकको नाममा पारिदिएपछि त्रियुगा नगरपालिका वडा नं. ४ का मोहन गोलेको परिवार घरबारविहिन भएको छ । श्रीमती आशामाया तामाङको नाममा रहेको घरसहितको एक कठ्ठा जमिन थाहै नपाई आजभन्दा १२ वर्षअघि गाईघाट–कदमाहा सडकको नाममा पास भएपछि गोले परिवार सुकुम्बासी भएको छ । मालपोत र नापीले गम्भीर गल्ती भएको स्विकार गरेका छन् ।
सडकको मध्येबीन्दुबाट दायाँबायाँ २५÷२५ मिटरको जग्गा सडकको नाममा लागतकट्टा गर्नुपर्नेमा तत्कालिन नापी र मालपोतका कर्मचारीको चरम लापरवाही व...









