आज विश्व हुलाक दिवस : हुलाकको महत्व अझै
पूर्णपुष्टि, असोज २३ गते ।
हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाकवाट शुरुभएको हो ।
पहिलेपहिले देश परदेशमा खबर आदानप्रदान गर्न एकमात्र साधन हुलाक थियो । हुलाकीले पत्र बोकेर देश परदेशसम्म अदानप्रदान गरिदिने काम गथ्र्यो । त्यो सुविधा सरकारबाट हुन्छ । पहिले पहिले हुलाकको महत्व र मान्यता धेरै नै थियो तर, आजभोली प्रविधिको विकाससंगै महत्व घटेको छ ।
पहिले हुलाकीले बोकेर हप्तादेखि महिनौदिनसम्ममा लेखिएको खबर पुग्थ्यो भने अहिल टेलिफोन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालबाट तुरुन्त पुग्छ । अझ भिडियो, अडियोसमेत । त्यसैले हुलाकको प्रयोगमा कमी आएको छ । यद्यपी यसको महत्व भने कम छैन । हुलाकले समयअनुकुल आप्mना कामहरु गर्दै आएको छ । अहिले पनि कानूनी प्राप्त चिठीपत्र आदानप्रदानका लागि हुलाक प्रयोग ग...









