अपांगता भएकाहरुका लागि राज्यले विशेष पहल कदमी लिनुपर्नेमा जोड
पूर्णपुष्टि/गाईघाट, मंसीर १७ गते ।
विश्वभरी अन्तिराष्ट्रिय अपाङ्ग दिवस मनाई रहँदा उदयपुरमा पनि यो दिवस मनाईएको छ । अपाङ्ग विकास समिति उदयपुरको आयोजनामा आईतबार गाईघाट स्थित शिक्षक संगठनको सभाहलमा दिवससँगै अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ ।
“सबैका लागि दिगो र समानतामूलक समाज उन्मुख रुपान्तरण” भन्ने मुल नारालाई सम्मान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको आधारभुत आवश्यकता र बाँच्नलाई सहज वातावरणको व्यवस्था अझै पनि राज्यबाट पूर्ण रुपमा नभएको भन्दै सम्बन्धित निकायहरुबाट यसको पहल होस भन्ने उदेश्यका साथ अन्तक्रिया कार्यक्रम भएको थियो ।
नेपालको सन्दर्भमा करिब २४ लाखको हाराहारीमा रहेका अपाङ्गता व्यक्तिहरु समाज र राष्ट्रमा नै सबैभन्दा सम्वेदनशिल अवस्थामा रहेको भएता पनि उनिहरुले घरपरिवार, समाज तथा राष्ट्रबाटसमेत तिरस्कृत हुनु पर्ने अवस्थाको अझै पनि अन्त्य नभैसको बताइएको छ ।
यो समयमा पनि गाउ...









