Monday, July 6News That Matters

समाचार

पूर्णपुष्टि प्रभाव : सहयोगदाताका कारण बालक सुमनको पहिलोचरणको अप्रेशन सम्भव

पूर्णपुष्टि प्रभाव : सहयोगदाताका कारण बालक सुमनको पहिलोचरणको अप्रेशन सम्भव

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ २० गते खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ वर्षिय बालक सुमन परियारको काठमाडौंमा पहिलोचरणको अप्रेशन हिजो सम्भव भएको छ । सहयोगी मनहरुको आर्थिक सहयोगबाट उनको अप्रेशन सम्भव भएको हो । उनको उपचारका लागि चित्रा नेम्वाङ, लक्ष्मी केम्बाङ र सोबिन सुब्बाको पहलमा बेलायतबासीबाट ३३ हजार ३०० र बेलायतमै रहनु भएकी रमा राईको पहलमा संकलीत ६ हजार ५०० गरी कुल ३९ हजार ८०० रुपैया सुमनलाई उपलब्ध गराइएको मानवीय सहयोगमा जुटिरहेकी खुसी राईले बताउनुभयो । एक क्यान्सर पिडित सुनील घले लागि संकलित उक्त रकम, घले वितेको र परिवार पनि सम्पर्कमा नआएपछि चरम गरिबीले उपचार नपाइरहेका बालक सुमन लगायत चार जनालाई प्रदान गरिएको राईले जानकारी दिईन् । त्यस्तै बालकको गाउँघरबाट पनि ३५ हजार रुपैया प्राप्त भएपछि उक्त सहयोग रकमले अप्रेशन सम्भव भएको दिदी सुमिता परियारले बताईन् । पूर्णपुष्टिले फलोअप खबर गर्दै जाने ...
लागुऔध सहित दुई जना पक्राउ

लागुऔध सहित दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ १९ गते उदयपुरमा लागुऔषध ओसार पसार गिरोहमा दुई जना प्रहरीले पक्राउ गरेको छ । त्रियुगानगरपालिका ६ लालपत्ता प्रहरी चौकीले लागुऔष ओसार पसार गिहमा संलग्न दुई जना पक्राउ गरेको हो । कदमाहाबाट गाईघाटतर्फ आउदै गरेको ना ५ ख ७९१८ नम्बरको बसमा सवार त्रिनपा ११ को २२ वर्षीय हरीशचन्द्र चौधरी र त्रिनपा १२ को २१ वर्षीय महेश बोटलाई रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपु्रले जनाएको छ । लालपत्ता चौकीको टोलीले चेक जाच गर्ने क्रममा उनिहरुको साथबाट डाईजोल्याप एम्पुल, लुपिजेशिक एम्पुल र फेनारगन एम्पुल दुई–दुई थना फेला परेको प्रहरीले जनाएको छ ।...
किरात प्रदेशको माग गर्दै दिप प्रज्वलन

किरात प्रदेशको माग गर्दै दिप प्रज्वलन

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ १८ किरात राई विद्यार्थी संघ उदयपुरले किरात प्रदेशको माग गर्दै आईतबार दिप प्रज्वलन गरेको छ । गाईघाटको मेच चौकमा २० औ स्थापना उत्वसको अवसरमा दिप प्रज्वल गर्दै किरात प्रदेशको माग गरेको हो । संघिय शासन प्रणली अनुसार पहिचान सहितको प्रदेशको नाम हुनु पर्नेमा जोड दिदै १ नं प्रदेश किरात नामाकरण गर्दा कसैले आपति मान्नु नपर्ने किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्ष इशाक राईले बताए । संघले १ नं प्रदेश किरात प्रदेश लेखिएको झण्डा गाईघाटको मेन चौकमा राखेको छ । किरात प्रदेश नामकरण नगरि अन्यथा नामाकरण गरेमा किरात विद्यार्थी संघलाई स्विकार्य नहुने किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्ष राईले बताए ।...
ग्रामिण  महिला स्वास्थ्य शिविर 

