कार्यकारी अधिकृतलाई दशैंको हतारो, विदाअगावै हिडिदिएपछि काम प्रभावित
गाईघाट–दशैं लागिसकेको भन्दै उदयपुरको त्रियुगा नगरपालिकाकाका कार्यकारी अधिकृत घर हिडिदिएपछि जनताको काम प्रभावित बनेको छ ।
सरकारी विदा हुनुअघि नै कार्यालय छाडेर कार्यकारी अधिकृत उद्धवप्रसाद रिजाल घर हिडिदिएपछि नगरको कामकारवाही प्रभावित बनेको नगरप्रमुख मेयर बलदेव चौधरीले बताउनुभयो । नगरप्रमुखको हैसियतले आफुलाईसमेत जानकारी नदिइ हिडेको उहाँले बताउनुभयो ।
अधिकृत रिजाल आइतबार नै घरतर्फ लागेर मंगलबारदेखि मात्र निमित्त तोकेको जनाइएको छ । आफु अनुपस्थित भएपनि सोमबार आप्mनो हाजिरी देखाउन खोजेको बुझिएपछि छड्के गर्न प्रशासनलाई अनुरोध गरिएको मेयर चौधरीले बताउनुभयो । आफु विशेष कामले काठमाडौंमा रहेको बेला विना जानकारी कार्याकारी अधिकृतले पनि कार्यालय छाडेपछि जनताको काम कारवाही प्रभावित भएको स्विकार गर्दै उहाँले आफुलाई जनगुनासोका फोनहरु आइरहेको बताउनुभयो । कार्यकारी अधिकृत रिजालले नगरपालिकाको खास ...







