बेलकामा प्याराग्लाइडिङ्ग तालिम सुरु
जानुका कार्की/सुमन सागर खतिवडा
वेलका, जेठ १४ गते
-पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उदयपुको वेलका नगरपालिकामा एक महिने प्याराग्लाइडिङ्ग तालिम आइतबारदेखि सुरु भएको छ ।
बेलका युवा तथा खेलकुद विकास समितिको आयोजना, बेलका नगरको सहयोग र बुढासुब्बा प्याराग्लाईडिङको सहजिकणमा सुरु तालिमको उद्घाटन मेयर दुर्गाकुमार थापाले गर्नुभयो । उहाँले प्याराग्लाईडिङ उडाएरै तालिमको उद्घाटन गर्नुभयो ।
प्याराग्लाईडिङको व्यवसायिक विकास गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर थापाले बताउनुभयो । प्रमुख प्रशिक्षक लेखमणी राईले तनमन लगाएर सिकेको खण्डमा प्याराग्लाईडिङ व्यवसायिक रुपमा निकै फाईदा हुने बताउनुभयो ।
वडा नं. ८ को बोपताङबाट उडान गरी वडा नं. ७ को नोजचौरीमा ल्याण्ड गर्नेगरी सञ्चालन भएको तालिममा स्थानीय १३ जना युवाहरुको सहभागिता रहेको छ । तालिमपछि सहभाग...








