Saturday, May 2News That Matters

समाचार

दोषीलाई सजिलै उन्मुक्ति दिइदा, फेरी खुलेआम ठगी

दोषीलाई सजिलै उन्मुक्ति दिइदा, फेरी खुलेआम ठगी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, फागुन २७ गते उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित आयुष आयुर्वेदीक क्लिनिकले अबैधानिकरुपले स्वास्थ्य शिविर सञ्चालन गरेर सर्बसाधारण ठगी गरिरहेको छ । आफैमा अबैंधानिक रहेको उक्त क्लिनिकले सगरमाथा अञ्चल आयुर्वेदीक कार्यालय, गाईघाट र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट कुनै पनि स्विकृति नलिइ ठगी गरेको हो । फागुन २६ देखि २८ गतेसम्म सञ्चालन भनिएको शिविरमा गाउँगाउँबाट सर्बसाधारणलाई बोलाई शिविरको नाममा ठगी गरिरहेको स्थानीयले बताएका छन् । क्लिनिकका चिकित्सक डा. सुजित यादवले सम्बन्धीत निकायबाट स्विकृति लिई शिविर सञ्चालन गरेको भन्दै बचाउ गर्न खोजेका छन् । बैंधानिकताको कागज प्रमाण देखाउन नसकेपछि डा. यादवले क्लिनिक दर्ताको प्रक्रिया अगाडी बढिरहेको बताउनुभयो । अबैंधानिक ढंगले सञ्चालनमा रहेको सो आयुर्वेदीक क्लिनिकमा एक महिनाअघि प्रहरीले छापामारी डाक्टर र सञ्चालक पक्राउ गरे...
बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २६ गते एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक ६२ वर्षिय बृद्धा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका ३ शुक्रबारेबजारमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेनपा ९ का ६२ वर्षिय सुडिलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । खबरपछि इलाका प्रहरी कार्यालय ठोक्शिलाले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
सहायक वन अधिकृत यादवविरुद्ध विज्ञप्ती

सहायक वन अधिकृत यादवविरुद्ध विज्ञप्ती

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २६ गते -चार पत्रकार संगठनहरुले जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि गरेको अपमानको आपत्ति जनाउनेदै कारवाहीको माग गरेका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुर, किरात राई पत्रकार संघ उदयपुर, थारु पत्रकार संघ नेपाल उदयपुर र तामाङ सञ्चार समुह उदयपुरले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यादवले कर्मचारी मर्यादाको खिल्ली उडाउदै स्वतन्त्र प्रेसमाथि धावा बोलेकोले आपत्ति जनाउनै कावाहीको माग गरेका हुन् । सहायक वन अधिकृत लालबाबु यादवले उदयपुरका पत्रकारहरुमाथि धावा बोलेको तथ्यले सुशासन, सुव्यवस्था र कानूनी राज्यको खिल्ली उडाएको भन्दै उनी आफैले पनि सरकारी सवारी साधन दुरुपयोग गरेकाले कर्मचारी आचारण, सवारी साधन दुरुपयोग र स्वतन्त्र प्रेसमाथिको अपमानको कडा कारवाही हुनुपर्ने माग विज्ञप्तीम...
सहायक वन अधिकृत यादवविरुद्ध प्रशासनमा उजुरी, कडा कारवाहीको माग

सहायक वन अधिकृत यादवविरुद्ध प्रशासनमा उजुरी, कडा कारवाहीको माग

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २५ गते -नेपाल पत्रकार महासंघ, शाखा उदयपुरले कर्मचारी आचरणको खिल्ली उडाउदै होटलमा बसेर पत्रकारहरुलाई तथानाम गर्ने जिल्ला वन कार्यालय उदयपुरका  सहायक वन अधिकृत लालबाबु यादव विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । सहायक वन अधिकृत यादवलाई तत्काल विभागिय तथा प्रशासकीय, कानूनी कडा कारवाहीको माग गर्दै शाखाले उजुरी दिएको शाखा अध्यक्ष भरत खड्काले बताउनुभयो । यादवले होटलमा बसेर सरकारी सवारी साधनको दुरुपयोग बारेको समाचारको सन्दर्भ जोडेर हदैसम्मको अपशब्द प्रयोग गरी पत्रकारहरुलाई गालीगलौंज गरेको तथ्य फेला परेको र सञ्चार माध्यमहरुमा सार्बजनिक भएको सन्दर्भमा महासंघमा बसेको बैंठक तथा छलफल पछि प्रशासनलाई उजुरी दिएको महासंघले जनाएको छ । एक सरकारी कर्मचारी भएर सामान्य मर्यादासम्म पालना नगरी सिंगो पत्रकारिता जगतलाई अत्यन्तै नीच ढंगले गालीवेइजत, धाकधम्की र चुनौती दि...
विविध कार्यक्रमका साथ श्रमिक महिला दिवस भब्यरुपले सम्पन्न

