Sunday, July 5News That Matters

समाचार

आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

समाचार
२०७४ असोज १९ गते । आज विश्व शिक्षक दिवस विश्वभर मनाईन्छ । हरेक वर्षको अक्टोवर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । आजको दिन गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय जगतका विभिन्न क्षेत्रमा योगदान पूर्याउन मद्धत गर्ने शिक्षकहरुको सझंना र सम्मान गरिन्छ । हामीले विधालय अनि विश्वविधालयमा अन्यधेरै शिक्षक र शिक्षिकाहरु सँग शिक्षा लिएका छौँ, आज ति शिक्षक अनि शिक्षिकाहरुलाई संझना गर्न जरुरी छ ।...
दशैंको औपचारीक अन्त्य

दशैंको औपचारीक अन्त्य

समाचार
पूर्णपुष्टि, असोज १९ गते । उदयपुर–आज कोजाग्रत पूर्णिमा, आजबाट दशैंको औपचारीक अन्त्य भएको छ । आजको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाइन्छ । सेना, प्रहरीले बाजागाजासहित नै जमरा सेलाएर विधिवत दशैंको अन्त्य गरेका छन् । त्यस्तै सर्बसाधारणहरुले आज विहानै आप्mना गाउँ शहर नजिकैको खोला नदीमा जमरा सेलाएका छन् । यसबर्षको दशैं उदयपुरमा शान्ति र शौहाद्रपूर्णढंगले सम्पन्न भएको छ । काँही कतै अप्रिय घटना, झैझगडा नभएको प्रहरी÷प्रशासनले जनाएको छ । विगतमा जस्तो सडक दुर्घटना पनि यो बर्षको दशैंमा खबर नबन्नु, अशुभ खबर प्रकाशन गर्ने अवस्था नआउनु सुखद कुरा हो । देश प्रदेशबाट आएका आफन्तजनहरुसंगको सुखद भेटघाट, बर्षदिनको कामको थकानको आराम, राम्रो लाउने, मिठो खाने पर्व दशैं सुखदरुपमा सकिएको छ । कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवा...
प्रचण्डसित आक्रोसित किरातीले गरे- भाटे कारवाही तयारीको आव्हान्

प्रचण्डसित आक्रोसित किरातीले गरे- भाटे कारवाही तयारीको आव्हान्

समाचार
पूर्णपुष्टि, असोज १८ गते । उदयपुर–नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता, पार्टी सचिवालय सदस्य गोपाल किराँतीले पहिचान विरोधी उम्मेदवारलाई भाटे कारवाहीको चेतावनी दिएका छन् । हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहमतिको विरोध जनाउदै नेता किँरातीले सहमतिका कारण माक्र्सवाद, लेलिनवाद, माओवाद र पहिचानको मुद्दा धरापमा परेको भन्दै पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको चेतावनीसमेत दिएका हुन् । “सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आव्हान गर्दछु ।” उनले आप्mनै फेसबुकमार्फत जारी विज्ञप्तीमा भनिएको छ । पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई अध्यक्ष प्रचण्डले उक्त कदम चालेकोमा आपत्ति जनाउदै उनले माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने प्रचण्ड समुहको कदम दलिक...
एमाले उदयपुरद्वारा सहमतिको स्वागत, उम्मेदवार सिफारिसका लागि संयोजक तोक्यो

