Sunday, July 5News That Matters

समाचार

खोटाङमा वाम गठबन्धनका भट्टराई भारी मतान्तरले विजयी

खोटाङमा वाम गठबन्धनका भट्टराई भारी मतान्तरले विजयी

समाचार
केदार मगर/खोटाङ, मंसिर २३ गते । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७६५ मत अन्तरले पछी पार्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१ हजार ६१२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ साल चैत्र २२ गते जन्मनुभएका भट्टराईले २०३...
उदयपुरमा अपरान्ह ३ : ४० बजेदेखि मतगणना सुरु

उदयपुरमा अपरान्ह ३ : ४० बजेदेखि मतगणना सुरु

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । उदयपुरको मतगणना शुक्रबार अबेर सुरु भएको छ । सबै मतपेटिका विहान ४ : ३० बजेभित्रै संकलन भईसकेपनि राजनीतिक दलहरुसंगको बैंठक लम्बिनुका साथै तयारीमा ढिलाई भएपछि अपरान्ह ३ : ४० बजेदेखि सुरु भएको हो । दलका प्रतिनिधिहरुको व्यवस्थापन के कसरी गर्ने भन्ने छलफलले बैंठक लम्ब्याएको थियो । एकैसाथ ६ वटा कोठामा निर्बाचन क्षेत्र नं. १ र २ कै मतगणना थालिएको र हरेक दुईवटा मतपेटिकाको मत गणना सकेपछि सोको नतिजा सार्बजनिक गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । गणनामा पनि ढिलाई भएका कारण पहिलो मत गणनाको परिणाम आउन पनि ढिलाई भएको हाम्रा सम्बाददाताले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले प्रतिनिधि तथा कर्मचारी व्यवस्थापन तथा कार्यतालिका मिलाउने विषयले ढिलाई भएको, कुनै विवादका कारण ढिलाई नभएको बताउनुभयो ।...
डुबेर बेपत्ता युवाको शब निकाल्न सशस्त्र सफल (फोटो फिचर/भिडियोसहित)

डुबेर बेपत्ता युवाको शब निकाल्न सशस्त्र सफल (फोटो फिचर/भिडियोसहित)

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते । बिहिबार पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका एक युवाको शब सशस्त्र प्रहरीले भोलीपल्ट निकालेको छ । उदयपुरको त्रियुगा नगरालिका ६ जलजलेका २२ बर्षिय डेविट राईको शब उदयपुर सिमेन्ट उद्योग नजिकैको रानीपोखरीको बीचभागमा दलदलमा गाडिएको अवस्थामा फेलापारी सशस्त्र प्रहरीको बिशेषटोलीले शुक्रबार निकालेको हो । दुई साथीहरु सागर खड्का र विनोद दनुवारसहित दिउसो करिब २ बजेको समयमा पौडी खेल्दा डुबेका युवालाई डुबेको खबर लगत्तै उद्धारको प्रयास गरिएपनि पोखरी फराकिलो र गहिरोका कारण स्थानीय असफल भएका थिए । खवर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली शेनाको टोली पुगेर डुबेको स्थानमा खोजी गरेका थिए । जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायका प्रमुखहरुकै उपस्थितिमा खोजी भएको थियो । बत्ति बालेर रातीसमेत खोजी गरिएको थियो । तर फेला पार्न ...
मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते । उदयपुरको मतगणना कार्य सिसि क्यामेराको निगरानीबाट हुने भएको छ । मत गणनास्थल सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यालयको भवनका मतगणना प्रायोजनका लागि तयार गरिएको १० ओटा कोठामै सिसि क्यामेरा जडान गरिएको छ । ३ ओटा कोठा स्टोर, १ ओटा सिसि क्यामेरा कन्ट्रोल र बाँकी ६ ओटामा मतगणना हुने मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । स्थानीय प्रशासन, मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्बाचन, सुरक्षा निकायहरुको समन्वयबाट मतगणनालाई छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउन सिसि क्यामेरासमेत जडान गरिएको उहाँले बताउनुभयो । सिसि क्यामेराको मद्दतबाट सम्बन्धीत अधिकारीहरुले मतगणना कार्यको निगरानी, अनुगमन सहजरुपले गर्नसक्ने र कुनै वादविवाद वा समस्या आएमा सहजिकरण गर्न सजिलो हुने भएको छ । सिसि क्यामेराको भिडियोलाई सकेसम्म सर्बसाधाणका ल...
उदयुरमा ६१ प्रतिशत मत, तीन ठाउँमा बम

उदयुरमा ६१ प्रतिशत मत, तीन ठाउँमा बम

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते । प्रतिनिधि/प्रदेश सभाको बिहिबार (आज) सम्पन्न मतदानमा उदयपुरबाट ६१ प्रतिशत मत खसेको छ । १ लाख ९३ हजार ९१३ मतदाता रहेको उदयपुरमा गत स्थानीय तहको दाँजोमा १२ प्रतिशतले कमी हो । । मतदाताहरुमा स्थानीय तहको दाँजोमा यो निर्बाचनमा उत्साह देखिएन । तथापी, मतदान कार्य शान्तिपूर्ण र भयरहितढंगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । २ प्रतिनिसभा र ४ प्रदेशसभाका लागि उदयपुरमा भएको निर्वाचनमा ९८ स्थानमा २३३ मतकेन्द्रबाट मतदान भएको थियो । मतदानमा पुरुषभन्दा महिलाको संख्या बढि देखिएको छ । जसमा ५५ हजार १ सय ८६ पुरुष तथा ६२ हजार २ सय ५३ जना महिला र एकजना तेस्रो लिंगी गरी एकलाख १७ हजार ४४० जनाले मतदान गरेको सुरक्षास्रोतले जनाएको छ । जसमा पुरुष, महिला र अशक्तहरुका लागि छुट्टाछुट्टै व्यवस्था मिलाईएको थियो । सबै मतकेन्द्रमा समयमै मतदान ...
प्रदेश-प्रतिनिधिसभा निर्वाचन: ४५ जिल्लाको चुनाव, ४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

