प्रकाण्डलाई उदयपुर खदालतमा हाजिर, ६ दिनको म्याद थप
पूर्णपुष्टि/उदयपुर, असोज १ गते ।
नेकपा माओवादी विप्लब समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आईतबार जिल्ला अदालत उदयपुरमा हाजिर गराई थुनुवा पूर्जीको म्याद थप गरिएको छ ।
अपरान्ह साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतबाट अदालत लगिएको प्रकाण्डलाई छ दिनको म्याद थप गरिएको उनका वकिल बैकुण्ठ दाहालले बताए ।
प्रहरीको भेनमा ल्याईएका उनलाई अदालतको गेटभित्रै छिराएर सरासर अदालतभित्र लगिएको थियो । पत्रकारहरुले जिज्ञासा राख्न खोज्दा उनले म्याद थपेर निस्केपछि बोल्ने भन्दै हात हल्लाउदै अदालतमा छिरेका थिए ।
दिउसो १ बजेभित्रमै म्याद थप गर्ने प्रहरी स्रोतले जनाए पनि अदालतमा सेवाग्राहीको भिडभाड कम भएपछि अबेर गरी लगिएको थियो ।
सुरुमा काठमाडौमा पक्राउ परेका उनी काभ्रे, नुवकोट, भोजपुर र दाङपछि उदयपुर अदालतमा हाँजिर गराईएको छ ।
केही समयअघि गाईघाटको थारुहट रंगशालामा एक ...