विविध कार्यक्रमका साथ श्रमिक महिला दिवस भब्यरुपले सम्पन्न

समाचार
पूर्णपुुष्टि/उदयपुर, फागुन २५ गते -१०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरमा विविध कार्यक्रमका साथ भब्यरुपले विहिबार मनाइएको छ । “आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्त रुपान्तरण” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । संयुक्त मुल आयोजक समितिले सदरमुकाम गाईघाटको पिपलचौकमा भब्य कार्यक्रमको आयोजना गर्यो । त्रियुगा नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा वडा सदस्यदेखि प्रतिनिधिसभाका सांसदसम्मलाई अभिनन्दन गरिएको उक्त कार्यक्रममा श्रमिक महिलाहरुलाई समेत सम्मान गरिएको थियो । गाईघाट बजार र्यालीले परिक्रमा गरी गरिएको कोणसभालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रमिला राई, प्रदेश सांसदहरु, मेयर, उपमेयर, वडाध्यक्ष लगायत निमित्त प्रमुख जिल्लाअधिकारी, नागरिक समाज, पत्रकारले सम्बोधन गरेका थिए । उदयपुरका जिल्ला समन्वय समिति, महि...
मतुवा सहायक वन अधिकृत यादवको होटल हर्कत सार्बजनिक (अडियोसहित)

मतुवा सहायक वन अधिकृत यादवको होटल हर्कत सार्बजनिक (अडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २४ गते -एक मतुवा सहायक वन अधिकृतले सरकारी सवारी साधन दुरुपयोगको विषयलाई लिएर पत्रकार महासंघ र पत्रकारलाई ठाडै चुनौती दिएका छन् । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले यस्तो चुनौती दिएका हुन् । एक होटलमा मिडियालाई गालीगलौज गरेको तथ्य फेलापरेपछि यादवको हर्कत सार्बजनिक भएको हो । (सुन्नुहोस् यादवको हर्कत खुल्ने अडियो) https://www.youtube.com/watch?v=DgfXthxpo38 प्राप्त एक अडियोमा “केहीदिनअघि महोत्सवमा सरकारी मोटरसाईकलको दुरुपयोग” भन्ने समाचारप्रति विमति प्रकट गर्दै सहायक वन अधिकृत यादवले आफुले पनि दुरुपयोग गरेको तर, कारवाही गरेर देखाउनु भन्ने चुनौती दिएका छन् । गाईघाटमा सञ्चालित त्रियुगा महोत्सव केही कर्मचारीहरुको मोजमस्ती गर्ने थलो बनेकोसमेत सो भिडियोले पुष्टि गरेको छ । अपशब्द प्रयोग गर्दै पत्रकार महासंघको नामै तोकेर उनले लड्नका लागि...
महालक्ष्मी महिला बहुउदेश्यीय संस्थाको अन्तरक्रिया

महालक्ष्मी महिला बहुउदेश्यीय संस्थाको अन्तरक्रिया

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन २४ १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महालक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ । “आर्थिक श–शक्तिकरण सहितको सामाजिक जागरण” “ग्रामिण तथा शहरी महिलाको जिवन स्तर रुपान्तरण” भन्ने मूल नारालाई आत्मा साथ गर्दै लैंङ्गिक हिंसा न्यूनिकरण तथा बेचविखन विरुद्ध सम्बन्धमा मंगलबार बरुवाटार टोलको आफ्नै भवनमा संस्थाले अन्तरक्रिया गरेको हो । महिला तथा बालबालिका कार्यलयका प्रमुख निर्मला कार्किको प्रमुख अतिथिमा अन्तक्रिया कार्यक्रम भएको थियो । प्रमुख कार्कीले महिला सहकारी संगठनले महिलाहरुलाई एक बनाउने र बिशेष गरी उनिहरुमा देखा परेको मुख्य चुनौती आर्थिक समस्यालाई पनि सहज बनाउने बताउनुभयो । आर्थिक बचतको विकास सँगै महिलाहरुको संगठनले प्रत्येक महिलाहरुमा आफ्नो अधिकार र भोलिका थुप्रै समस्याहरु समेत चिरफार गर्न सक्ने टेवामा संगठ...
श्रमजिवि पत्रकार ऐन बारे माथिकाले र जिल्लाकाले के के भने त ?