एमाले उदयपुरद्वारा सहमतिको स्वागत, उम्मेदवार सिफारिसका लागि संयोजक तोक्यो

समाचार
पूर्णपुष्टि, असोज १८ गते । गाईघाट–नेकपा एमाले उदयपुरले हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहमतिको स्वागत गरेको छ । जिल्ला कमिटि सचिवालको गाईघाटमा बुधबार सम्पन्न बैंठकले सहमतिको स्वागत गरेको हो । बाम एकताले देशको स्वधिनता, समृद्धि र राष्ट्रिय एकताको पक्षमा बलियो हुने ठहर गर्दै स्वागत गरेको हो । पार्टीले सहमतिलाई बाम एकताको सुरुवाती भनेको छ । साथै बैंठकले उदयपुरका दुई प्रतिनिधि सभाका क्षेत्र र चार प्रदेशसभाका क्षेत्रमा संयोजक तथा सहसंयोजकको जिम्मेवारी पनि तोकेको छ । एमाले जिल्ला सचिव परमेश्वर घिमिरेका अनुसार बैंठकबाट अवको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गर्नेगरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा संयोजक कुशलबाबु बस्नेत तथा सहसंयोजक चुना थापामगरलाई तोकिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा संयोजक ज्ञानेन्द्र श्रेष्ठ तथा सहसंयोजक विष्णुमुरी मगरलाई...
सहमतिलाई नेताहरुले ऐतिहासिक भने (सहमति पत्रसहित)

सहमतिलाई नेताहरुले ऐतिहासिक भने (सहमति पत्रसहित)

समाचार
पूर्णपुष्टि, असोज १८ गते । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच हिजो भएको सहमतिलाई नेताहरुले ऐतिहासिक भनेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित गरिएको ६ बुँदे सहमतिलाई सहमतिकर्ता दलका नेताहरुले ऐतिहासिक भनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । सहमति पत्र निम्नबमोजिमको छ ।...
आज जनावर दिवस

आज जनावर दिवस

समाचार
पूर्णपुष्टि, असोज १८ गते । आज सन् २०१७ अक्टोबर ३ तारिख । आजको दिन हरेक बर्ष बिश्व भरि जनावर दिवस मनाइन्छ । मानज जीवनका लागि जनावरको महत्व निकै छ । घरपालुवा वा जंगली जनावर आ आप्mनै महत्व छ । घरपालुवा जनावरले मानवको सुरक्षा संकट, खाद्य संकट टार्नेदेखि काममा सघाउनेसम्मले गरेको पाईन्छ । कुकुरले सुरक्षा गर्दछ । गधा, घोडाले दुवानीको काम गर्दछ । गोरुले जोत्ने काम गर्दछ । गाईभैसीले दुध दिने काम गर्दछ । राँगा, खसी, बंगुरले मासु दिने काम गर्दछ । यस्तै अन्य धेरै काम छन् । जंगली जनावरलेसमेत प्राकृतिक संरचनालाई बचाउने काम गरिरहेका हुन्छन् । यिनै जनावरका महत्वका कारणले जनावर अधिकारकर्मी हरुले आजको दिनलाई जनावर दिवसको रुपमा मनाउने माग गरे अनुरुप विश्वभर मनाउदै गरिएको छ । सनातन धर्मको हिसावले जनावरहरुलाई भगवानको रुपमा पनि लिइन्छ । भैरव को बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो ...
दुई दुर्घटनामा दुई घाइते

दुई दुर्घटनामा दुई घाइते

समाचार
पूर्णपुष्टि, असोज १७ गते । कटारी–सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका १४ भदौरे र वडा नं. ८ सिरिसेमा मंगलबार छुट्टाछुट्टै दुई दुर्घटनामा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ना ४ ख ३७९० नम्बरको बसबाट खसेर कटारीका २२ बर्षिय देबेन्द्र अधिकारी घाइते भएका हुन् । कटारीबाट जयरामघाटतर्फ जादै गरेको बसबाट खसेर घाइते भएका अधिकारीको कटारी अस्पतालमा उपचार भईरहेको डिएसपी अधिकारीले बताए । घाइते अधिकारी वसकै स्टाप रहेको जनाइएको छ । कटारी ट्राफिक इन्चार्ज डिबि दियालीका अनुसार कटारीबाट घुर्मीतर्फ जादैं गरेको ना ५ ख ९७९७ को बस र विपरित दिसाबाट आउदै गरेको ना १ ज ३९१९ नम्बरको टाटा सुमोबीच एकआपसमा ठक्कर खाँदा जीपमा सवार एक यात्रु घाइते भएका छन् । विराटनगरमहा नगरपालिका ४ का अन्दाजी ४० बर्षिया दुर्गा पोखरेल घाइते...
समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु

समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु

समाचार
पूर्णपुष्टि, असोज १७ गते । आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मतत्र छपाईको काम सुरु गरेको प्रवक्ता नवराज ढकालले बताए । आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १ करोड ८० लाख हाराहारीमा मतपत्र छाप्न लागेको प्रवक्ता ढकालले बताए । जनक शिक्षा सामाग्री केन्द्रले छपाईको जिम्मा लिएको छ । आयोगले निर्वाचन हुने १ सय ६५ निर्वाचन क्षेत्रमा एक–एक जनाका दरले निर्वाचन अधिकृत नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।...
सडकबीच ठूलो भ्वाङ

सडकबीच ठूलो भ्वाङ

समाचार
पूर्णपुष्टि, असोज १६ गते । उदयपुरजिल्लाको सदरमुकाम गाईघाट जोड्ने कदमाहा–गाईघाट सडकको देउरी सडकखण्डमा पक्की सडकबीच ठूलो भ्वाङ परेको देखिएपछि दुर्घटनाको जोखिम बढेको छ । त्रियुगा नगरपालिका ४ देउरीको पुलभन्दा अन्दाजी ४ सयमिटर पूर्व सडकबीचमा बाहिरबाट १२ इन्चजतिको प्वाल देखिएको र उक्त प्वालबाट टर्च बाली हेर्दा ठूलो भ्वाङ देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसबाट दुर्घटनाको जोखिम बढेकोले उक्त स्थानमा सावधानीका लागि सांकेतिक घेरा लगाईएको प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताए । जिल्ला ट्राफिक इन्चार्ज सैलेन्द्र गच्छदारका अनुसार उक्त स्थानमा अहिले रुखको हाँगा गाडेर संकेत गरिएको छ । संकेतका कारण सवारी साधन भ्वाङ भएको साईडतिर नजाने भएकोले राखिएको उनले बताए । स्थानीयहरुका अनुसार उक्तस्थानमा केही दिन अघि नै प्वाल देखा परेको थियो । सामान्य प्वालको रुपमा लिइए पनि प्रहरीले ह...
उदयपुरमा सल्लेरी बन मासिदै

उदयपुरमा सल्लेरी बन मासिदै

समाचार
पूर्णपुष्टि, असोज १६ गते । उदयपुर–अबैंधरुपमा सल्लोका खोटो संकलन गर्नाले उदयपुरको लाफागाउँ क्षेत्रका सल्लोका बोटहरु धमाधम मर्न थालेका छन् । जथाभारी सल्लाको बोटमा चोट पारेर खोटो झिक्नाले बोटहरु धमाधम मर्न थालेका हुन् । खोटो तस्करले सल्लाका साना रुखसमेत छाडेका छैनन् । प्राविधिक हिसावले रुखको एकभागबाट मात्र खोटो निकाल्नु पर्नेमा बोटको चारैपछि छेकेर खोटो निकालिएका छन् । तस्करले धेरै खोटो निकालेर फाईदा लुट्न खोज्दा सल्लेरी बन नै बुट्टिने अवस्था भएको छ । स्थानीय सामुदायिक वन समुहको मिलेमतोमा भारतबाट आएका तस्करहरुले खोटो संकलनको नाममा जथाभावी सल्लोका रुखहरुमा क्षती पुर्याएका छन् । गएको केहीबर्षदेखि थालिएको खोटो संकलनपछि धमाधम रुख मर्न थालेको स्थानीय बताउछन् । यहि पाराले हो भने अव सल्लोको जंगल नै बुट्टिने अवस्था आइपरेको बताउछन् । जथाभावी बोट काटेर निकालिएको खोटो राम्ररी संकलन नगर्द...