प्रदेश-प्रतिनिधिसभा निर्वाचन: ४५ जिल्लाको चुनाव, ४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

समाचार
काठमाडौं २१ मंसिर । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्गर्गत निर्वाचनको मतदान कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगकका अनुसार आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको छ भने बेलुकी ५ बजेसम्म मतदानको प्रक्रिया जारी रहने छ । विहानैदेखि मतदान गर्नका लागि मतदाताहरु कोहि जाँदै आउने क्रम जारी र कोहिले मतदान गरिसकेको र कोहि लाईनमा मतदान गर्न बसिरहेको छ । प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ। दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा छन्। कुन कुन जिल्लामा हुँदैछ निर्वाचन ? दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही...
प्रतिनिधि-प्रदेशसभा निर्वाचनः तीन प्रकारका मतपत्र छन्, भोट कसरी गर्ने ?

प्रतिनिधि-प्रदेशसभा निर्वाचनः तीन प्रकारका मतपत्र छन्, भोट कसरी गर्ने ?

समाचार
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा भोलि मंसिर २१ मा हुने ४५ जिल्लाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार अपान्ह पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएका हुन् । यसरी गर्नुहोस् मतदान: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मनपर्ने उम्मेदवारको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएका बेग्ला–बेग्लै मतपेटिकामा मत खसाल्नु पर्नेछ । यसैगरी, समानुपातिकतर्फ मतदाताले आफूलाई मन परेको राजनीतिक दलकोे निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ । त्यसका लागि हल्का रातो मसीले छापिएको मतपत्रको एउटै पानाको ...
दिक्तेल–भोजपुर सिधा यातायात सुचारु

दिक्तेल–भोजपुर सिधा यातायात सुचारु

समाचार
केदार मगर/खोटाङ, मंसीर १९ गते । खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुचारु गरिएको छ । वर्षाद्को पानीले सडक खण्डमा पारेको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुचारु गरिएको हो । करिब ९१ किलोमिटर लम्बाई रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ : १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताउनुभयो । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ । हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडक खण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने...
सबै ठाउँमा सुरक्षाकर्मी, कर्मचारी र  सामग्री पुगेको मुख्य निर्बाचन अधिकृतको भनाई, ढुक्कले मतदान गर्न सकिने प्रजिअको भनाई

सबै ठाउँमा सुरक्षाकर्मी, कर्मचारी र सामग्री पुगेको मुख्य निर्बाचन अधिकृतको भनाई, ढुक्कले मतदान गर्न सकिने प्रजिअको भनाई

समाचार
पूर्णपुष्टि/उदयपुर, मंसीर १९ गते । मंसीर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश शभाको निर्बाचनका लागि दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको उदयपुरका सबै मतदान केन्द्रहरुमा मंगलबारदेखि मतदाता परिचय पत्र वितरण तथा मतदाता शिक्षा दिने कार्य सञ्चालन भएको छ । मूख्य निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद शर्माका अनुसार दुईसय ३३ वटा मतदान केन्द्र रहेको उदयपुरमा सबै मतदान केन्द्रहरुमा मतदाता अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र मतदानका सामग्रीहरु पुगेसंगै मतदाता परिचय पत्र वितरणका कार्य सन्चालन भएको हो । उदयपुरको क्षेत्र नं. १ अन्तर्गत रहेका एकसय वटा मतदान केन्द्र र क्षेत्र नं. २ मा एकसय ३३ वटा मतदान केन्द्र रहेकोमा ती सबै दुबै क्षेत्रका केन्द्रहरुमा मंसीर २१ गतेको मतदान कार्यका लागिसमेत अन्तिम तयारी भएको उहाँले बताउनुभयो । निर्बाचनका लागि जिल्लाभरमा एकहजार ८ सय ६४ जना कर्मचारीलाई नियुक्त...
स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह

स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह

समाचार
पूर्णपुष्टि/गाईघाट, मंसीर १९ गते । दल विशेषभन्दा पनि स्वतन्त्रपुर्वक, निर्भिक र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न यहाँका सरोकारवालाहरुले जोड दिएकाछन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार सदरमुकाम गाईघाटमा भएको आचारसंहिता बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले पत्रकारको तठस्थतामाथि प्रश्नचिन्ह गर्ने वातावरण नवनाउन सुझाब दिएका हुन् । विशेषगरी निर्वाचनका मुखमा केहि सञ्चारमाध्यम दलगत स्वार्थमा डुव्दा आमनागरिकले सत्यतथ्य समाचारहरु पाउन नसकेको प्रति संकेत गर्दै उनीहरुले दल र तिनका उमेदवारभन्दा पनि नागरिकको अभिमतलाई बुझ्न आग्रह गरे । उनीहरुले निर्वाचनमा सञ्चारमध्यमले थोरै स्वार्थ राख्दा जनता सहि सूचनाबाट वञ्चित मात्र नभई त्यसले ठुलै अप्रिय घटनासमेत हुने भएकाले आचारसंहिताको ख्याल गरी कलम चलाउन आग्रह गरे । सहभागिहरु...