श्रमजिवि पत्रकार ऐन बारे माथिकाले र जिल्लाकाले के के भने त ?

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २३ गते -न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुरको संयोजनमा बुधबार उदयपुरको गाईघाटमा श्रमजिवि पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष महेन्द्र विष्टको विशेष उपस्थितिमा भएको कार्यक्रममा श्रमजिवि पत्रकार ऐनको महत्व र कार्यन्वयको बारेमा अन्तरक्रिया भएको थियो । साथै उदयपुर जिल्लाका सञ्चारमाध्यम तथा जिल्लामा रहेर कार्यरत श्रमजिवि पत्रकारहरुको अवस्था तथा पारिश्रमिक उपलब्धताको बारेमा विशेष छलफल भएको थियो । समितिका अध्यक्ष पराजुलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै श्रमजिवि पत्रकारका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्धतामा जोड दिइएको बताउनुभयो । पारिश्रमिक लिने र दिने दुबैखाले पत्रकारहरुले ऐन...
महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २२ गते -त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा सञ्चालित महोत्सब नाचगानमै सिमित बनेको छ । ब्यापार नहुँदा उद्यमीहरु भने निरास छन् । उद्यमी दुर्गा दनुवारले मानिस रातीमात्र नाचगान हेर्न आउने, दिउसो कोही नआउने भएपछि विक्री वितरणको त कुरै छोडौं, प्रदर्शनीसमेत नभएको गुनासो व्यक्त गर्नुभयो । दालमोड भुजियाको सफल उद्यमी दनुवारले महोत्सवमा आएको कुनै उपलिब्ध नभएकाले घरजान खोज्दा आयोजकले गेटपास नदिएपछि जबरजस्ती बस्नु परेको बताउनुभयो । दिनभर मान्छे कोही नआएपछि, सामान प्रदर्शनी र बिक्रिको अवस्था सुन्य भएपछि स्टलहरु उठाउन थालिएको व्यापारीहरु बताउछन् । महोत्सवमा आएका सबै स्टलहरुमा निरासा मात्र छाएको छ । घर फिर्न खोजेकालाई जबरजस्ती नरोकिएको संघका बरिष्ठ उपाध्यक्ष रमेश विकले बताउनुभयो । आयोजक संघले विगतदेखि नै स्थानीय साना तथा लद्यु उद्यमीहरुलाई वेवास्ता गर्दै आएकाले...
लैगिंक समानाताका लागि थप तीन दम्पत्तिद्वारा वृक्षारोपण

लैगिंक समानाताका लागि थप तीन दम्पत्तिद्वारा वृक्षारोपण

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते -‘हामी लैङ्गिक हिंसा गर्दैनौं र सहदैनौं पनि” भन्दै उदयपुरमा थप तीन दम्पत्ती (जोडी)ले समाजकाबीच सोमबार बृक्षरोपरण गरेका छन् । त्रियुगा नगरपालिका–५ देउरीका किरण लेखी र रामचन्द्र चौधरीको जोडी, रानीमैया तामाङ र बमबहादुर तामाङको जोडी र जोखनी चौधरी र विरेन्द्र चौधरीको जोडीले नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडी बृक्षरोपण गरेका हुन् । तीनजोडीले तीनवटै अशोकका विरुवा रोपेका थिए । वडाध्यक्ष उद्धवकुमार थापा, महिला तथा वालवालिका कार्यालयका प्रमुख निर्मला कार्की र सहकारी संस्थाकी अध्यक्ष गायत्रा ढुंगानाले जोडीहरुलाई विरुवा हस्तान्तरण गर्नुभएको थियो । देशमै पहिलोपटक उदयपुरको दम्पत्ति श्रीमान केशव पोखरेल र श्रीमती उमा पोखरेलको जोडीले वृक्षारोपण गरेका थिए । हिंसा विरुद्धको अभियानलाई सार्थकता दिन उदयपुरमा दम्पत्तिले वृक्षरोपण कार्य थालनी...