ग्रामिण  महिला स्वास्थ्य शिविर 

समाचार, स्वास्थ्य
पुर्णपुष्टि/उदयपुर भदौ १६ उदयपुरमा पाठेघरको क्यान्सर तथा परामर्श शिविरमा दई सय महिलाले चेक जाँच गराएको छ । त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र परिवार नियोजनको परामर्श शिविर भएको हो । त्रिनपा वडा नं १६ र ओरेक नेपाल उदयपुरको समन्वयन र विहानी महिला समुह, पिएस्आई नेपाल, हुरेण्डेक, रेस्फेक, क्यान्सर हस्पिटल सोसाईटी भत्तेपुरको सयोगमा आयोजना भएको पाठेघरको मुखको क्यान्सर र परिवार नियोजनको परार्मश एक दिने शिविर संचालन भएको हो । शिविरमा त्रिनपा र दुई गाउँपालिकाका ग्रामिण भेगको माहिलाहरुले चेक जाँच गराएको थियो । चिलाउने, जाँते, सिद्रे, पुँवारे, मुर्कुची अँधेरी लगायको ग्रामिण भेगको महिलाहरुले स्वास्थ्य परिक्षणको गराएको र परिवार नियोजनका परामर्श लिएको त्रिनपा १६ नं वडाको वडा अध्यक्ष मान बहादुर राईले बताए । ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन शिविर ...
तिन संस्थाको कामको संयुक्त स्थलगत अनुगमन

तिन संस्थाको कामको संयुक्त स्थलगत अनुगमन

समाचार
पूर्णपुष्टि/भदौ १५ वल्र्डभिजनको आर्थिक सहयोग र तिन ओटा संस्थाको साझेदारीमा भएको कामको संयुक्त स्थलगत अनुगमन भएको छ । हुरेण्डेक उदयपुर, जाल्पा युवा समूह र नेस्पेक उदयपुरले गरेको उदयपुरगढी गाउँपालिका वडा नं १ तावाश्री अवस्थित शिखरपुर, हुलाक भञ्याङ, व्वाँसेटार लगाएतका ठाउँहरुमा बिभिन्न सहजीकरण कामको स्थलगत अनुगमन भएको हो । कामको उचित मुल्याङकन र वडावासीहरुले पाएको सेवा सुविधा साथै अबको योजनाहरु के हनु पर्छ भन्ने बिषयलाई ख्याल गर्दै कार्यक्रम अनुरुप बिभिन्न सम्बन्धित व्यक्तिहरुको संयुक्त टोलीले अनुगमन गरेका थिए । अनुगमनमा तिन संस्थाहरुको आआफ्नै क्षेत्रमा आधारित कामको अनुगमन भएको छ । बिषेश गरी हुरेण्डेकले शिक्षा, स्वास्थ्य, खानेपानी, र सामुहिक चुल्हो जस्ता महत्वपूर्ण काममा सहजीकरण गरेका थिए । त्यस्तै जाल्पा युवा समुहले बालमैत्री स्थानीय साशन अन्र्तगत वडा स्तरीय वाल संरक्षण स्थानी...
वडाको लापवाही प्रति मोेहीको खबरदारी

वडाको लापवाही प्रति मोेहीको खबरदारी

समाचार
पूर्णपुष्टि/उदयपुर भदौ १५ उदयपुरमा वडाले सिफारीस नदिएको भन्दै गाईघाटमा मोहिहरुले बृहत साभ गरेको छ । राष्ट्रिय भुमि अधिकार मञ्च उदयपुरबाट निस्किएको लगभग तिन सय सहभागिको ¥यालिले नारा लगाउदै बजार परिक्रमा गरेको हो । मञ्चको आयोजनामा भएको मोहि तथा किसान सभाको ¥यालिमा  “रगत पसिना बगायौँ, बलादामा के दियौ । हाम्रो नारा हाम्रै भोक, विस्र्यौ बाचा दियौ चोट” लगायत नारा लगाउदै निस्किएको ¥यालीले बजार परिक्रमा गरि  पिपल चौकमा कोण सभा गरेको हो । दार्ता भएको निवेदन कावाहीको लागि वडा न. ८, १०, १३ लगायतका वडाले सिफारिस दिनमा आलटाल गरि म्याद सकाउने प्रयास गरेकोले मोहि अधिकारबाट बञ्चित नहुन सभा गरेको राष्ट्रि भुमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताए । भदौ २० सम्म स्थानिय तहको वडाले मोहि प्रयोजनका लागि नामसारी, नाम सुधार, नाता कायम लगायतको सिफारिस नदिए २१ गते बाट नै कडा आन्दोल गर्ने राष्ट्रि भ...
निमोनियाले एक बालकको मृत्यु

निमोनियाले एक बालकको मृत्यु

समाचार
एस् किराती चौदण्डिगढी उदयपुरको चौदण्डिगढी नगरपालिकामा निमोनियाले एक बालकको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका ८ धप्पड निकासी १५ वर्षीय विवेक राईको निमोनियाले मृत्यु भएको हो । एक हप्ता देखि विरामी बालकलाई लाईफ गार्ड हस्पिटल धरानमा चेक चाज गराएको थियो । उपचार हुन नसकेपछि बालकलाई नोबेल हस्पिटल विराटनगर भर्ना गरीएको बुवा भर्गेलसिंह राईले बताए । नोवेल हस्पिटलमा ११ गते बालकको मृत्यु भएको थियो । घरको आर्थीक अवस्था नाजुक भएकोले छोराको ज्यान गएको बुवा राईले बताए । उपाचर गर्न ढिलो भएकोले बालकको मृत्यु भएको हस्पिटलले जनाएको छ ।...
बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव

बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव

समाचार
पूर्णपुष्टि, उदयपुर भदौ ११ गते । उपचारका लागि विराटनगरस्थित नोेवेल हस्पिटल लगिएको खोटाङको एक विरामी बालकको अवस्था झनै नाजुक बनेको परिवारले जनाएको छ । खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ बर्षिय बालक सुमन परियारको अवस्था झनै जटिल बनेको उनकी दिदी सुमिता परियारले बताईन् । शरीरको विभिन्न ठाउँमा घाउँ निस्केर कुहिदै मासु झर्ने समस्याका उनको खर्चको अभावले अस्पतालसम्म लैजान नै ढिलाई भएको थियो । बालकको ढाँडको तल्लोभाग र पिडौलामा मासु कुहेर झरेपछि गहिरो र फराकिलो खाल्डो बनेको छ । गाउँघरबाट चन्दा संकलन गरेर अस्पतालमा लगिए पनि विरामीको अवस्था सुधार हुनुको सट्टा झनै बढ्दै गएको सुमिताले बताइन् । सुरुमा निको हुन्छ भनेर उपचार थालेको अस्पतालले यतिबेला यहाँ ठिक हुँदैन बाहिर लैजान भनेको छ । चन्दा रकम र घरको जायजेथा गरी ५५ हजारले अस्पतालसम्म लगिएको विरामीको थप उपचार खर्च नजुटेपछि परिवारले अस्पतालको शुल्...
उदयपुरका पत्रकारलाई भेडेटारमा तालिम

उदयपुरका पत्रकारलाई भेडेटारमा तालिम

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ १० गते । उदयपुरका पत्रकारहरुलाई विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे धनकुटाको भेडेटारमा तालिम आयोजना भयो । जाल्पा एकिकृत विकास समाजकोे आयोजना तथा वल्र्डभिजनको सहयोगमा सुक्रबारदेखिआयोजित दुईदिनेतालिममा विभिन्न मिडियाका २५ जना पत्रकारहरु सहभागि थिए । विपद्को अवस्थामा कसरी समाचार संकलन र सम्प्रेक्षण गर्ने भन्ने विषयबस्तु रहेको तालिममा  विपद् सम्बन्धीविज्ञ सिंहबहादुर खड्का र पत्रकार यज्ञप्रसाद शर्मा प्रशिक्षक थिए । आयोजक संस्थाका अध्यक्ष पुष्प पोखरेलले उद्घाटन गरेको तालिमको समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान भयो । नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्लाका पदाधिकारी, वल्डभिजन, आयोजक संस्थाका प्रतिनिधिहरुले तालिम सफलरुपमा सम्पन्न भएको भन्दै सिकेका कुराहरु पत्रकारको कलमबाट देश र जनताका लागि बाहिर निस्कुन भन्ने आशा गरेका छन् । सहभागिहरुले विप...
मोहीयानीले गरे खबरदारी

मोहीयानीले गरे खबरदारी

समाचार
पूर्णपुष्टि/उदयपुर, भदौ ५ गते । स्थानीय तहबाट सिफारिस नदिएको र मालपोतबाट आलटाल गरेपछि आप्mनो हकका लागि निवेदन दर्ता गराउन नपाएको भन्दै उदयपुरका मोहीहरुले मंगलबार मालपोत कार्यालय उदयपुरमा धर्ना कसेका छन् ।  अपरान्ह १२ बजेदेखि एकघण्टा धर्ना कसेका मोहीहरुले सरकारले निवेदन दर्ताका लागि दिएको एकवर्षे अवधी वडा कार्यालयको लापरवाही, त्रियुगा नगरपालिकाको वेवास्ता र मालपोतको ढिलासुस्तिले गुज्रिएको आरोप लगाएका छन् । वडाले सिफारिस अड्काउने र मालपोतले निवेदन दर्ता नगर्ने गरेर समय गुजार्न लाग्दा राष्ट्रिय भमि अधिकार मञ्च उदयपुरको पहलमा मालपोतले ६१ वटा निवेदन जिम्मासम्म लिएको छ तर एक महिनाभित्रमा वडा सिफारिस ल्याउन भनेको जिल्ला भूमि अधिकार मञ्च, उदयपुरका संयोजक फुर्तीमान राईले बताउनुभयो । नगरका केही वडाहरुले सहजरुपमै उपलब्ध गराए पनि वडा नं. ८, १३ लगायतले अड्काएको हो । सबै कागजात पुरा गरेर गए...